अमेरिका– अमेरिकाको प्रतिनिधि सभाले वाशिङटन डिसीलाई राज्य बनाउने बिल पारित गरेको छ ।
यो विधेयक को अब सिनेटलाई मन्जुरीका लागी पठाइनेछ । सिनेटबाट बिल पास भएको खण्डमा वासिङटन अमेरिकाको ५१ औ राज्य बन्नेछ । योल प्रस्ताव अमेरिकाको तल्लो सदनमा २०८ भोट को विरुद्ध २१६ भोटले पारित भएको छ ।
यो बिलको रिपब्ल्किन पार्टिले विरोध गरिरहेको छ । यस्तो अवस्थामा डेमाक्रेटका लागी सिनेटमा सहमति जुटाउन मुस्किल हुनेछ । यो बिल सिनेटमा पास हुनेमा शंका व्यक्त गरिएको छ ।
डेमाक्रेट पार्टिले यो बासिङटन जिल्लालाई राज्य बनाउने चाहेको छ । तर रिपब्लिकन भने यसमा सकारात्मक देखिएको छैन । सय सिट रहेको सिनेटमा यो बिल पास गराउन मुस्किल हुने देखिएको विश्लेषकहरु बताउछन् । बाइट हाउसले पनि यो बिलको समर्थन गरेको छ ।
हाउस स्पीकर न्यान्सी पेलोसीले पत्रकारहरुसंगको कुराकानीमा बासिङटनका बासिन्दा टेक्सत तिर्ने देखि मुलुकको लागी लडदै आएकाले उनिहरुलाई पनि समान अधिकार प्राप्त हुनु जरुरी रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected