टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षहरुको सुची प्रकाशित गरेको छ ।
प्रकाशित दोस्रो सुचीमा डा अर्जुन बन्जाडे, बुद्धी सुवेदी, कृष्ण लामिछाने र तिलक केसीको नाम निर्वाचन समितिले प्रकाशित गरेको छ । पहिलो सुचीमा पाच जनाको उम्मेदवार सुची निकालेको निर्वाचन समितिले सुर्य लम्सालको उम्मेदवार रद्ध गरेको छ । उम्मेदवारी रद्ध भएपछि सुर्य लम्सालले प्रतिकृया दिदै भनेका छन्– ‘अमेरिका जस्तो ठाउमा न्याय माग्दा कार्वाही हुने चीन तथा नर्थ कोरिया जस्तो कम्युनिष्ट शासनकेा जस्तेा तानाशाह प्रवृत्ति भयो ।’
उनले के कारणले रद्ध गरिएको हो, त्यस बारेमा आफुलाई केही जानकारी नआएको बताए । लम्सालले आफु फेरि कानुनी प्रकृयामा जाने र त्यस बारेमा वकील संग सल्लाह गरिरहेको जनाए । ‘म त्यसै पछि हटदिन उनले युएसनेपाल पोष्टसंग कुरा गदै भने– ‘न्याय माग्दा कार्वाही गरिन्छ भने म पनि अब फेरि कानुनी प्रकृयामा जानेछु ।’
उनले पहिलो लिष्टमा नाम प्रकाशित गर्ने र दोस्रो लिष्टमा नाम प्रकाशित नगर्नु न्यायसंगत नभएकेा बताए ।’
अघिल्लो एनएआरएनए निर्वाचनमा भेरिफाइ नगरिएका मतदाता, हार्ड ड्राइभ, मेम्बरसिप लगायतको विषयमा असहमति जनाउदै सुर्य लम्सालले मुद्धा हालेका थिए । उनले पुर्व अध्यक्ष केशव पौडेल, वर्तमान अध्यक्ष सुनिल शाह तथा निर्वाचन समितिका अध्यक्ष विश्वनाथ बराल विरुद्ध मुद्धा हालेका थिए । मुद्धा परेपछि अघिल्लो वर्षको एनआरएनए विद्यानमा मुद्धा हाल्ने व्यक्ति एनआरएनए अमेरिकाको अध्यक्ष बन्न नपनाउने प्रावधान समेटिएको थियो ।
अघिल्लो वर्ष चुनावमा पराजय भोगेका लम्साल विरुद्ध अध्यक्षका उम्मेदवार तिलक केसीले उनी विरुद्ध उजुरी दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected