अमेरिका– अमेरिकामा कार्यरत नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेसन अवार्ड प्राप्त गरे्का छन् ।

अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत डा इन्द्रदेव साहुले २ लाख ९७ हजार डलरकेा अर्वाड प्राप्त गरेका हुन । उनले यो अर्वाड पोटाशियम च्यानल एसेसरी प्रोटिनको संरचना तथा गतिशिलताको सम्बन्धमा विशेष वैज्ञानिक अनुसन्धानको लागी दिइएको हो ।
अमेरिकाको राष्ट्रीय विज्ञान प्रतिष्ठानले साहुलाई अनुसन्धानवृत्तिका लागी यो अर्वाड दिएको हो ।

नेपालको सप्तरीको महादेवा गाउपालिका, २ अकवरपुर घर भएका ४३ वर्षिय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यापन गराउछन् । निम्न वर्गिय परिवारमा जन्मेर अमेरिकामा आएर संघर्ष गदै वैज्ञानिक बनेका साहुले प्रतिष्ठित अवार्ड पाएपछि खुशी व्यक्त गरेका छन् ।
उनी ६ वर्षको हुदा पिताकेा मुत्यु भएको थियो । बाल्यकाल निकै सर्घणपुर्ण बितेको थियो उनको । निकै कठिन परिस्थितबाट नेपालमा विज्ञान विषय लिएर भौतिक केन्द्रिय विभागबाट उनले एमएसी गरेका थिए । २००५ मा उनी पिएचडी गर्न अमेरिका आएका थिए । २०१९ देखि उनी केन्टकीको क्याम्बेल्सविल विश्विद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत रहदै आएका छन् ।

उनले यो रकम तीन वर्षमा अनुसन्धानमा खर्च गर्नुपर्ने छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected