” न्यु जर्सीमा गत मंगलवार एक नेपालीबाट गोली हानी एक नेपाली कै हत्या ” यो समाचारले मलाई शोकमग्न मात्र बनाएन ,सोचमग्न पनि बनायो ,
यस्ता घटनाहरु अमेरिकी नेपाली समाजमा अब कही नदोहोरिन , यही ध्येयले मलाई यहाँ केही कुरा भन्न मन लाग्यो ”

– गत मंगलबार ,जुलाई १३ को अमेरिकी नेपाली समाजको लागि एउटा दु:खद समाचार , अमेरिकाको न्यु जर्सी राज्यमा एउटा नेपालीले गोली हानी अर्को नेपालीको हत्या ,त्यो पनि एउतै ग्यास स्टेशनमा काम गर्ने नेपालीले ( साथीले ) अर्को नेपाली ( साथी ) लाई ,अनेकौ पटक निर्मम तरिकाले गोली हानी हत्या गरेको खबरले हामी सबै अमेरिकाबासी नेपालीहरुलाई अत्यन्त दु:खी बनायो, कि न कि यो घटनामा एक जना नेपालीको मृत्यु मात्रैको कुरा भन्दा पनि एक जना नेपालीले अर्को नेपालीलाई अमेरिकामा ज्यानै लिनेसम्मको यस्तो आक्रोश किन भन्ने कुरा सोचनीय पक्ष थियो ।
यस सम्बन्धमा साथी भाइ साथी भाइ बीच एक आपसमा कुरा गरेको प्रशस्तै सुनियो तर पनि अमेरिकी नेपाली समाजका कोही पनि बुद्धिजिबीहरु , सामाजिक संघ संस्थाका व्यक्तिहरुले यस बारेमा कही कतै बोलेको थाहा भएन , कारण स्वाभाविकै हो , यस्ता घटनाहरुमा बोल्न असाध्यै गारो हुन्छ ,त्यसैले यस्ता हत्या , हिंसा ,बलात्कार जस्ता घटनाहरुमा समाजका बुद्धिजीबी , जानकार ,पढेलेखेका वा नेता वा समाजसेबी भन्ने सबै जसो नै मौन बसेको देखिन्छ ,कारण यी बिषयहरु अत्यन्त संबेदनशील हुन्छन , र एक अर्थमा यस्ता कुराहरुमा बोल्दा अनाबश्यक अप्ठेरो वा बाद विवाद होला कि भनेर धेरै जसो मान्छेहरु यस्तो बिषयहरुमा बोल्न नै खोज्दैनन् ,
तैपनि यस्ता मानवीय समाजमा घट्ने नराम्रा घटनाहरुलाई समाजले विभिन्न प्रकारले सम्बोधन गरेको हुन्छ नै ,मौन बस्नु पनि एक किसिमको सम्बोधन हो भने , यस्ता नराम्रा घटनाहरु धेरैको जानकारीमा ल्याएर काम छैन भन्नु हो भने , धेरैले बोल्नु अर्को किसिमको सम्बोधन हो र
मलाई लाग्छ यस्ता कुराहरुमा बोल्नु वा नबोल्नुको राम्रा नराम्रा दुबै पक्षहरु छन् , तैपनि अहिले बिश्व दुनियांमा सबै प्रकारको घटनाको कतै न कतैबाट समाजलाई जानकारी हुने हुंदा समाजको तर्फबाट पनि यस्ता घटनाहरु दोहोरिन नदिन सक्दासम्म प्रयाप्त चनाखो राख्न प्रयत्न गर्नु स्वाभाबि कै हो ,यद्यपि यस्ता घटनाहरुमा छानबिन गर्ने र दोषीलाई सजाय दिने काम सरकारको हो र जुनसुकै देशको कानुनले नै यस्ता घटनाहरुलाई निरुत्साहित गर्न प्रयाप्त कोशिस गरेको हुन्छ भनेर चुप चाप बस्न पनि सकिन्छ , र अमेरिकी जनताहरु यस्ता घटनाहरुमा खासै बोल्दैनन पनि ,र
, र यस्तोमा सरोकार राख्ने भनेको धेरै जसो सरकार , पुलिस प्रशासन र वकिल /न्यायाधिशहरुले हो भन्ने पनि सोच छ , यो एक अर्थमा ठिकै पनि हो , र यस्तो घटनामा चासो राख्ने वा हेर्ने भनेको जनताले भन्दा पनि सरकारले नै हो , तैपनी नेपालमा यस्ता घटनाहरुमा जनताहरुले पनि सरकारलाई
निस्पक्ष छानबिन गर्न एबं दोषीलाई कानुन अनुसार कारबाही गर्न परो भनेर दबाब दिएको घटनाहरु प्रशस्तै उदाहरणहरु
देखिन्छ , नेपालमा यस्तो हुनुमा बढी त सरकारी काम कारबाही र न्यायलयप्रति जनताको विश्वास कम हुनु हो , र
अमेरिकामा भने यस्ता घटनाहरुमा कम्तिमा पनि दोषीलाई कानुन अनुसार कारबाही हुन्छ र जनताहरु बोल्नु पर्दैन भन्ने नै बिश्वास छ ,
र मैले पहिला नै भनी हाले यस्ता घटनाहरुमा बोल्न अति नै गारो छ , अझ अमेरिकामा त झन् गारो छ ,
त्यसैले अमेरिकी नेपाली समाजका नेता वा अभियन्ता भन्नेहरु पनि यस्ता घटनाहरुमा अलिकति पनि बोल्ने आंट गर्दैनन्
सोसिएल मेडिया नै पनि किन नहोस यस्ता घटनाहरुमा प्राय:जसो कसैले केही बोल्ने र लेख्ने गरेको त्यति देखिदैन , तर समाजप्रति दायित्वबोध गर्नेहरुले , समाजप्रति चिन्ता गर्नेहरुले यस्ता घटनाप्रति मौन बस्नु हुदैन , थाहा नपाएको जस्तो गर्नु हुदैन भन्ने अन्तरात्माको छटपटीले गर्दा मलाई भने
यहाँ केही कुराहरु भन्न मन लाग्यो , किन कि यस्ता कुराहरु नेपाली समाजमा अरु एक दुई ठांउमा घट्यो भने यस्ले भौतिक क्षति मात्र नभई अमेरिकी नेपाली समाजमा मानसिक क्षति पनि अरु धेरै नै गर्छ भन्ने मलाई लाग्छ , र समग्र अमेरिकी नेपाली समाजको शान्तिको भावाना र मनोबिज्ञानमा नै नकरात्मक असर पार्छ भन्ने मलाई लाग्छ , र जहातही अरु डर र त्राश बढाउछ र त्यसपछि हामी सांच्चि नै पहिला भन्दा सबै नै ठांउमा नै बढी होशियार हुनुपर्ने हुन्छ ।
काम र अबसरको खोजीमा सात समुन्द्र पर आएका नेपाली नेपाली बीच यस्तो घटना भएको सुन्दा जो कोहीलाई पनि दु:ख लाग्छ नै , त्यसैले मलाई पनि धेरै दु:ख लाग्यो । र त्यसैले यहां पनि यो घटनामा ज्यान गुमाएका नेपाल मनाङ्ग घर भएका छपन्न बर्षीय छेवांगका शोकाकुल परिवारजन सबै हार्दिक समबेदना भन्न चाहन्छु
र पटक पटकको गोली प्रहार गर्दै हत्या जस्तो जघन्य अपराधमा संलग्न २३ बर्षीय नेपाली युवा मिलन घिमिरे अमेरिकी कानुनको कठघेरामा उभिनु त छदैछ , र यो घटनामा एक जना नेपालीको ज्यान गयो भने अर्कोले सम्भब:त
जीबन कै अधिकांश समय जेल जीवनको रुपमा बिताउने पर्ने अवस्था आएको छ , यस कारणले पनि यो घटनाले
समग्र अमेरिकी नेपाली समाज नै दु:खी छ ,र यस घटनामा मृतक पनि नेपाली नै र अपराध गरी सजायको भागिदार हुने पनि नेपाली नै हुने अबस्था आएको छ ,
हुन त यस प्रकारका घटनाहरु जहाकही पनि मान्छेहरुलाई बराबरी नै दु:खी बनाउछ, तैपनि
प्रबासमा घट्ने यस्ता घटनाहरुले अरु थप दु:खी बनाउदोरहेछ ,
हामी अमेरिकामा बस्दै गरेको अबस्थामा अबका दिनहरुमा हामीले अमेरिकी समाजमा यस्ता घटनाहरु कम गर्न सक्ने कुनै उपायहरु
भए सबैले सोचौ भन्ने पनि मेरो आग्रह हो , यहाँ मैले केही कुरा भन्नुमा ।
र मैले व्यक्तिगत रुपमा म उहांहरु दुवै , मृतक र अभियुक्त दुवै जनालाई म चिन्दिन र
यो घटना घट्नुको कारण के हो भन्ने बारेमा अहिलेसम्म बाहिर केही कुरा पनि आएको छैन र व्यक्तिगत रुपमा नचिने पनि यस्ता घटनाहरुले व्यक्तिगत रुपमा चिन्ने र नचिन्ने सबैलाई बराबरी दु:खि भने बनाएको हुन्छ नै ,किन कि अमेरिकामा बस्ने हामी नेपालीहरु भनेर पनि भावानात्मक रुपमा पनि हामी सबै नै धेरै नजिक भएको अबस्था पनि छ ,
र अमेरिकी नेपालीहरुको संख्या ३-४ लाख भन्दा बढी भै सकेको अबस्थमा हामीले अब यहां पनि नेपाली नेपालीको आपसी शान्ति सद्भाव मित्रता र एकतालाई पनि उच्च प्राथमिकता दिनु पर्ने भैसकेको छ र
यस सम्बन्धमा अब हामीले बृहत्तर रुपमा चिन्तन गर्न थालौ भन्ने पनि मेरो आग्रह हो यहां , र
यो घटनाबाट केही न केही मनन् गरौ भन्ने पनि ,
कि न कि यस घटनाले हामीलाई अत्यन्त चिन्तित बनाएको छ , यही अर्थमा हो मेरा यहाँ ब्यक्त गरिएका केही भनाईहरु पनि ।
र माथिको घटनाको बारेमा मैले यहाँ अरु थप भनिन , यो घटनाले हामी सबैलाई , बिशेषत अमेरिकाबासी नेपाली समाजलाई धेरै दु:खी बनाएको छ
, र यस्ता घटनाहरु अब अमेरिकी नेपाली समाजमा कहिल्यै नदोहोरियोस भन्छु , र यो बारेमा अहिले यत्तिनै ।
र यो पनि सत्य हो कि कुनै पनि समाजमा कतिपय साना तिना घटनाहरु बाहिर आउदैन , बाहिर आउदा जे पनि ठूलो
भैसकेको हुन्छ र
अझ कुनै पनि समाजको अलिकति पनि गहिराईमा गएर बुझ्ने हो भने एउटा बलात्कारको घटनाका पछाडी समाजमा धेरै असफल बलात्कारका प्रयासहरु हुन् सक्छन , त्यस्तै समाजमा एउटा हत्याको पछाडी अरु पनि धेरै असफल हत्याका प्रयासहरु हुन् सक्छन , यस्तै एउटा ठूलो घटनाको पछाडि अन्त पनि साना साना घटनाहरु धेरै भएका वा हुन सक्ने संभावनाहरु धेरै हुन सक्छन् ,
र जब समाज ठूलो हुदै जान्छ त्यति नै बढी भित्र भित्र आपसी बेमेल , द्वन्द , मन मुटाब र इर्ष्या ,रिस रागहरु पनि बढ्दै जान पनि सक्छन ,त्यसतर्फ पनि अब अमेरिकी नेपाली समाज अरु चनाखो हुनु पर्ने देखिन्छ ,र त्यो घटना एउटै कोठामा बस्ने र एकै ठाउमा काम गर्ने बीच भएको हुंदा र
कुनै पनि समुह र संघ संस्था बीच आबद्ध भएकाहरु मान्छेहरु बीच भएको शंका नभएको हुंदा त्यति अन्ततिर धेरै प्रभाव पार्ने त देखिदैन , होईन भने त्यसले यहाँ पनि अरु अप्ठेरो रुप लिन सक्थो ।
मैले पनि यहांको अमेरिकी समाज एवं अमेरिकी नेपाली समाज दुबैलाई बिगत १० -१२ बर्षदेखि नजिकबाट चिन्दै र बुझ्दै आएको छु ,
र यहाका धेरै जसो मान्छेले शुरुमा काम गर्ने ठाउँहरु रेस्टुरेन्ट , ग्यास स्टोर , वेयर
हाउस लगायतका ठाउँहरुमा मैले पनि काम गरेको छु , अमेरिकी तथा धेरै देशका मान्छेहरुसंगै काम गरेको छु , एउटा नेपालीले अर्को नेपालीलाई वा एउटा समुहको नेपालीले अर्को समुहको नेपालीलाई सोसिएल मेडियामा मनपरी भनेको लेखेको देखेको पनि देखेको छु ,
काम गर्ने ठांउमा धेरैले धेरैलाई बिभिन्न तरिकाले होच्याएको , हेपेको पनि देखेको छु ,
र मैले यो घटनासंग जोडेर यो भनेको भने होइन ,तैपनि यहाँ पनि सिधा सरल इमान्दार सहनसिल , बोल्न लेख्न नजान्ने मान्छेहरुलाई जे मन लाग्यो त्यो भन्ने र हेप्ने मान्छेहरु पनि जत्ति पनि छन् अमेरिकी नेपाली समाजमा पनि ,काममा होस् वा जही कही पनि , र अमेरिकी समाजमा पनि धेरै प्रकारको ठूलो बिभेद छ ,
तैपनि कहाँ उजुर बाजुर गर्नु , कहाँ भन्नु , कस्लाई भन्नु ,कसरी भन्नु ?
अन्याय भयो वा साना तिना कुराहरुमा यो भयो त्यो भयो भन्न , उजुर बाजुर गर्न कहां जानु ? गर्नेले अन्याय गरिरहेछ , सहनेले सही राखेको छ ,
र किन कि वकिल लगाउनु परो भने वकिललाई पैसा दिनु परो , सामान्य गुजारा मात्र पनि धौ धौ हुनेले वकिल लगाउन पैसा कहा पाउनु ?
र सिधा सादा तथा बोल्न नसक्ने मान्छे यहां पनि धेरैतिरबाट हेपिने र ठगिने चान्स जत्ति पनि छ ,अमेरिकी नेपाली समाज र अन्ततिर पनि ,
र यो अर्थमा नेपाली समाजमा होस् वा कुनै पनि बर्गमा होस् अमेरिकामा पनि एउटाले अर्कोलाई काममा होस् वा कुनै पनि ठाउमा होस् , अनाबश्यक रुपमा हेप्ने वा दु:ख दिने काम प्रशस्तै भएको देखिन्छ ,
ठांउ र मान्छे अनुसार कही घेरै नै त ,कही कम फरक यत्ति हो ,
यो म आफैले पनि कामको दौरानमा नेपालहरु काम गर्ने ठांउ लगायत धेरै ठांउमा नै प्रशस्त देखेको छु ,
तैपनि तपाईहरु सबैलाई मेरो सल्लाह : अमेरिका यो देश नै यस्तो छ कि यहा अन्याय गर्नु भन्दा अन्याय सहनुमा जितिन्छ ,
कसैलाई गालि गर्नु भन्दा बरु चुपचाप गाली सहनुमा यो देशमा जितिन्छ , कुनै पनि किसिमको झगडा गालि गलौजको केस चल्यो भने यहां यो गल्ति गर्नेको लागि असाध्य मंहगो पर्छ , र सबै जसो मान्छेहरुले सिधा किसिमले आफ्नो काम गर्ने र खाने ,
यही सोच्दा नै सबैको भलाई हुन्छ , यसमा नै बुद्धिमानी हुन्छ र
यहां पनि हुन त सानो सानो स्टोर र क्यामराहरु नभएको ठांउमा सिधा सादा र नयां कामदारहरुलाई जत्ति पनि गालि गर्ने ,झपार्ने , मानसिक तनाव दिने कामहरु कतिपय ठांउमा प्रशस्त भएको देखिन्छ पनि ,
तैपनि जस्ले यस्तो गर्छन् उनीहरुले पनि ठूलै जोखिम लिएको भन्छु , किन कि यहां कसैले पनि कही गल्ति गरेको उजुर बाजुर भयो र प्रमाणित भयो भने त्यो सबैको लागि धेरै नै महंगो पर्छ ,
तैपनि फेरि भन्छु :
अमेरिकामा सबैको लागि असिमित सम्भावनाहरु भएको देश हो ,र
यहां नियम कानुन असाध्य कडा छ , कानुनको नजरमा गल्ति गरेको ठहर भएपछि सबैले बराबरी नै सजाय भोग्नु नै पर्छ , र अमेरिका चलेको पनि यही बलियो र सबैको लागि बराबरी कानुनको कारणले नै हो ,होइन भने यो बिश्वभरीका मान्छेहरुको साझा घर जस्तो हुन सक्ने नै थिएन , र अमेरिका देश आफैमा एउटा विश्व नै हो भन्दा नि हुन्छ ,
र पचास भन्दा बढी त राज्यहरु छन् भने काम गर्ने ठाउँ पनि एउटा मन परेन भने हजारौ अरु ठांउहरु पाउन सकिन्छ ।
कोही मान्छेसंग रिस उठ्यो भने उसको जिन्दगीभर अनुहार पनि नहेरी बिताउछु भने पनि कहिल्यै भेट नहुने गरी पनि जिन्दगी बिताउन सकिन्छ यो देशमा , त्यति बिशाल र आफ्नै किसिमले बस्न सकिने देश छ ,
र यो देशको एउटा कुनादेखि अर्को कुनासम्म ३-४ घन्टाको त समय नै फरक छ भने ,यो अर्थमा पनि यो देशलाई भौगोलिक रुपमा समेत एउटा महादेश नै भन्दा पनि हुन्छ ,र यो देश साच्चि नै अवसर नै अबसरको देश पनि हो , काम गर्न सक्ने सबैले कही न कही अबसर पाउछन् भन्दा हुन्छ ,
र खराब र आफूलाई मन नपर्ने मान्छेको नजिक जिन्दगिभर नै जान्न वा देख्दिन भन्दा नि हुन्छ , त्यसैले यो देशमा कोही कसैले पनि कसैसंग ठूलै झै झगडा गर्नु पर्ने मैले देख्दिन ,
फराकिलो देशमा सबैले फराकिलो सोच बनाउदा हुन्छ , ठूलो देशमा सबैले ठूलो सोच बनाउदा हुन्छ , र
सबै राज्यमा वा सबै ठांउमा सबै सुबिधाबरु बराबर छन् भन्दा नि हुन्छ , र काम गरेर खान बस्न पुग्ने र काम गरेपछि सबै सेवा सुबिधा पुग्ने देशमा अमेरिका अझै पनि बिश्व कै अग्रणी देशमा पर्छ भने अमेरिकनहरुलाई चाहिएको पनि अब सबै भन्दा ठूलो कुरा नै शान्ति र सुरक्षा नै हो ,यसमा हामी अमेरिकी नेपाली समाजको पनि केही न केही योगदान अबश्य हुन सक्छ ,
र एक अर्थमा हामी आफ्नो देश दुनिया सारा चीजबीज छोडेर यहाँ आएका हामी नेपालीहरुको न त घर जोडिएको हुन्छ , न त साँध सिमाना जोडिएको हुन्छ , मन नमिले जो जहां बसे नि हुन्छ ,र मन मिल्छ मिलेर बसौ , मन मिल्दैन जो जहा बसे नि हुन्छ वा आ-आफ्नो तरिकाले बस्दा हुन्छ , यति ठूलो देशमा ,र
काम गरेर खाने हो , जहाँ मन रमाउछ , जहाका मान्छेहरु ठीक लाग्छ त्यही काम गरे हुन्छ , र जहाँ मन रमाउछ त्यही बस्दा हुन्छ , केही समय खराब ठाउँ वा खराब मान्छेहरु भए कै ठाउमा कहिल्य कही काम गर्नु परे पनि जिन्दगीको एउटा अनुभब भनेर चित्त बुझाउदा नि हुन्छ ।
र जिन्दगीमा सधै राम्रा मान्छेहरु मात्र होइन , नराम्रा मान्छेहरु पनि भेटिन्छन् , नराम्रा मान्छेहरुबाट पनि केही पाठ सिकिन्छ भने राम्रा मान्छेहरु जिन्दगीका लागि सधै सम्झिने हुन्छन , प्रवासमा जिउने तरिका यो पनि हो , किन कि आफ्नो देश र सबै कुरा छोडेर आएपछि सबै कुरा आफूले सोचे जस्तो हुन्छ भन्ने पनि हुदैन र
सधै नै राम्रा मान्छेहरु भेटिन्छन् भन्ने पनि हुदैन , को कस्तो त्यही अनुसार बुझेर जानेर पनि बोली ब्यबहार गर्नु पर्ने हुन्छ कतिपय ठांउहरुमा ।
र म फेरि पनि भन्छु अमेरिकामा हामी नेपालीहरु सबै मिलेर आपसमा सधै नै मेल मिलाप , सद्भाव र मित्रता बढाउने काम गरौ , सबै मिलेर एक नेपालीले अर्को नेपालीलै सहयोग गर्ने र
एक अर्काको उन्नति प्रगतिमा सहयोगी बन्ने गरौ , यसबाट समग्र अमेरिकी नेपाली समाज र अमेरिका को नै भलो हुन्छ ।
र अमेरिकामा आपसी झैँ झगडा मारपिटलाई अत्यन्त नराम्रो रुपमा लिने हुँदा त्यो अबस्थासम्मा कोही पनि व्यक्ति कुनै पनि हरहालतमा नपुगौ , र घर ,परिबार समाज र साथीभाइहरु बीच कही पनि ।
र यस्ता नराम्रा कुराहरु सधै नै जिन्दगीको रेकर्डमा रहने र सामान्य झै झगडाको रेकर्डले गर्दा पनि त्यसपछि जति सुकै योग्य र पढे लेखेको भए पनि भनेको जस्तो काम नपाउने हुंदा जिन्दगी नै तल्लो ग्रेडको हुन्छ , त्यसैले अमेरिकामा जसले जति सुकै भने गरे पनि कानुनी उपचार वा सम्बन्धित ठाउमा शान्त र भद्र तरिकाले उजुरी गर्नुको बिकल्प
हुदैन ,
र यो विकल्प छैन भने त्यो ठाउँ वा त्यो ठाउको काम छोड्नुमा नै भलाई हुन्छ र
आफू सही र यसलाई नराम्रो गरो वा भनो भने यस्ले त कही न कही माथि वा कोही नभए अमेरिकी पुलिसलाई भने पनि रिपोर्ट गरिदिन्छ भन्ने लाग्यो भने सामान्यतया त्यस्तो धेरै हेप्ने वा भन्ने चाही कसैले पनि गर्दैनन् ,
यो नै यहा सबभन्दा बुद्धिमानी हो ,
र सांच्चि नै कसैले कसैलाई धेरै दु:ख दियो भने ।
र अमेरिकामा प्राय: जसो मान्छेहरु राम्रा र सहयोगी नै हुन्छन् , थोरै र अपबाद भनेको जहा पनि हुन्छ नै ,
र धेरै जसो काम गर्ने ठांउमा पनि आफू गुणा पनि हुन्छ र राम्रो मान्छे र राम्रो काम गर्ने मान्छेलाई प्राय जसो ठांउमा सबैले मान्ने र आदर नै गर्ने गर्छन् पनि ।
र अमेरिकामा साना साना स्टोर र ठांउहरुमा स्पष्ट नियमको अभाव जस्तो हुने हुनाले त्यहा अलि फरक ब्यबहार गरे जस्तो लाग्यो र अरु साथीहरुसंग मिलेर र रमाएर काम गर्न नसकिएको जस्तो लाग्यो भने आफूलाई अनुकुल भएको समयमा अलि नियम र सुबिधाहरु स्पष्ट भएको अलि ठूलो ठांउ वा कम्पनिहरुमा काम खोज्नु बढी बुद्धिमानी हुन्छ , संभव हुदासम्म ।
अमेरिकामा काम र मान्छे मन नपरेको ठांउमा लामो समयसम्म काम गरिरहनु बुद्धिमानी पनि होईन , कहिले काही कसैलाई पनि नसोचेको झमेला पर्न सक्छ ।
र आफूले काम गर्ने ठाउका मान्छेहरु र बाताबरण कस्तो छ , सुरक्षित र राम्रो लागेन भने त्यो ठाउँ छोड्नु नै राम्रो हुन्छ ।
र मैले बुझेको कुरा , अमेरिका सबैको साझा देश हो , अमेरिकनहरुको मात्र होइन , अझ संसार भरिकै मान्छेहरुको पनि साझा देश हो , अमेरिका र अमेरिकन कानुनले कसैलाई पनि भेदभाब गरेको छैन , मान्छेहरुको स्वभाब भनेको सबैको एउटै हुदैन , सरदर हेर्ने हो , यस अर्थमा अमेरिकीहरु स्वभाबत: शान्तिप्रिय र कम हल्ला खल्ला मन पराउने हुन्छन , काम गरेर खानेहरुको लागी अमेरिका संसार कै एउटा राम्रो देशमा गनिन्छ र
यो सधै भैरहोस भन्ने पनि सम्पूर्ण अमेरिकीहरुको सधैको इच्क्षा पनि हो , यही उद्घेश्यले यहां सबै लागिरहेको जस्तो लाग्छ पनि ।
र कुनै पनि मानबीय समाजमा घट्ने कतिपय घटनाहरु पुरै रोक्न त कहिल्यै पनि सकिदैन , तैपनि सबैको सामुहिक प्रयासले
कतिपय नराम्रा र अप्रिय घटनाहरु धेरै नै कम गर्न सकिछ भन्ने पनि मेरो सोच हो ,
र समग्र अमेरिकी नेपाली समाजको सन्दर्भमा पनि मेरो यही ईच्छा हो ,
यसमा अमेरिकावासी सबै नेपालीहरुले पनि एथेष्ठ ध्यान दिऊ भन्ने मेरो अनुरोध हो ।
आजलाई यति नै !
सबै सधै नै र सबै ठाउमा र सबै प्रकारले सुरक्षित रहनु होला भन्दै पनि !!!

नर्थ क्यारेालिना, अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected