नेपाल र अमेरिकाबीचको ७५ बर्षे सम्बन्धबारे एएनएको अन्तर्किया कार्यक्रम

टेक्सस-उतरीअमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको संस्था ‘अशोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) ले अमेरिका-नेपालको कुटनैतिक सम्बन्धको ७५ बर्ष प्रवेश गरेको अवसर पारेर भोलि टेक्सास 75 Years of Nepal-USA Diplomatic Relationship and Our Achievement कार्यक्रम गर्ने भएकेा छ ।
ए.एन.ए का अध्यक्ष विजयराज भट्टराई ले एक विज्ञप्ती मार्फत जानकारी दिएकी हुन ।
नेपाल सरकारका परराष्ट्र मंत्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य तथा नेपाल सरकारका अमेरिकाका लागि राजदूत महामहिम डा. युबराज खतिवडा र नेपालका लागि अमेरिकाका पूर्व राजदूत महामहिम स्कट डेलीसीको बिशेष सहभागिता सहित अमेरिका तथा नेपाल दुवै पक्षका व्यक्तित्वहरु संग बिशेस अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी ए.एन.ए. का महासचिव डा चुडामणि खनालले दिए ।
कार्यक्रममा अमेरिका-नेपाल सम्बन्धमा बिशेष जानकारी राख्नुहुने व्यक्तित्वहरु डा जीत जोशी, डा अनिल सिग्देल, डा. विद्या रञ्जित र डेभिड कप्रारा प्यानालिष्ट हुनुहुन्छ भने कार्यक्रमको संचालन ए.एन.ए. बोर्ड अफ ट्रष्टी डा. अम्बिका प्रसाद अधिकारीले गर्ने छन .
।
भर्चुवल प्रबिधि मार्फत आयोजित यस प्रकारको यो निकै ठूलो कार्यक्रम हो।
अमेरिका नेपालको कुटनैतिक सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा भएको थियो। अमेरिका बेलायत पछी नेपालको कुटनैतिक सम्बन्ध स्थापित भएको दोश्रो मुलुक हो। नेपालले सन् १९५८ मा वाशिङ्गटन डी.सी. मा आफ्नो दूताबासको स्थापना गरेको थियो भने अमेरिकाले सन् १९५९ मा काठमाण्डौ मा आफ्नो दूतावास स्थापना गरेको थियो।