अमेरिकामा विलुप्त अशेषका पाईला
खेतबारीमा तोरी फुलेर पहेलै भएको थियो । रस चुस्न मौरी भुनभुनाइरहेका थिए । घरको बार्तलीमा टहलिदै बिहानीको तातो घाममा सेक्किरहेको थिए । केही परबाट हतियार बोकेको जत्था हाम्रो घरतिर लम्किरहेको देखे । कम्ब्याट लगाएका थिए सेना हुन कि विद्रोही खुट्याउन हम्मे प¥यो ।
पिढीमा जातो चलाइरहेकी आमाले चर्को आवाजमा बोलाईन– ‘ए कान्छा एक कान्छा तल झर त बन्दुक बोकका हुल हाम्रो घरतिर सोझीएका छन् । तिमी कतै भागी हाल ।’ आमाले यसो भन्नु स्वभाविक पनि थियो । सेना र विद्रोहीको आइजाईले आमा आर्जित थिइन । सेनाले गाउकै विरु, मने र हरिलाई विद्रोहीको सुराकी भन्दै बन्दुकको कुन्दाले कुटीकुटी झन्डै सिध्याएका थिए ।
उता विद्रोही आउदा जनसेनामा भर्ति गराउन चर्को दबाब उस्तै थियो । विरु र मनेलाई त विद्रोहीले उठाई लगेर जर्बजस्ती जनसेनामा भर्ति पनि गराइछाडे । तर हरि बालबाल बा“च्यो । ऊ गाउमा टिक्न सकेन । ऊ पासपोर्ट बनाएर मजदुरी गर्न मलेसिया भासियो । चन्दा आतंक उस्तै थियो गाउमा ।
यस्तै धेरै युवा कोही बन्दुक बोकेर जंगल पसे । कोही दुई बन्दुकको चेपुवामा परेर खाडीको तातो घाम खान साउदी कतारतिर पुगे । त्रिभुवन विश्लविद्यालय कीर्तिपुरमा मास्टर पढदै थिए म । विदामा कहिले काही घर आउन पनि यस्तै बन्दुकेहरुको भय थियो । द्धन्द्धले गाउ पुरै प्रभावित थियो । राज्य र विद्रोहीले गाउ“लेको निद हराम गरेका थिए । चयनसंग कोही बस्न पाएका थिएनन । कतिपय गाउ“ छाडेर सहर विस्थापित पनि भए । यसपटक गाउमा राज्यका सेना आएका रहेछन् । बटारिएको जुंगा र अग्लो कदको राइफल भिरेको नाइके जस्तो देखिनेले आमातिर हेदै भन्यो– ‘ए आमा तपाईको घरमा को को हुनुन्छ ? हामी बुढाबुढी र एउटा छोरो हो बाबै आमाले थरथर हुदै जवाफ दिइन । ‘छोरो अनि बा खै त’ उसले फेरी सोध्यो । बुढा खेततिर जानु भएको छ, छोरो भित्र छ ।
यसरी आमालाई केरकार गर्न थालेपछि म भित्रबाट लुसुक्क आमाको नजिक गएर बसे । सात जनाको समुहमा थिए सेना । खहरेको उकालो चढेर आएकाले असिपसिन देखिन्थे सबै । आमाले मजेरीको ठेकोमा रहेको मोही उघारेर जंगमा लिएर आइन । गिलास पनि ल्याएकी थिइन । तिर्खाले खरिएका ति सिपाहीले जगबाट टाढो घाटी लगाएर तनतनी पिए । झन्डै आधा टेकी मोही सकाए । ‘ए भाई तिमी के गर्छो, माओवादीको सुराकी त गदैनौ नि , जुंगा हातले बटारदै नाइके सेनाले मतिर घु¥दै सोध्यो । काठमान्डौमा कलेज पढ्दै गरेको बेलीबिस्तार लगाए । तर उसले ममाथि शंका गर्न भने छाडेन । माओवादीको काम पनि त गर्छो होला अलिअलि । ‘नाई हजुर पढने मात्र हो,’ भन्दै छोटो जवाफ फर्काए । घरभित्र पसेर सबै चेकजाच गरे । झोला दराज सबै खोताखुतुल पार्न थाले । भद्रगोल र असरल्ल बनाएका भित्रको सामान भुईभरी छिरोलेर । मेरी आमैलाई असरल्ल सामान मिलाउनुको अर्को थियो दुख । दुई बन्दुकेहरुको हप्की धप्की र उनिहरुलाई भात खुवाउनु त थिदै थियो । कहिले सेना कहिले विद्रोहीको यस्तै व्यवहारले दिक्क भइसकेकी थिइन आमा । तर गाउ छाडेर जाने ठाउ थिएन । सहरमा घर थिएन ।
एकपटक घरमा विद्रोही आउ“दा झन्डैले मलाई जनसेनामा भर्ति गराउन लिएर हिडेनन् । त्यो बेला खै कसरी बचे । त्यो पनि आमाले एक्लो छोरो भन्दै हातपाउ जोडेर रोइकराइ गरेकी थिइन । खै त्यो पटक आमाको बिलौनाले कसो बचे । यही चपेटाले गाउमा बसीसाध्य भएन । यी यस्ता घटनापछि काठमान्डौबाट गाउ जानै छाडे दिए । दुखःसुख जे होला भनेर बा आमालाई काठमान्डौ ल्याउन धेरै प्रयास गरे । तर गाउमै रमाएका बा आमा फिटिक्कै आउन मानेनन । त्रासमै भए पनि गाउ“मै बस्न रुचाए बाआमा । हाड घोटेर सिंगारेको आफनो थातथलो छाडेर जान मानेनन बाआमा ।
स्याङजाको मनकामना गाउ“ लामो समय फर्किन । डिग्रीको सर्टिफिकेट भए पनि चितबुझ्दो जागीर कतै भएन । बालबालिका सम्बन्धी एउटा एनजिओमा काम सुरु गरे । तलब त चितबुझ्दो थिएन । त्यही एनजिओमा काम गर्दा त्यही काम गर्ने अशेष संग मेरो गहिरो दोस्ती बन्यो । ऊ पनि कामबाट खासै असन्तुष्ट थिएन । ऊ पनि स्याङजाकै ग्रामीण भेगबाट काठमान्डौ आएर सुखदुख गरी पढ्यो । द्धन्द्धले गाउ फर्किन सकेन । भएकी एउटी बैनीलाई त विद्रोहीले उठाएर जनसेनामा भर्ति गराएछन् । विद्रोह राज्यका सेना आएर दिनहु परिवारलाई मानसिक तथा शारीरिक यातना दिन थालेपछि परिवार विस्थापित भएर काठमान्डौ आएका रहेछन् ।
उसले विहे गरेर एउटा छोरो पनि भइसकेको थियो । कलेजतिर पढने क्रममा त्यतै काठमान्डौ घट्टेकुलोतिर बस्दा घरबेटीकी छोरीसंग माया पिरती बसेपछि विहे गरेको रहेछ । काठमान्डौ मंहगी ठुलो परिवार र डेरा भाडाले उसलाई गाजेको थियो । जागीरबाट ऊ पनि त्यति सन्तुष्ट देखिएन । शनिवार विदाको दिन अनामनगरको एक चिसापसलमा उसले एउटा प्रस्ताव लिएर आयो । हेर दुर्गा मत विदेश जाने निर्णय पो गरे त । यहा बसेर जिन्दगी चल्ला जस्तो छैन । द्धन्द्धले मुलुक बसिसाध्य पनि भएन ।
सोचे दुबई कतार कतै होला । उसले भन्यो–‘मलाई ठुलै देशको अफर आएको छ जाने भए सगै जाऊ हिड ।’ केही जिज्ञासु र उत्सुक हुदै मैले सोधे– ‘कुन देश हो र ? उसले भन्यो– ‘अमेरिका ।’ अमेरिका सबैका लागी सपनाको सहर थियो । मेरो लागी पनि नहुने कुरै थिएन । सजिलै भिसा पाएर जान पाइएला भनेर मलाई पत्यार लागेन । कुन भिसामा कसरी जाने ? मेरो चिनेकै दाई हो, उहाले नै सबै मिलाउनुहुन्छ । हामीलाई टेन्सन हुन्न । जहाजबाटै जाने हो तर अलि समय लाग्छ रे अमेरिका पुग्न । उसको भनाईले अनुमान लगाउन मुस्किल भएन ।
चोर बाटो हुदै अमेरिका पुग्ने सेटिङ रहेछ । यो सबै दलालहरुकै मिलेमतो हो भन्नेमा शंका रहेन । धेरै पढेको थिए पत्रपत्रिकामा गैरकानुनी रुपमा अमेरिका हिडेका नेपालीहरुको बिच्चली र ज्यान गएको कथा । ‘हामी त जहाजबाटै जाने हो, त्यस्तो असुरक्षीत केही छैन, उसले मलाई आश्वास्त पार्न खोज्यो । सोसोलोजीमा मास्टर सकेको उ पनि अमेरिका जाने गैरकानुनी बाटोको बारेमा अनभिज्ञ थिएन ।
उसले सहजै अमेरिका छिर्न सकिने बतायो । संगै जाऊ भनेर ढिपी ग¥यो । मलाई पनि सोच्न बा“ध्य बनायो । यताको कमाई उस्तै थियो । बा आमा र श्रीमतिसंग सल्लाह लिए । सजिलै हुन्छ भने जान सल्लाह भयो । तर जोखिम मोलेर नजान श्रीमतिले भने सुल्झाइन । अर्को दिन अशेषले फोन गरेर पासोर्ट र भिसा प्रकृयाका लागी ६० हजार रुपैया रेडी बनाएर राख्न भन्यो ।
आखिरमा मपनि अशेषसंग अमेरिका जाने टुंगोमा पुगे । जोखिम मोले कि के मोले थाहा भएन । आमाले ५० हजार मा बेचेको लैनौ भैसीको पैसा सन्दुकबाट झिकेर मलाई दिइन । त्यही पैसा भिसाका लागी दिए ।
अरु मसंग भएको केही पैसा बाटो खर्च र अन्य खर्चका लागी छुट्याए । डा“डामाथिका घाम भइसकेका बा आमा तथा श्रीमति र दुई छोराछोरी छाडेर अमिलो मन बनाएर आखिर विदाई भए । रातीको १२ बजे कतार एयरवेजका फ्लाईट थियो दोहा सम्मको हाम्रो । अशेषलाई विदाई गर्न एयरपोर्टमा उसका परिवार आएका थिए । खाता ओढाएर हामीलाई विदाई गरियो । जिन्दगीमै पहिलो पटक जहाज चढ्दै थिए म । अशेष त जहाज चढेर थाइल्यान्ड गइसकेको थियो । उसलाई त जहाजको अनुभव थियो । बोर्डिङ पास र लगेज चेकिङ गरेर हामी वेटिङमा बस्यौ । देश छाडेर हिडदै थिए । बुढाबुबढी भएका बा आमा सम्झे । ६ महिनाकी छोरी र वर्ष दिन पुग्दै गरेको छोरोको चन्चलता अनि जीवनसंगीनीको रोदन सम्झे । मन त्यसै न्यास्रो लागेर आयो । जहाज उडने तयारी भयो । जहाज चढीयो । जहाजले भुई छोड्दा ज्यान सिरिङ भएर आयो । अमेरिकाको सपनामा चुलुम्म डुबे । अग्गा घर र सहर सम्झे । अमेरिका पुगेकाहरुले फेसबुकमा पोष्टिने तस्विरहरु सम्झे । हाइफाइको जीवनशैली सम्झे । अशेष पनि आफनै धुनमा थियो । जहाज बादलमा हराउदै थियो । घर परिवारको यादले यो मन पनि कालो बादल झै मडारिदै थियो ।
जहाज हल्लिन थाल्यो । जहाजसंगै मन पनि हल्लियो त्रासले । उचाईबाट जहाज धेरै तल झरिसकेको रहेछ । ठूलो आवाजका साथ जहाजले भुई टेक्यो । जहाजमा अधिकांश मजदुरीका लागी कतार साउदी आएका नेपाली अनुहार देखिन्थे । कतारको दोहा विमानस्थल रहेछ । अशेषले कतारपछि अबको अमेरिकाको यात्राको बारेमा बतायो । दिनभर कतार विमानस्थलकै ट्रन्जिटमा
बितायौ । फेरी यहाबाट जहाजमा अर्को यात्रा तय भयो । मनमा भयले आतंक सृजना गरायो । तैपनि अशेषसंग गफिदै यात्रा अघि बढीरहयेा । झन्डै १४ घन्टाको हवाई यात्रापछि केही भिन्न खालको भुमी उर्तिएको आभाष पाए । बोलीभियाको सान्तकक्रुज विमानस्थल रहेछ भन्ने चाल पाए । लामो जहाजको यात्रा यही सम्म रहेछ । यसपछि गुडेर हिडेर तरेर अगाडीको यात्रा तय गदै अमेरिका पुग्नु पर्ने रहेछ । सबै सम्झेर कहाली लागेर आयो ।
पेरु, निकारागुवा, होन्डुरस कोलम्बिया तथा म्याक्सिको हुदै झण्डै सात महिनामा मुस्किलले ज्यान जोगाएर अमेरिका छि¥यौ । सबै दलालका सेटिङमा बाटो– बाटोमा रकम बार्गेनिङ गदै ऋण धन गरेर भन्डै ६० लाख रुपैया खर्च भयो अमेरिका छिर्न । तीन महिना भन्दा बढी त जेलमै बसियो । भोकभोकै जंगलको बाटो हिडियो । बाटोमा अलपत्र रोगले थलिएका कति भेटिए । हिडाउदै दलालले रकम माग्दै अगाडी बढाउने रहेछन् । नेपालमा बाआमालाई फोन गरेर पैसा मगाएर जसो तसो किस्ता– किस्ता गरेर दलाललाई यतिका रकम बुझाईयो । सबै रकम आमाले ब्याजमा ऋण लिनु भएको थियो ।
बाटोमा हिड्दा लास पनि देखियो । जंगलमा हिडदै गर्दा सर्पको टोकाईबाट बालबाल बाचियो । दलालले हुर्मत लिए । दुख सम्झेर बाटोमा अशेष र म संगै धेरै रोयौ । बीचबाटै फर्किन खोजेका थियो तर संभव थिएन । दलालको चुगुलमा हामी परिसकेका थियौ । अमेरिका छिर्ने गैरकानुनी बाटोको भुक्तभोगी आफै भइयो । दुख सम्झेर छातीमा मुड्की पनि हान्यौ ।
धन्न नया जीवन बाचेर अमेरिकी भुमीमा पस्यौ । ठ्याक्कै शरणार्थी जस्तै भइयो । साथमा कागजपत्र पासपोर्ट केही थिएन । ‘ल दुर्गा अमेरिका छिरियो, अशेषले थकीत मुद्रामा भन्यो । बाटोको दुख लाखौ रुपैया ऋण सम्झेर ममा अमेरिका छिरे पनि खासै उत्साह आएन । डिभी परेर आएका गाउकै विमलेस भाई सपरिपरिवार सात वर्षदेखि टेक्ससमै बस्दै आएका थिए । टेक्ससको युलेसमा घर किनेर जमेर बसेका थिए उनी । यतै आएर पढेकाले जागीर पनि राम्रै थियो उनको ।
श्रीमति बिएन गरेर रजिष्ट्र नर्स भइसकेकी रहिछन् । सुरुमा त्यही भाईले हामीलाई अमेरिकामा पहिलो आश्रय दियो । हामी गैरकानुनी बाटोबाट आएकाले हाम्रो बसाई पनि गैरकानुनी नै थियो । ‘दाई धन्दा नमान्नु बिस्तारै कानुनी प्रकृयामा जान फाइल गर्न मिल्छ ,’उसले ढाड्स दिदै भन्यो ।
नेपालीले संचालन गरेको ग्या“स स्टोरमा भाईले हामीलाई काम लगाईदिए । बिस्तारै कामको मेसो मिल्दै गएपछि सात सय डलर मासिक तिर्ने गरी अर्पाटमेन्टको बन्दोस्त गरिदिए । अशेष र म त्यही अर्भिङको बेल्टलाइनमा रहेको अर्पाटमेन्टमा बस्न थाल्यौ ।
साथी खोज्दै हिडेका पोखराका प्रमेश पनि हामीसंगै बस्न आइपुगे । अर्पाटमेन्टमा तीन जना भयौ । जति धेरै बस्यो खर्च सस्तो पर्दोरहेछ । यहाको ग्रिनकार्ड कहिले बन्ने र आउदा लागेको त्यत्रो ऋण कसरी तिर्ने चिन्ताले सस्ताउन थाल्यो ।
देश र घरपरिवारको बिछोडले झन मुटुमा गाठो परेको थियो । बालाई प्रेसर थियो । आमा दमको रोगी ।चिचिला केटाकेटी र कलकलाउदो मुना जस्ती श्रीमतिलाई छाडेर एक्लै बस्दाको पीडा उस्तै थियो । अशेषको त अमेरिका आएको दुई वर्षमै ग्रिनकार्ड हात प¥यो । हामीलेसंगै ग्रिनकार्डका लागी कागपत्र फाइल गरेका थियौ । मेरो चार वर्ष बितिसक्दा पनि ग्रिनकार्ड बन्ने मेसो थिएन । न आउदा लागेको ऋण तिर्न सकिएको थियो ।
अशेषले त श्रीमति र छोरा पनि झिकाइसकेको थियो । परिवारसहित ऊ बेग्लै बस्न थाल्यो । कानुनी रुपमा ऊ बलियो भइसकेको थियो । आइटीको तालिम लिएर जागीर खाइसकेको थियो । उसको भाग्यको ढोका उर्घियो । सपरिवार संगै बसेर अमेरिकन लाइफस्टाइलमा जमीसकेको थियो । यहासम्म आउनलाई हुन त उसले धेरै दुखै दुखको पापड नबेलेको पनि हैन ।
ज्यानको बाजी लगाएर जसोतसो अमेरिका छिरेकै हो हामी । ग्वाटेमालामा हनहनी ज्वरोले झन्डै उ ठहरै भएको थिएन । भाग्यले बाचेको हो । अमेरिका आएपछि ग्रिनकार्ड बनाएर श्रीमति र छोरालाई अमेरिका ल्याउन रातदिन नभनी धेरै कुदेको पनि हो । आखिर उसले सोच जस्तो पनि भयो । श्रीमतिलाई आफनै खुट्टामा
उभ्याउन ब्युटी स्कुल पठायो । पढाई पनि पुरा गरिन ।श्रीमतिलाई खुब माया गथ्र्यो ऊ । सबै आफुले सोचे जस्तै हुदै गएपछि ऊ सन्तुष्ट हुदै गयो ।
श्रीमतिका लागी पनि थ्रेडिङ सैलुन खोलिदियो । ऊसको जीवन बेग्लै भइसकेको थियो । ऊ परिवारसंगै रमाउन थाल्यो । यता म भने यो बिरानो देशमा फगत एक्लो थिए । आफनो भन्ने कोही थिएन । कंयौ प्रयास गर्दा पनि ग्रिनकार्ड बन्न सकेन । कागजपत्र नभएपछि अमेरिकामा सोच जस्तो जीवन रहेनछ । त्रास भयमा नै जिन्दगी जादो रहेछ । यता पनि माष्टर गरेर केही राम्रो जागीर खाउला भन्ने सोचेको थिए । कागजपत्र नभएपछि सोच जस्तो जीवन जिउन पाइएन । आफुले सोचजस्तो केही भएन । ग्यास स्टोरमै घन्टाको १० डलरमै अल्झिरहे । कागजपत्र नभएपपछि यही काम गर्नु बाहेक अर्को बिकल्प थिएन । दुखको कुरा बा प्रेसरले लडेर अस्पताल पुग्दा चाहेर पनि घर जान पाइन । आइसियुमा उपचार हुदाहुदै बा ले प्राण त्यागे । बाको मुत्युमा टाढाबाट मुकदर्शक बनेर हेरिरहे । आफैलाई धिक्कारे । परदेशको जीवन यही निर सबै भन्दा ठुलो पीडा हुने रहेछ ।
एक मन त फर्को भन्ने लाग्यो आफनै देश । तर ऋणको भारी साथमा थियो । ब्याजले पनि गाडीरहेको थियो । परिवार त्यागेर केका लागी आए भन्ने पनि लाग्दै थियो । कामबाट फर्केर कोठामा पल्टिरहेको थिए । यस्तै सोचमा डुब्दै गर्दा बाहिरबाट कसैले ढोका ढकढक गरेको आवाज सुने । ढोका खोले । अशेष रहेछ । त्यति खुलेको उसको अनुहार आज फुस्रो र न्यास्रो देखे । पक्कै केही भएको हुनुपर्छ भन्ने लाग्यो मलाई । ‘के छ अशेष भाउजु छोरालाई सन्चै छ, सोफामा थचक्कै बस्न पुगेको उसलाई सोधे ।
