तिम्रो तस्विर अघि उभिँदा
अतित आएर उभिन्छ बर्तमानमा
तिमीसँग बितेका मीठा क्षणहरु आउँछन्
एउटा छुट्टै संसार हुन्छ तिम्रो र मेरो
भन्नेहरु तिमीलाई
मेरो अतित हो भन्छन
तिमीलाई बिर्स भन्छन
बर्तमानमा आऊ भन्छन
खै, किन डराउँछन् मान्छेहरु
अतीत संग
किन भन्छन मान्छेहरु
अतितलाई बिर्स
अतित बिनाको बर्तमान
सँधै अपूर्ण हुन्छ
तिमीलाई बिर्से पछि
म मा बाँकी नै के रहन्छ र!
मन भित्रको तिम्रो तस्विर
अनि फ्रेम भित्रको तिम्रो तस्विर
मलाई बर्तमानमा बचाउँछन्
जीवन अघि बढाउन सघाउँछन्
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...