अमेरिका– भारतमा कोरोना महामारी विनासकारी बनेर दिनप्रतिदिन बढीरहेको छ । यो अवस्थामा भारतमा फैलिएको महामारीलाई सहयोग गर्न विभिन्न मुलुकहरु अघि बढेका छन् ।
यसै क्रममा गुगल कम्पनीले पनि भारतमा फैलिदो कोरोना महामारीलाई सहयोग गर्न १३५ करोड रुपैयाको फन्ड दिने बताएको छ । गुगलका सिइओ सुन्दर पिछाईले आफनो ट्वीटर अकाउन्ट मार्फत ट्वीट गदै यस बारेमा जानकारी दिएका हुन।
ट्वीटमा उनले भनेका छन्– ‘भारतमा कोरोना संकटलाई मध्यनजर राखेर गुगल् १३५ करोड रुपैयाको फन्ड दिने फैसला गरेको हो ।’ उनले यो फन्ड युनिसेफ मार्फत भारतलाई प्राप्त हुने समेत जानकारी दिएका छन् ।
यसै बीच गुगलमा कार्यरत कर्मचारीले समेत भारतमा बढदो कोरोना महामारीलाई चाहिने आवश्यक उपकरणका लागी चन्दा संकलन गरिरहेका छन् । ९ सय गुगल कर्मचारीले अहिले सम्म ३ दशमलव ७ करोड रुपैयाको फन्ड जम्मा गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected