अमेरिका– बासिङटन प्रहरी विभागको कम्पयुटर नेटवर्कबाट हयाकरबाट केही डाटा चोरी भएको छ । हयाकरहरुले सबै डाटा चोरी गर्ने दाबा गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
रुसी भाषमा हयाकरहरुले कुरा गदै अमेरिकी प्रहरीलाई धम्की दिइएको छ । हयाकरले आफनो कुरा नसुने प्रहरीको सुची स्थानिय अपराधी समुहमा समावेश गरिदिने समेत धम्की दिइएको जनाइएको छ ।
धम्की दिने हयाकरले आफुहरुलाई के चाहियो भनेर समेत केही बताएका छैनन । प्रहरीलाई तीन दिनभित्र सम्पर्क गर्न भनिएको छ । हयाकरले चोरी गरेको डाटाको स्कृन सट समेत देखाएको छ । हयाकरले प्रहरीको २५० गीगावाइट डाटा चोरी गरेको दाबी गरेको छ । यसलाई डार्क वेभमा हालिलिने धम्की समेत दिएका छन् । धम्की दिने हयाकरले आफुहरु बाबक गु्रप को बताएका छन् । हयाकरले हयाक गर्न खोजेको कम्पयुटरमा इन्टेलिजन्स रिपोर्ट, अपराधीहरुको बारेमा जानकारी , जेलको गणना तथा प्रशासनिक फाइल रहेको छ ।
बासिङटन प्रहरीले यो खतरालाई गंभीरता लिदै एफबिआइर्ला सक्रिय बनाइएको समेत बताएको छ । अहिलेसम्म कति डाटा चोरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected