खसी बजारमा खसी किन्न गएकि म।खसीहरुको त्रशित भिड देख्छु।लाग्छ उनीहरु मसंग कुरा गरि रहेछन्। भनि रहेछन्..अव कस्को पालो? यो भिडबाट छानिएर बगरेको खुंडाको धार कस्को गर्धनमा पर्छ पहिले..?
सायद यस्तै त्रासले होला ठुलो खसीको आडमा साना खसी लुके जस्ता देखिन्थे।
जन्मजातै मासु खाएर हुर्किएकि मान्छे म। मासु खान खसी लिन गएकि थिएं तर खसीको मनोदशा देख्दा लाग्यो। ल्याउं कसो, नल्याउं कसो??
तथापी खसी टुक्रा टुक्रा बनेर घरमा भित्रि सकेको थियो।
मानव मन भनि रहेथ्यो, “एउटा निरिह प्राणीको प्राण लिएर त्यस्को शरिर आहारको लागि खान ल्याएकि? कस्ति निर्दयी तॅ?”अर्को दावव मन तुरुन्तै तर्क गर्छ, “जन्मजातै खाएको छु त मासु! अहिले चाहिं यो के को नखरा? आखिर ‘इकोसिस्टम’ पनि त चलाउन पर्यो। संसारै यसरि चलेको छ। वलियाले निर्धालाई मारेका छन्। खाएका छन्। पशु वनेकै अरुको भोजनको लागि हो।”
खसीको ‘प्यां..प्यां..’ अनि निरिह हेराई ॲाखामा नाच्छ।चिच्याइ चिच्याई भन्न मन लाग्छ। हत्या भएको छ। निरिहको हत्या..।आंखा चिम्लिन्छु।त्यो निरिह खसीको आर्तनाद कानमा गुन्जिन्छ।त्यति नै बेला उहि चिरपरिचित गन्ध आइ सकेको हुन्छ नाकमा। खसीको मासु पाकि सकेछ। त्यो गन्धले विस्तारै
अघिको खसीको निरिह हेराई अनि आर्तनादलाई मलिनो बनाउंदै लान्छ। मासुको गन्ध फैलिंदै जान्छ…धन्य दानव रुपी मानव हामी।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected