बाइडेद्धारा ग्रिनकार्ड हुदै नागरिकताको बाटोमा लैजाने विधेयक पारित गर्न अनुरोध
अमेरिका– राष्ट्रपति जो बाइडेनले अमेरिकी काग्रेस समक्ष बृहत आप्रवासी सुधारको बिल पारित गनृ अनुरोध गरेका छन् ।
बाइडेनले राष्ट्रपति पद समालेको पहिलो दिन नै कागजबिहिन आप्रवासीलाई ग्रिनकार्डको बाटो हुदै नागरिकतामा लैजाने बताएका थिए । बुधबारको विशेष संबोधनमा फेरि उनले यही कुरा दोहोराएका छन् । यो आप्रवासी सुधारको योजना अगाडी बढाउन उनले फेरि अनुरोध गरेका हुन । बाइडेनले अनुरोध गरे पनि यो प्रकृया अगाडी बढाउन नितिगत कठिनाइ भने रहदै आएको विश्लेषकहरु बताउछन् ।
बाइडेनले कोरोना महामारी कालमा आप्रवासीले अमेरिकाका लागी धेरै कार्य गरेको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए ।
बाइडेनले आप्रवासी अमेरिकाका लागी सदैव आवश्यक रहेको समेत दोहोराए । उनले अमेरिकामा नेताहरुले ३० वर्षदेखि आप्रवासी सुधार योजनाको कुरा गरे पनि अहिलेसम्म केही सुधार नभएको समेत बताए । अब समय आएको छ, यसमा अवश्य पनि सुधार हुन्छ’ बाइडेनले भने ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...