मोह

सदा झैँ आफ्नो ड्युटीको लागि नाइट नर्ससंग रिपोर्ट लिएर काम गर्न थाल्छु । बिरामीहरु हेर्नु अगाडी सर्रर बिरामीको बारेमा अध्यन गर्नेबानि छ। मेरो आँखा पहिलो नाममा नै रोकिन्छ, मोह छेत्री। नेपाली समुदायको परिचित नाम।त्यो नामको ट्याब थिचेर सबै कुराखोजतलाश गर्न मन लग्छ तर आफ्नो कार्य व्यस्तताले बिस्तृत जानकारी लिन सक्दिन। मन लागि नलागि आफुलाई खटाएको कक्षतिरलाग्छु।उही ४ जना पुराना नै तर जटिल बिरामीहरु थिए मेरो भागमा आज पनि। यी कोरोनाले संक्रमीत बिरामीहरु जो जति बेला पनिventilator मा राख्न पर्ने स्थितिमा छन्।प्राथमिकता अनुसार नर्सिङ्ग सेवा दिन थाल्छु। घरि घरि ध्यान भने पल्लो कक्षतिर मोडिन्छ, जहाँमोह छेत्री छन्। को होलान् उनि ? कहाॅबाट आए होलान्? कतै उनै त होइन?? सिमलको भुवा सरि मन उड्न थाल्छ।
८/१० वर्ष पहिला नेपालको एक अस्पतालमा नर्स थिएं। ३०/४० जना बिरामी २ जना नर्स अनि आवश्यक औजारको कमिले गर्दा चाहेरपनि नर्सिङ्ग सेवा गुणस्तर रुपमा दिन सकिन्नथ्यो। त्यसमाथि जनमानसको नर्सप्रतिको तुच्छ धराणा। ‘जाबो नर्सलाइ पनि के आउछ र?’ भन्ने खालका ब्यबहार भोगेकी हु।कहिले काहीं त नर्सलाइ छेड्खानी पनि गरिन्थ्यो। तापनि आफ्नो पेशाप्रतिको उच्च मनोबल लिएर नैकाम गरिरहेकि थिएं।
बेड नम्बर १२ को बिरामीलाई सलाइन लाएर औषधी दिन पर्ने थियो।अर्को एक बिरामी सिरियस भएको कारणले बेड नं १२ मा पुग्नभ्याएकि थिइन..औषधी दिन निक्कै नै अवेर हुन लागि सकेको थियो। मनले चाहेर पनि समयमा औषधी दिन सकेकि थिइन। मनमाग्लानि बोध भइ रहेको थियो। ‘ल अब यो बिरामी बांच्छ’ भने जस्तो भए पछि हान्निएर बेड नं १२ मा पुग्छु। एक भद्र मान्छे कुर्चीबाट उठेर‘सिस्टर नमस्ते म मोह’ भनेर मलाई ठाम छाडि दिए।हाउभाउले लाग्थ्यो बिरामीको छोरा हुन पर्छ। ‘नमस्ते’ भनेर उनको अनुहार पनि नहेरि विरामीलाई सलाइन लाउन शुरु गरि हालें।खै किन हो ‘भेन ओपेन’ गर्न सकिन। घरि घरि विरामीलाई घोच्न पर्दा मन खिन्न भएको थियो।डर पनि लागेको थियो ।गाली गर्ने हुने कि भनि। अपाराध नै गरे जस्तो भान भयो। बिरामी र उनको छोरासंग माफी मागे।
एउटा हातमा सलाइन लाउन नसके पछि अर्को हात तान्दा अनायासै मेरो हात मोहसंग ठोकियो। उनि आफ्नो आमाको हात निकाल्दैरहेछन ‘भेन ओपेन ‘ को लागि। पुलुक्क उनको अनुहार हेरे। आँखा ओठ मुस्कुराई रहेको थियो।म प्रति कुनै रीस देखिन।मन फुरुंग भयो।मप्रति बिस्वास थियो। एकदमै सजिलोसंग ‘भेन ओपन’ गरेर दिन पर्ने औषधी दिएं। कृतज्ञताको धन्यबाद पनि भन्न नभ्याइकन अर्कोबेडतिर कुदें, एक मुस्कान उनितिर हुत्त्ययार । सायद पाएका थिए होला मेरो धन्यबाद।ति विरामी कुरुवा मोह क्षेत्री कति बेलासम्म त्यहांबसे या गए। मैले पत्तो पाइन या भनौं हैर्ने र खोजतलास गर्ने समय पाइन तर उनले मप्रति देखाएको सौहार्दता र भद्र व्यबहार भने त्यो दिनभरि नै हौषला बनेर मसॅगै बसेको थियो।
उनको शान्त, निश्छल, हसिलो अनुहार’ र सौम्य ब्यबहार काममा आइपर्ने तिता अनुभवहरुलाई मनबाट पखाल्नको लागि सहयोगी भएकाथिए।यो पेशा र मलाई बुझ्ने कोहि त छ जस्तो लाग्थ्यो।उनको त्यो एक ब्यबहारले हौसला थपिदिएको थियो। उनि प्रत्यक दिनआमालाई कुर्न आएको ख्याल गरेकि थिएं। खोइ पहिला आउंथे कि आउदैन थिए तर त्यो दिन पछि बेड नं १२ मेरो ॲाखाको लागि विशेषबनेको थियो। समय पाउने बित्तिकै हैरि हाल्थें।
उनको आमा अस्पतालबाट डिस्चार्ज गरि सके पछि पनि कुनै न कुनै बहानामा हाम्रो झम्काभेट हुन थालेको थियो। धेरै जसो उनि मजहाँबाट अस्पतालको बस चढ्थें, त्यहिं पुगेका हुन्थे हरेक बिहान अनि बेलुका। मन मनै दङ्ग पर्र्थे म पनि।
कहिले कहिँ लाग्थ्यो मलाई कहिले भन्छन होला आफ्नो मनको भाव! उनको मायालु शब्द सुन्न आतुर हुन्थे म। एक दिन त जिस्र्याएकिपनि थिएं।’ मेरो मायामा पर्यौ कि क्या हो मोह?’ उनले हासेर टारी दिन्थे । मैले जिस्क्युदा उसको अनुहार एकदमै उज्ज्यालो मायालेधपक्कै बलेको भान हुन्थ्यो।
हाम्रा भेटहरुमा प्राय एकअर्कोलाइ राम्रा कामको लागि प्रेरित गर्थेउं। सुख अनि दुखका कुराहरु गर्थ्यौं। आफ्ना सपनाहरुका कुरा गर्थ्यौं।विस्तारै अभिन्न अंग जस्तै बनि सकेका थिए मोह, मेरो जीवनको।दिनप्रतिदिन उसलाई पाउने मोह बढ्दै थियो मेरो मनमा। कहिले काहीकल्पनामा हराइ दिन्थें।
दन्त्य कथाको परी जस्तो लाग्थ्यो उनको कुराहरु सुन्दा म आफुलाई। उनको म प्रतिको लगाब र प्रेरणाले संसारको जस्तो सुकै दुखकोसागर पनि पार गर्न सक्छु जस्तो लाग्थ्यो।
हाम्रो भेटघाट हुने गरेको पनि झन्डै वर्ष दिन जस्तै भैसकेको थियो।मोहलाइ जीवनसाथीको रुपमा हेर्न थालिसकेकि थिएं। उनको लागिमेरो मुटुमा न्यानो घर बनि सकेको थियो भने ॲाखाभरि सपनाहरु थिए। उसलाई हेर्दा अजिवको सन्तुष्टी मिल्थ्यो भने उसको बोलि सुन्दासुसुप्त अवस्थामा रहेको मेरा चाहनाहरु जवान बन्थे।लाग्थ्यो उसको ॲगालो जीवनको परिधि बनोस् त्यो न्यानो छाती मेरो सिरानी जीवनभरको लागि।मलाई मोहसॅग बांधिएर न्यानो गुंड बसाउन मन थियो।मोहको कल्पनामा हराउनु, इन्द्रेणी सपना सजाउनु मेरो दैनिकी बनेकोथियो ।उसले कहिले प्रेम प्रस्ताब राख्ला भनेर कुरेको हुन्थें। वास्तबमा सम्बन्धलाइ नातामा जोड्न लालायित थिएं।
उसॅगको भेटघाट र मनमा उर्लिएका मायाका छालहरु अनि मायाको गुंड बनाउने चाहनाको बांधलाई मनमा बाॅधेर राख्न गार्हो परेकोथियो मलाई। एक भेटमा छुट्ने बेलामा एक्कासी भनेकि थिएं, ‘मोह मलाई दुलही बनायर लैजाऊ घर तिमी संगै। अहिले नै’। उ झसङ्गभयो।’भाबु म तिमीलाई दुलही बनाउन सक्दिन’ ‘किन?’ अनायासै मेरो मुखबाट प्रश्न खस्छ।’मेरो दुलही छ घरमा’ मसॅग ॲाखानमिलाइकन नै उत्तर दिन्छन् मोह।
म मेरो मोहलाई एकतमासले हेरी रहन्छु।बिस्मातले मुख खुल्यै हुन्छ, ॲाखा मोह कै अनुहारमा अडिन्छन् र हात खुट्टा सिथिल हुन्छ।चक्कर लागेर थचक्क भुईंमा बस्छु। वरपर अन्धकार छाउंछ तर एक आवाज लगातार मेरो कानमा ठोकिइ रहन्छ।’भाबु मैले कसैसॅगमण्डपमा बसेर कसम खाइ सकेको छु।म जिम्मेवार छु। म उसैको लोग्ने हो…’ ओहो उ त अरु को प्रेम रहेछ। अरुको प्रेम पो चोरी गरेकिरहेछु।अरु पनि के के भनि रहेका थिए।म केहि सुन्न र देख्न सक्दिन।अनायासै उठ्छु त्यो ठाउंबाट र हुत्तिएर कतिबेला घर पुगि सकेकिहुन्छु।घर पुगेर सिधै नुहाउन छिर्छु। बेस्सरी सरिर मिची मिची नुहाएं।पाप पखालियो या पखालिएन।फोनबाट उसको नम्बर मेटें,फोटो मेटें।काममा आकष्मिक बिदा लिएर घरमा बसें केहि दिन।ॲाशुले ॲाखा पखालेको थियो तर मनबाट मोहलाई पखाल्न सकिन।उ अरुकै मान्छेहो भनेर पनि मेरो मनले उस्लाई पराइ ठानेन। उस्ले आफ्नो बैवाहिक जीवनको प्रसॅग म सामु कहिले पनि नल्याउंदा नि उस्लाई दोषीठानिन।उसको अनुहारमा मप्रति देखिएको माया झुठो थिएन। उसको बोली र ब्यबहारमा पाप थिएन।
‘भावु, तिमीलाई एक चोटी नहेरि सुत्न सक्दिन। तिमीसॅग बोलि मिसाउन नपाउंदा सास रोकिएला जस्तो हुन्छ।..’ भन्ने गर्थ्यो मोह।आफ्नोजीवन सॅगिनीसॅग रमाएर बसेको मान्छेको मुखबाट यस्ता कुराहरु सुन्दा पत्याउन सार्है गार्हो भएको थियो। उस्लाई अब अनुहार देखाउन्नभन्ने प्रण गरें।यदि उस्ले मलाइ नहेरि नसक्ने हो भने उस्को लागि सजाय नै यहि हुनेछ। लाग्थ्यो, सीतामाताले अग्नी परिक्षा दिंदा धरतीफाटेको कुरा सांचो हो भने यो धरती मेरो लागि पनि फाटोस् र म सधैंको लागि अलप हुन सकुं।यो सॅसार, समाज र मोहबाट हराउं, बिलाउं।
उसको अनगिन्ती म्यासेज र फोनहरु आइरहेका थिए।कतै माया गर्ने मन भड्केर फोन उठाउंछु कि भन्ने डरले फोन नंबर नै चेन्ज गरि दिएं।१०/१५ दिन पछि इमेल चेक गरेकि थिएं।मोहको केहि इमेलहरु रहेछन्। “भाबु, तिम्रो मन दुख्ला भन्ने डर थियो। त्यहि भयो।तिमीलाईथाहा छ मैले अन्तरमनले तिमीलाई प्रेम गरेको छु भन्ने तर म प्रेम गर्छु भन्न सक्ने परिश्थितिमा पनि छैन। जिम्मेवारीबाट म जीवनभरपछाडी हट्न सक्दिन तर तिमीलाई माया नगरि बांच्न पनि सक्दिन।तिमीसॅगको मनको नाता अनुकुल पर्दा उजागर गर्नु बाहेक अरु बिकल्परहेन।” अरु पनि के के लेखेका थिए..पुरा पढ्न सकिन। मेरो नारी मन ‘अनुकुल’ शब्दमा अल्झियो। अनुकुल शब्द ले मेरो नारि स्वाभिमानर मेरो आत्मिक प्रेम को धज्जी उडाएको थियो। यसै गरि अर्की नारीको स्वाभिमानको पनि गला घोटिएको थियो। जसरि उनले मसॅग प्रेमगरेर मसॅग सॅबन्ध जोड्न नसक्नु उनको प्रेमप्रतिको हार थियो त्यसै गरि जीवनसाथीलाई प्रेम नगरिकन पनि जीवन समर्पण गर्नु आफ्नो मनर नातासॅग गरिएको छल थियो।
भन्न मन लागेको थियो। ‘मेरो भावले तिमीलाई माया गर्न अनुकुल प्रतिकुल हेर्दैन।भलै समाज, सॅस्कार र भैतिक रुपरेखाको आफ्नोपरिधि हुन्छ। पालना गरेकि पनि हुं तर मनमा परिधि हाल्न सकिन।प्रेमपथमा ठेस लागेर लडे पनि बाटो मोड्न सकिन। नेपाल बसुन्जेलकति चोटी उसलाई गएर मन भरि हेरुम जस्तो लागेको थियो। नेपाल नै बसि राखें भने उसलाई भेट्नबाट रोक्न सक्छु जस्तो लागेन। तरभेटेर गल्ती गर्न पनि चाहिन। सामाजिक मर्यादा तोड्नु मेरो आशय थिएन। त्यसैले छिटो छिटो अमेरिका आउने चाजो पाजो मिलाउनथालें।घरमा बिहेको कुरा चलि रहेको थियो। अमेरिकामा नर्सको माग छ भनेर नर्स बिहे गरेर ल्याउने जमात रहेछ। अमेरिकातिर नैबसोबास गरेका मान्छेको बिहेको कुरा आएको थियो।आनाकानी गरेर टारेकि थिएं।अब चाहिं मलाई काठमान्डुमा बस्न सार्है गार्होभइसकेको थियो।मोहसॅग मीठा पलहरु बिताएको शहरमा बस्दा अहिले नै गएर उस्लाई गम्लॅग ॲगालो हालुं जस्तो लाग्थ्यो।अनायासैपाइलाहरु मोडिन्थे।मोडिएका पाइलाहरुले मोहको जीवनमा आगो लाउन सक्थ्यो।
त्यसैले कुनै सोधखोज नै नगरि बिहे गरेर बिदेशिने निर्णय गरें।बिहेमा मात्र थाहा पाएं मेरो लोग्ने मभन्दा धेरै जेठा रहेछन्।कुनै गुनासो रहेनकिनकि त्यो मेरो परिश्थितिसॅगको संझौता थियो। मोह नामको मिठो घाउ मन भित्र नै दफ्नाएर अमेरिकी जीवन शुरु गरेकिथिएं।’Bhawana, are you okay?” सहकर्मीको आवाजले झसॅग हुन्छु।
अर्को कक्षबाट ventilator को monitor लगातार बजिरहेको छ। अनुमान लाउन गारो हुन्न। अर्को कुनै बिरामी अन्तिम सास फेरी राखेकोछ। उफ्…मोह पनि त्यहिं छन्।’code blue, bed no 12’ कोड ब्लु अनाउन्समेन्टले हंशले ठाम छोड्छ। ‘कोड ब्लु’ मान्छे अन्तिम सासफेर्दा activate गर्ने कोड हो। सबै मेडिकल टिमले बिरामी बचाउनलाई अन्तिम प्रयाश गरिन्छ। कोड ब्लु सुन्ने बित्तिकै दौडिएर बेड नम्बर१२ मा पुग्छु।
उनी मेरै मोह थिए।कौरोना संक्रमणले अन्तिम सास लिई राखेका थिए।पिपिइ लाएका स्वाश्थ्यकर्मीहरुले घेरिएका थिए। ventilator बाट पनि सास फेर्न नसक्ने भइ सकेका। सहकर्मी स्वाश्थ्यकर्मीहरु निराश थिए। “He is taking last breath. So frustrating. No family” डाक्टर ब्रुसको आवाज। अनायासै मोहको हात समात्न पुग्छु र भन्छु ‘he is not dying alone. He has me.’ Medical team मुसुक्क हांस्छन्।कोरोनाको महामारीमा एक्लो मरण देखेर हामी स्वाश्थ्यकर्मी बिक्षिप्त भइ सकेका छौं। सोचे होलान्, मेरो एउटै नेपालीसमुदाय भएर म भावविह्लल भएकि छु। सबैले मलाई मोहसॅग छोडिदिए। यो अन्तिम सासको सॅस्कार पनि हो। ‘डेथ बेडमा’ मनले चाहेकोमान्छेलाई बस्न दिइन्छ। मोहको आँखा अलिकति खुलेको थियो। सयाद उनले मलाई देखे होलान् या मेरो आवाज सुने होलान्। उनलाईसुत्न मलाई हेर्न पर्थ्यो। मलाई सुन्न पर्थ्यो। मेरो हात उनले दरो गरि समातेका थिए। कहिले पनि नफुस्कने गरि। Monitor काकिरिंगमिरिंग रेखाहरु सिधा भइ सकेका थिए। मेरो मोह शान्तसॅग चीर निन्द्रामा सुतेका थिए। ठुलो प्लास्टिकको ब्याग तयार थियोनजिकै।एकटकले शान्त, निश्चल मोहलाई हेरि रहेकि थिएं, त्यो बेड नं १२ मा भेटिएका मोह यो बेड नं १२ मा छुट्दै थिए..उनले दरोसॅगपक्रिएको मेरो हात ‘मर्चुरीले’ छुटाइ सकेको थियो। उनको भाव शुन्य आँखा मेरो अनुहारमा अडेको थियो।म एकटक तिनै एक जोर प्रियॲाखाहरु हेरि रहेकि थिएं..मेरो ॲाखाबाट आँसु बगेन। भाव जमेको थियो।मेरो मोह भंग भएको थियो।मेरो सॅसारप्रतिको मोह निस्प्राणभएकेा थिए ।
आफुमा ‘डर र काल’को भय मोहसॅगै सती गएको थियो। जे जति कोरोनाका विरामी आउंछन् सबैमा मोहको अनुहारदेख्थें। प्रत्येक मोहलाई बचाउनु मेरो अठोट रहेको छ..लागि रहेकि छु निरन्तर…।
(लेखिका अमेरिकामा कार्यरत रजिष्टर्ड नर्स हुन)