नछेाडने भेा केारानाले कहिल्यै मानव जगतलाई
कोरोनाको कहर विश्व नै रोइरहेको छ
यो बेला कसको आखामा आँसु नआउला
यस्तो बेला कसको मन नरोएको होला
न दिन न रात बितेको कसलाई पो थाहा होला
सबैको होस हवास कता कता पुगिसकेको छ
आजसम्म कसैले नदेखेको नजानेको
यो कस्तो अनौठो रोग आएछ,
हामी मात्रै होइन सारा विश्वनै
यो कस्तो दर्दानाक अवस्थाबाट गुज्रिनु परेको छ
बिश्वलाई नै साच्चिकै बिपत्तिले घेरेको घेरै छ ।
समाजिक संजाल, टि.भि, रेडियो जता हेरे पनि
मृत्यु र हृदयविदारक
समाचार मात्रै छ,
कतै सामान्य उपचार नपाएर
कतै अक्सिजनको अभावले बिरामी मरिरहेको छ
कहि बिरामी अस्पतालको बेड नपाएर
घर, बाटो, गल्लीमा छट्पटिरहेका छन्
हेर्दा हेर्दै आखै अगाडि आफ्नै मान्छेले
उपचार नपाएर प्राण त्याग गरिरहेका छन्,
कस्तो दिन आएछ एक मुठी स्वास फेर्नकै निम्ति
आज सारा विश्व तड्पिरहेको छ।
विश्वभर चलेको लकडाउनले
ज्याला मजदुरी गरेर खानेहरु
भोकभोकै चिच्याइरहेका छन्,
गाउँ अनि गल्लीमा मात्रै होइन
विश्वका आधुनिक सुविधा सम्पन्न शहरमा हेर
कोहि औषधि नपाएर मरिरहेका छन्
कतै खान नपाएर मर्न बाध्य भएका छन्
यो बेला दोष खोइ कसलाई दिउ
परिस्थिति नै यस्तै भएको छ
न रोक्न सकिन्छ न छेक्न सकिन्छ।
बाध्यताले बिदेशीएका दाजुभाइ दिदिबहिनीहरु
बिदेशमै दुख पाइरहेका छन् ,
लकडाउनले कतिपय कम्पनी बन्द हुदा
उनीहरु सडकमै भौतारीरहेका छन्,
कतिपय अस्पतालको सैयामा छट्पटिरहेका छन्
कतिपय उपचार नपाएर ज्यानै गुमाउन परेका छन्
ज्यान गुमाउनेहरुको लास
महिनौ देखि बिदेशमै अलपत्र परिरहेको छ
यो कस्तो बिदम्बना यो कस्तो परिस्थिति
हामी त लाचार भएर हेरिरहेका मात्रै छौ।
साच्चिकै धेरै दिन बितिसकेछ,
यी हाम्रा आँखाहरु राम्रो सँग निदाउन नपाएको
अनि हाम्रा मनले शान्तिको स्वास फेर्न नपाएको
नियमित भइरहेको बिपत्ती भुकम्प बाढिपहिरो
कहिले अनौठो रोग कोरोनाको कहर
हरेकपल हरेक बिपत्तिले घेरिरहेको छ
प्रत्येकपल हामी मृत्युसँग जुडिरहेका छौ
खै कहिले हुन्छ यो विषम परिस्थितिको अन्त्य
अनि कहिले हामी ढुक्कले सास फेर्न पाउनेछौ
बस् अहिले भगवानसँग प्रार्थना मात्र गरिरहेका छौ।