भारत– कोराना महामारीको दोस्रो लहरका कारण भारतको अवस्था दिनदिनै बिकराल बन्दै गएको छ ।
भारतमा पछिल्लो दिनमै एकै दिनमा ३ लाख भन्दा बढी संक्रमीतहरु थपिएदै गएका हुन । यो अवस्थाबाट उभ्रिन भारतले हरप्रकारको प्रयास गरिरहेको छ ।
यो अवस्थाबाट गुज्रिरहेको भारतलाई विभिन्न मुलुकहरुले समर्थन गरिरहेका छन् ।
फ्रान्सपछि अमेरिकाले पनि भारतलाई हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टनी बिल्कनले महामारीबाट सृजित विकराल अवस्थामा अमेरिका भारतको साथमा रहेको बताए । उनले अमेरिका भारत सरकारसंग मिलेर काम गरिरहेको समेत बताएका छन् ।
अमेरिकी अधिकारीले भारतमा कोविड–१९को वर्तमान संकटसंग जुध्नका समस्या पहिचान गरी अमेरिकाले भारतसंग मिलेर काम गरिहेको जानकारी दिएका छन् ।
भारतमा दिनहु कोरोना महामारी लहर विकराल बन्दै गएपछि स्वास्थ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोनाको अवस्था नियन्त्रण बन्दा बाहिर गएपछि अस्पतालमा बेड, इन्जेक्सन औषधी, अक्सिजन को समेत अभाव भएको छ । मृत्युको आ“कडा पनि हवात्तै बढीरहेको छ ।
पाकिस्तान फ्रान्स, अष्टे«लिया तथा जर्मनीले पनि भारतको संकटमा सहयोग गर्ने वचन समेत दिएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...