नेपाली मुलका अमेरिकी फेसन डिजाइनरको पहिरनमा उपराष्ट्रपति कमला हयारिस
अमेरिका– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नेपाली मुलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको डिजाइनको कपडा लगाएकी छिन् ।
उपराष्ट्रपति ह्यारिसले बुधबार राष्ट्रपति जो बाइडेनले संसदको विशेष संबोधन गरेको कार्यक्रममा गुरुङले तयार पारेको पहिरन लगाएकी हुन । उनले प्यान्ट सुट तथा टिर्सट लगाएकी थिइन ।
डिजाइनर प्रबल गुरुङले उपराष्ट्रपतिले लगाएको पहिरनको फोटो राख्दै एक ट्वीट गरेका छन् । उनले भनेका छन्– यो इतिहासकै एउटा महत्वपुर्ण क्षणका लागी तयार पारेको डिजाइन हो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...