युएसनेपालपेाष्ट ब्युरेा
टेक्सस– एनआरएनए अमेरिकाको अहिले निर्वाचन चलीरहेको छ । निर्वाचनकै संघारमा आएर निर्वाचन नसकिदै एनआरएनए नेता कार्यकर्ताहरु धैर्य गर्न सकेका छैनन । मनगढन्ते विजयको शंखघोष गदै सामाजिक संजाललाई दुर्गन्धित बनाएका छन् । निर्वाचन आयोगले आज राती ११.३० मा मतदान सकिने भनेर सार्वजनिक सुचना जारी गरिसकेको अवस्थामा समेत त्यसलाई लत्याएर यहा“ पक्ष र विपक्षमा आ–आफनो समुहको जीत भएको दाबी गर्न थालिसकेका छन् । निर्वाचन आयोगको गरिमालाई समेत यहा“ लत्याइएको छ ।
सामाजिक संजालमा देखिएको यो फोहोर रुपी दोहोरीले आतंक मच्चाएको छ । निर्वाचनमा जीत र हार स्वभाविक प्रकृया हो । लोकतन्त्रको मुल्य मान्यताका पक्षपातीहरुले यसलाई लत्याएर चुनाव नसकिदै फलानो उम्मेदवारको जीत भन्दै फेसकुकमा अपवाह फैलाइरहेका छन् ।
अमेरिकामा एनआरएनमा नेतृत्व तहमा उठेकाहरुका कार्यकर्ता र नेताले मनगढन्ते खबर फैलाएर सर्वसाधारणलाइ दिगभ्रमित गर्ने काम गरिरहेका छन् । फलानो उम्मेदवारी यति प्रतिशतले अगाडी भन्दै तथ्यहिन खबरहरु सामाजिक संजालमा फैलाइरहेका छन् । यहा“ जसले जिते पनि एउटा नेपालीको छोरोले जित्ने हो । आपसी मनमुटाव रिसराग र तुष पालेर एक अर्कोलाई तिर हान्ने काम के लागी बुझीनसक्नु छ चुनावी नसकिदैको एनआरएनएको राजनिति । अमेरिकामा झण्डै साढे तीन लाख नेपालीहरु अनुमानित आकडामा मुस्किलले एनआरएनएमा २० हजार मात्र सदस्य छन् । बढी भन्दा बढी एनआरएनमा सदस्य संख्या नबढनु पनि यी यस्तै राजनिति खिचातानी नै प्रमुख कारण हो । एनआरएनएमा गुटउपगुट बनाएर हैन सबैको साझा संस्थाको रुपमा अगाडी बढाएर लैजाने तर्फ अबको नया नेतृत्वले पहलकदमी गरेन भने आगामी दिनहरुमा एनआरएनमा यो २० हजार सदस्य संख्या पनि घटेर जाने निश्चित छ । राजनितिको जोड घटाउ छाडेर एनआरएनएलाई विशुद्ध संस्थाको रुपमा विकसित गर्न तर्फ लागौ अन्यथा एनआरएनए केवल हे नारान मात्र रहेनछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected