अमेरिका–अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफना समर्थक संग नजिक हुन नया संचारको प्लेटफर्म शुभराम्भ गरेका छन् ।
शुभराम्भ गरिएको प्लेटफर्मको नाम फ्रम द डेस्क अफ डोनाल्ड जे ट्रम्प रहेको छ । यसरी सुरु गरिएको यो सोसल मिडिया प्लेटफर्म नभएर एउटा ब्लग तथा वेभसाइटको एउटा रुप हो । फेसबुक तथा ट्वीटरमा प्रतिबन्ध लगाएपछि ट्रम्पको यो प्लेटफर्म आएको हो ।
ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ट्वीटरमा यो बेभसाइट ट्रम्पका बयान तथा गतिविधि जान्न सबैभन्दा उत्तम तरिका भएको बताएका छन् । उनले यो नया सोसल मिडिया प्लेटफर्म नभएको समेत बताए । उनले निकट भविष्यमा यसमा जोडिएपछि अर्को नया खबर पनि दिने उनले जानकारी दिएका छन् । यो प्लेटफर्ममा एउटा ट्रम्पको भिडियो पोष्ट गरिएको छ । यसमा इन्टरनेट मिडियामा डोनाल्ड ट्रम्पलाई लगाइएको प्रतिबन्धको बारेमा चर्चा समेत गरिएको छ ।
यस अघि भने डोनाल्ड ट्रम्पको टिमले एउटा नया सोसल मिडिया प्लेटफर्म खोल्ने तयारी भइरहेको बताएको थियो । तर अहिले भने संचारको एउटा प्लेटफर्म खोलिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected