अमेरिका– आमाबाट नवजात शिशुमा कोरोना संक्रमण कस्तो हुन्छ भन्ने बारेमा एउटा नया अध्ययन अगाडी आएको छ ।
अध्ययन अनुसार आमाबाट नवजात शिशुमा कोरोना संक्रमण हुने खतरा अनि न्युन पाइएको हो । तर कोखमा रहेको बच्चामा भने केही प्रतिकुल असर पर्न सक्ने बताइएको छ । यस्तो अवस्थामा आमाको अवस्था पनि गंभीर हुन सक्ने बताइएको छ ।
अमेरिकाको वेथ इजरायल डेकोनेस मेडिकल सेन्टर , ब्रिघम एनड बुमेन्स हस्पिटल तथा म्यासाचुसेटस जनरल अस्पतालका शोधकर्ताको अध्ययनमा यो पाइएको हो । उनिहरुले यो निष्कर्ष गत वर्षको एक मार्च देखि जुलाई ३१ मा म्यासाच्युसेटस प्रान्तको ११ वटा अस्पतालमा जन्मेका २५५ नवजात शिशुको जाचका आधारमा निकालेका हुन । जन्मेका शिशुहरुको आमामा कोरोना पोजेटिभ पाईएको थियो । शिशु मध्ये ८८ दशमलव २ प्रतिशत मा कोरोना परीक्षण गरिएकोमा २ दशमलव २ प्रतिशतमा मात्र पोजेटिभ पाइएको थियो । नवजात शिशुमा कोरोना संक्रमण दर निम्न पाइएको थियो ।
अध्ययनकर्ताका अनुसार कोराना संक्रमीत आमाबाट जन्मेका शिशुमा अति कम पाजेटिभ पाइएको छ । तर समय पुवै जन्मेका शिशुमा भने प्रतिकुल असर पर्न सक्ने बताइएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...