शिव शर्मा
टेक्सस– डा अर्जुन बन्जाडे यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको भावी अध्यक्ष (२०२१–२०२३ ) को दौडमा छन् । उनले औपचारिक रुपमा उम्मेदवारी दर्ता समेत गराइसकेका छन् ।
उति सारो संचामाध्यममा नछाएका डा बन्जाडे आफु एनआरएनएको भावी अध्यक्ष नजित्ने कुनै आधार नभएको युएसनेपाल पोष्ट संगको कुराकानीमा दाबी गरे । ‘एनआरएनमा बिगतमा गरेको कामका आधारमा मेरो नेटवर्क राम्रो छ , सबैबाट पत्याइएकेा  व्यक्ति पनि हु’ डा बन्जाडेले भने– ‘वरिष्ठ उपाध्यक्ष भएर काम गरेपछि झनै नेटवर्क को दायरा फराकिलो भएको छ यसैले नजित्ने कुनै आधार नै छैन ।’

मिडियाबाजीमा खासै चासो नदिने बन्जाडेले प्रचारप्रसारका लागी कसैसंग हारगुहार पनि गदैनन । यस अघि २०१७–२०१९ मा एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा चुनाव लडदा पनि उनलाई प्रचारप्रसार छैन जित्ने आधार कम छ भनेर धेरै टिप्पणी गरे । त्यतिबेला उनी संग ३० प्रतिशत मात्र भोट छ तपाईलाई धोका हुन सक्छ भनेर धेरैले भने । स्वयः डा बन्जाडेले पनि बोड अफ डाइरेक्टरमा उठदा मिडियामा खासै प्रचारप्रसार उति नभएको बताए ।
तर उनले २०१७–२०१९ मा बोर्ड अफ डाइरेक्टरमा सर्वाधिक भोट ल्याए चुनाव जिते । उनले त्यतिबेला ५८ सय भन्दा बढी मत ल्याएर चुनाव जितेका थिए । विना तडकभडकको प्रचारप्रसार विना उनले चुनाव जितेको बताए ।
यही आधारलाई लिएर उनी अहिले आशावादी देखिएका छन् । वरिष्ठ उपाध्यक्ष भएर काम गरेपछि उनको नेटवर्क झनै बढेर गएको बताउछन् । कोरोना महामारीको समयमा पनि उनले ५ सय देखि ७ सय जना पीडित संग प्रत्यक्ष फोन वार्ता गरेर नेटवर्क बनाए । सबैतिरको चिनजानले प्रचारप्रसार कम भएपनि आफुले चुनाव जित्नेमा उनी ढुक्क छन् ।
‘उनले राम्रा फोटो खिचाएर फल्यायर बनाएर मिडियाबाजी गदैमा चुनाव नजितिने बताउछन् । ‘फलायर ले मात्र चुनाव जितिदैन’ डा बन्जाडेले कुराकानीका क्रममा भने– ‘चुनाव जित्ने आधार भनेको मतदाता हो, त्यो नेटवर्क मैले बनाएको छु,।’

उनले आफु मतदाताको विश्वासमा एक कदम अघि बढीसकेको दाबी गदै डा बन्जाडेले एनआरएनए अमेरिकाको भावी अध्यक्षमा सजिलै जित हासिल गर्ने दाबी दोहोराए ।

उनले एनआरएनए चुनाव अघि धेरै नाटक र लफडाहरु देख्न सकिने बताए । उनले कसैले फलानोको फलायर राखिदिनु म सहयोग गर्छु भनेर अस्वस्थ प्रतिस्पर्धाको क्याम्पिङ चलाइरहेको समेत आरोप लगाए । अहिले धेरै खेलहरु भइरहेका छन्, त्यो बिस्तारै देखिदै जानेछ’ उनले भने– ‘जे जति खेल भए पनि अन्तिममा जित्ने भनेको र सबैले रोज्ने भनेको मलाई नै हो ।’
टेक्ससमा सपरिवार बस्दै आएका डा बन्जाडेले यहीबाट नै आफनो उम्मेदवारीको औपचारिक घोषणा गरेका थिए । अहिले उनी मतदातासंग भेटघाटका क्रममा लसएन्जल्स विस्किन्सन, शिकागो लगायतका राज्यअरुमा पनि पुगीसेका छन् । फोन मार्फत पनि उनी मतदातासंगको सम्पर्कमा जोडीरहेका छन् । फेरि उनी मतदाता भेटघाटका क्रममा अन्य राज्यअरु पनि पुग्ने कार्यक्रम रहेको बताए ।
डा बन्जाडेको एनआरएनए अमेरिकाको यात्रा २०१५ बाट सुरु भएको हो । उनी २०१५मा एजुक्सेन टाक्स फोर्सको चेयर भएर काम गरे । २०१७ देखि २०१९ मा बोर्ड अफ डाइरेक्टर तथा २०१९ देखि २०२१ वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

डा बन्जाडेको अमेरिका यात्रा

डा बन्जाडे पश्चिम अर्घाखाची अर्घातोस गाउॅमा जन्मेर त्यहीको सरकारी स्कुलबाट एसएल्सी पास गरि अमृत साइन्स क्याम्पसमा आइएसी पढन काठमान्डौ खाल्डोमा हानिएका थिए । सामान्य परिवारका उनी काठमान्डौमा संघर्षशिल जिन्दगी व्यतित गदै अध्यययनलाई अघि बढाए । त्रिचन्द्र कलेजबाट बिएससी पास गरे । प्रमाणपत्र र स्नातक तह विज्ञानमा उर्तिण गरेका उनले डिग्री भने जनसंख्या विषयमा कीर्तिपुरबाट उर्तिण गरे । डिग्रीको अध्ययन सकेपछि उनले रत्नराज्य लक्ष्मी क्याम्पसमा उपप्राध्यापक भएर जनसख्या विषय पढाए ।
त्यसपछि भने डा बन्जाडे थप अध्ययनका लागी भन्दै सन् १९९८ मा अमेरिका हानिए । एफआई विद्यार्थीको रुपमा उनी ओहायो विश्वविद्यालयमा डिग्री गर्न आइपुगे । ओहायो विश्वविद्यालयबाटै उनले माष्टर डिग्री गरे । त्यसै गरी पिएचडी भने उनले आम संचारमा गरे । अहिले उनी टेक्ससको ट्यारेन्ट काउन्टी कलेजमा स्टेट रिपोर्टिङ तथा स्टुडेन्ट सक्सेसको निर्देशकको रुपमा कार्यरत छन् । विभिन्न समसामयिक विषयमा लेख समेत लेख्दै आएका डा बन्जाडे बौद्धिक व्यक्तित्वको रुपमा परिचित मानिन्छन् । उनका समसामयिक लेखरचना नेपालका विभिन्न राष्ट्रिय अनलाइनहरुमा प्रकाशित छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected