एनआरएनएमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजीत भएका डाक्टर केशव पौडेलले मतदानमा आफनो अनुकुल नतिजा नआए पनि यसलाई सहज ढंगले लिदै परिणामलाई सकारात्मक ढंगले लिएको बताएका छन् ।
डाक्टर पौडेलले बिजयी अध्यक्ष लगायतका कार्यसमितिलाई बधाई तथा आभार सहितको अपिल सार्वजनिक गदै उनले निर्वाचन एउटा पद्धति रहेको र त्यो आफनो अनुकुल निर्णय आउछ र आउनुपर्छ भन्ने नहुने बताए । ‘यो प्रकृया हो, यसलाई मैले सकारात्मक रुपमा लिएको छु’ उनले भने–‘आफु पदमा नरहे पनि बिगतमा जस्तै एनआरएनएमा आफनो सक्रियता निरन्तर रहीरहनेछ ।’उनले आफुलाई मतदान गर्ने मतदाता प्रति आभार व्यक्त गदै सबैले गरेको सहयोग र विश्वासलाई गुम्न नदिन सचेत रहेको बताएका छन् ।
उनले सम्मेलनका क्रममा भएको त्रुटी प्रति दुख व्यक्त गदै संस्थाको छवीमा नकारात्मक छवीलाई उचो बनाउन नवनिर्वाचित समितिले प्रभावकारी भुमिका खेलोस भन्ने अपेक्षा राखेका छन् । उनले अमेरिका क्षेत्रबाट विजयी भएका उपाध्यक्ष, सचिव, संयोजक तथा उपसंयोजक सबैलाई हार्दिक बधाई समेत दिएका छन् ।

डाक्टर केशव पाैडेलले जारी गरेकाे अपिल जस्ताकाे त्यस्तै

हार्दिक आभार तथा कृतज्ञता
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सकिएको छ । सम्मेलनले कुमार पन्तको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनवाट विभिन्न पदमा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छु । नव निर्वाचित कार्यसमितिले सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्न सकोस् हार्दिक शुभकामना व्यक्त गर्दछु । संस्थामा नया कार्यसमिति निर्माण हुनु र निर्वाचन प्रक्रियामा जादा पदमा रहेर काम गर्ने जिम्मेवारी केही व्यक्तिले पाउनुलाई प्रजातान्त्रिक विधिमा स्वभाविक रुपमा लिनुपर्दछ ।
र यो सम्मेलनमा मैले पनि आफूलाई उपाध्यक्ष पदको उम्मेद्वार बनाएको थिए । जसमा विश्वभरवाट नेपाल आउनुभएका प्रतिनिधि ज्यूहरु, एनआरएनए अभियन्ताहरु र सहयोगी मित्रहरुको साथ, सहयोग र समर्थन रहेको थियो । तर निर्वाचन प्रक्रियामा भाग लिइरहदा सधैं आफू अनुकुलको निर्णय आउछ र आउनुपर्दछ भन्ने रहदैंन, यसमा धेरैं पक्षहरुले काम गर्छन्, जसका कारण नतिजा अनुकुल रहन पनि सक्छ नरहन पनि सक्छ, यसलाई जुन अवस्थामा पनि सहज लिनुपर्दछ यो त एउटा प्रक्रिया मात्र हो । यो प्रक्रियालाई आत्मसात गरिरहदा जुन सुकैं परिणाम आएपनि त्यसलाई सकारात्मक दृष्टिकोणवाट मुल्याकंन गर्ने पक्षमा म रहेको छु ।
प्राविधिक कारणले आफू उम्मेद्वार बनेको उपाध्यक्ष पदमा रहेर एनआरएनए आइसिसी मार्फत एनआरएन अभियानमा योगदान गर्न मैले नसकेपनि म जहा रहेर पनि विगतमा जस्तैं एनआरएन अभियानमा आफूलाई सक्रिय राख्ने प्रतिवद्धता यहाहरु समक्ष दोहोऱ्याउन चाहन्छु । म प्रति विश्वास गरेर मलाई आफ्नो अमुल्य मत दिनुहुने सम्पूर्ण मतदाता ज्यूहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु, तपाईहरुले म प्रति देखाउनुभएको त्यो विश्वासलाई गुम्न नदिन म निरन्तर सचेत रहनेछु ।
म उपाध्यक्षको उम्मेद्वारको रुपमा मैदानमा आइरहदा अहोरात्र खटेर मलाई साथ, सहयोग र समर्थन गर्नुहुने सबैंप्रति पनि म आभारी छु र रहीरहनेछु । विश्वभरवाट सम्मेलनमा भाग लिई सम्मेलन सफलता पूर्वक सम्पन्न गर्न तथा नया कार्यसमिति निर्वाचित गराउन मत दिनुहुने तपाई सबैंको योगदानप्रति पनि एक उम्मेद्वार तथा एनआरएनए अभियन्ताको तर्फवाट हार्दिक धन्यवाद दिन चाहन्छु ।
मतदाताहरुको अपेक्षाप्रति निर्वाचित कार्यसमिति सचेत रहनेछ भन्ने मेरो विश्वास रहेको छ, त्यसका निम्ति शुभकामना समेत दिन चाहन्छु ।
यस सम्मेलन आयोजनाका क्रममा केही त्रुटीहरु रहन गयो यसप्रति हामी सबैं जानकार नै छौं । संस्थाको छवीमा समेत नकारात्मक असर पर्न गएकोप्रति हामी सबैं गम्भिर भएर लागौं, र संस्थाको छवी उचो बनाउन यो नव निर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका खेलोस् भन्ने मेरो अपेक्षा रहेको छ ।
यस सम्मेलनवाट एनआरएनए आइसिसीको पदाधिकारी समुहमा अमेरिकाज क्षेत्रवाट उपाध्यक्षमा सोनाम लामा, रविना थापा र सचिवमा गौरी राज जोशी निर्वाचित हुनुभएको छ यो नतिजाले एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्षको हिसाबले मलाई खुशी बनाएको छ । उहाहरुलाई बधाई दिन चाहन्छु । साथैं अमेरिकाज क्षेत्रवाट क्षेत्रीय संयोजकमा निर्वाचित राजन त्रिपाठी, उप संयोजक पदमा निर्वाचित रामसी पोखरेल, क्षेत्रीय महिला संयोजकमा निर्वाचित उमा कार्की थापा, क्षेत्रिय युवा संयोजकमा निर्वाचित विमला सापकोटा (क्यानडा) उहाहरुलाई बधाई दिन चाहन्छु ।

अन्त्यमा, विश्वभर छरिएर रहनुभएका एनआरएनए अभियन्ताहरु तपाई सबैंको योगदान र समर्पणले यो संस्था यहा सम्म आइपुगेको छ । आगामी दिनमा समेत यस्तैं सक्रियताले एनआरएनए अभियान अझ बलियो बन्नेछ र तपाई हामी सगैं अगाडि बढौं ।
धन्यवाद । जय नेपाल । जय एनआरएन । जय एनआरएनए ।
डा. केशव पौडेल
उपाध्यक्ष पदको उम्मेद्वार
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected