अमेरिका– अमेरिकाको न्युयोर्क स्थत वुडसाइडबाट एक नेपाली महिला शनिवार देखि बेपत्ता भएकी छिन् ।
न्युयोर्कको वुडसाइडबाट शनिवार दिउसो १२ बजे देखि ६२ वर्षिया लक्ष्मी केसी बेपत्ता भएकी हुन ।
संधै जसो पैदलयात्रा निस्कने आमा पुनः फर्केर नआएपछि छोरी पुष्पा केसीले खोजीका लागी सबैसंग आग्रह गरेकी छिन् ।
आमा अहिलेसम्म घर फर्किनु भएको छैन’ पुष्पाले भनिन– अहिलेसम्म आमाको केही खबर छैन, देख्नु हुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु होला ।’
कालो खैरो कपाल ४ फिट ९ इन्च तथा खैरो आ“खा भएकी केसीले ज्याकेट तथा पेन्ट लगाएकी छिन् । परिवारजनले हराएपछि प्रहरीमा खबर गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected