अमेरिका– अमेरिकाको न्युयोर्कको ब्रुकलिन मा ३२ वर्षिय भारतीय शिख समुदायका युवा माथि एक अश्वेत अमेरिकनले आक्रमण गरेर घाइते बनाएका छन् ।
न्युयोर्कको एस्टोरियामा बसोबास गर्ने सुमित आहलुबालियाका माथि बु्रकलिनको एउटा होटलमा आक्रमण भएको हो । उनी होटलको अप्रेशन म्यानेजरको रुपमा कार्यरत थिए । होटलमा रहेको बेला एक अश्वेत होटलको लबीमा आएर उनी माथि आक्रमण गरेका थिए । उनले अश्वेत व्यक्ति आफु संग कुरा गर्न लबीमा आएको र पछि आक्रमण गरेको बताएका छन् ।
आक्रमणपछि ति आक्रमणकारीले कराउदै भने– ‘म तिमीलाई मन पराउदिन । तिम्रो रंग मेरो जस्तो छैन ।’
आक्रमण पछि घाइते भइ बेहोस भएका उनलाई अस्पताल पुराएर उपचार गराइएको थियो ।
न्युयोर्कको एक अधिकारवादी संगठनले यो नस्ली हिसांको् बारेमा प्रहरी समक्ष जा“चको माग गरिएको छ । उनी तीन वर्ष अघि मात्र भारतबाट अमेरिका आएका थिए ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...