केही मलिन हुदै उसले भन्यो, ‘सन्चो भनु की बिसन्चो दुर्गा । सबै डामाडोल भयो यार । नसोचेको भयो । मेरो सबै खतम भयो । के भयो त्यस्तो भन न मलाई, मैले भने । भाउजुले त मलाई छाडेर हिडिन । उसको कुराले म निशब्द भए । मैले यस्तो कल्पना पनि गरेको थिइन । त्यस्तो ढुकुरको जस्तो जोडी एक अर्काबाट यसरी छुटिएलान भनेर । उसको कुराले मलाई नरमाईलो अनुभूत भयो । आठ वर्षको छोरा छाडेर हिडेकी रहिछिन् । भाउजु हेर्दा सोझी लाग्थिन । मलाई यसो गरिन भनेर विश्वास लागेको थिएन । तर उसको मुखबाटै सुनेपछि विश्वास गर्न बाध्य भए । आफनो खुट्टामा उभिने बनाए उनलाई । मलाई नै छाडेर हिडिन । फर्काउन कोसिस धेरै गरे सकिन । खै अर्के युवकसंग हिडिन भाउजु त । मेरो नभए पनि छोराको माया त हुनु पर्ने , त्यो पनि भएन ।
अमेरिकाले उनलाई धेर जान्ने बनाएछ ।अब आफनै बाटो लाग्नु मलाई नखोज्नु, आफनो सुरसार गर्नु भन्दै म्यासेज छाडेर हिडिन । फोन गर्दा फोन पनि उठाइनन् । फोन नम्बर पनि परिवर्तन गरिन । कानुनी रुपमा पनि अदालत पुगेर सम्बन्धविच्छेदको मुद्धा दर्ता गराइ सकिछन् । खुशी दिएकै थिए माया दिएकै थिए तर मलाई लत्याएर हिडिन, सोफामा उतानो परेर बलिनधारा आसु झादै रुदै व्यथा सुनाउन थाल्यो । उसको भावविह्वल रोदनले मेरो मन थामिएन । केही क्षण कोठामा सन्नाटा छायो । यसरी उसलाई छाडेर हिडने कारण के थियो बुझन सकिन । कतै अशेष अरु केटीसंग लाग्यो भन्ने पनि थिएन । ऊ केवल श्रीमतिलाई मात्रै माया गथ्र्यो । मेरो घरबार बिग्रीयो, तिमीले कार्ड नबनेर सास्ती झेल्नु प¥यो, उ सुक्सुकाउदै बोल्न थाल्यो । यो सबै मेरो कारण हो भन्दै छातीमा मुड्की बर्जान थाल्यो । अशेष आफुलाई समाल, ढाड्स दिन थाले । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भने झै उसलाई परेको असहय पीडा सानो थिएन । मलाई राम्रो संग थाहा थियो उसको पीडा ।
ज्यान धरापमा राखेर गैरकानुनी बाटो हुदै अमेरिका पस्यो । कहिल्यै पुरा निन्द्रा सुतेन । काम भनेर दौडिरहयो ऊ । ग्रिनकार्ड बनाउन कम्ति सास्ती पाएन । भिसा एप्लाई गरेर श्रीमति र छोरालाई ल्यायो । आफु पढ्यो र श्रीमतिलाई पनि पढाएर आफनै खुट्टामा उभिने बनायो । उसले गरेको दुखको कथा त लामै छ । मलाई पनि गैरकानुनी बाटो अमेरिका आएकोमा अहिले पछुतो लागेको छ । उसको पनि परिवार टुक्रियो । उसको खुशी क्षणभरमै टुंगियो ।
मेरो पनि ग्रिनकार्ड त नबन्ने पक्का जस्तै भएको छ । ऋण चुक्ता भएको दिन आफनै देश फर्किने निर्णय लिइसकेको छु । सधै लुकेर घर परिवारको माया मारेर म केको लागी बस्नु पैसा भनेर । पैसा भन्ने कुरा यस्तै रहेछ । पैसा भएर के गर्नु बिचरो अशेष जसका लागी भनेर रातदिन खटियो, आज सबै खतम भइदियो । पैसा मात्रै ठुलो रहनेछ ।
‘छोरोलाई डे केयरमा छाडेर आएको छु, लिन जाने बेला भयो भन्दै उ नियाउरो अनुहार बनाउदै निस्कियो । ढोका बाहिर सम्म उसलाई छाडन आए । कार पार्किङ लट सम्म हिडदै गरेका उसको एक्लो पाइलाहरु नियाली रहे…………..निरन्तर । ०००००