चिलीमा मान्छेलाई कोरोना भ्याक्सिनको ठाउमा कुकुरको भ्याक्सिन लगाएपछि…
अमेरिका– उत्तरी चिलीमा स्वास्थ्य अधिकारकर्मिले दुई पशु चिकित्सकलाई मान्छेलाई कोरोनाभाइरसबाट बचाउन कुकुरलाई लगाउने क्यानाइन भ्याक्सिन लगाएको आरोपमा जरिवना तिराएको छ ।
फर्नाडो मुनोज तथा कारलोस पारडोलाई १०. हजार ३ सय तथा ९ हजार २ सय डलर जरिवाना गरिएको हो ।
उत्तरी चिलीमा फर्नाडा मुनोज को पशुचिकित्सा क्लिनिकमा मान्छेलाई कुकुरको भ्याक्सिन लगाइएको स्वास्थयकर्मिले फेला पारेका थिए । यस अघि ति पशुचिकित्सकले एक सरकारी न्युज च्यानलमा अन्तर्वाताका दौरान उनले कुकुरको भ्याक्सिन आफुले पनि लगाएको र कर्मचारी पनि लगाइदिएको बताएका थिए । उनले यो भ्याक्सिन लगाएपछि सबै बिल्कुल ठिक रहेको दाबी समेत गरेका थिए ।
उक्त प्रान्तका स्वास्थय सचिव रोक्साना डिआजले यो भ्याक्सिन मानिसलाई लगाउनु ज्यादै खतरनाक रहेको बताए ।
एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















