भाेएगर – मानवनिर्मित अन्तिरक्ष यान
डा पर्शुराम दाहाल
सौर्यमण्डलका ग्रहहरु जस्तै वृहस्पति,अरुण ,शनि, र वरुणको अनुसन्धान गर्न पठाएका अन्तरिक्ष यानहरुको नाम हो्- भाेएगर-१ र भाेएगर-२ ।
१९७७ मा अन्तरिक्षमा पठाइएका यी दुवै यानहरुले ४२ वर्षभन्दा बढी आफ्नो यात्रा पूरा गरिसकेका छन् । यी यानहरूलाई अन्तरिक्षमा पठाउनुको मुख्य कारण सूर्यभन्दा पनि धेरै धेरै टाढा, अझ भन्नुपर्दा सौर्यमण्डलभन्दा बाहिर पठाएर सूर्य र ताराहरूको चुम्बिकय क्षेत्र , साैर्य बायु र कस्मिक सबन्धि चिन्हहरुकाे अध्ययन हाे ।
यी दुवै यानहरु ले Plasma Science Experiment इन्स्ट्रुमेन्ट बोक्नु को साथै सुर्य को बाहिरी मण्डल को अध्यन गर्न यस्ता कैयौ उपकरण हरु बोकेका छन् । यसको अतिरिक्त सौर्य मण्डलको solar and heliospheric physics, magnetospheric physics, ionospheric physics को अध्यन गर्नु यी यानहरु को मुख्य उदेश्य हो।
अगस्ट २०१२सम्ममा भाेएगर- १ ले पृथ्वीबाट धरै टाढा सूर्यभन्दा पनि धेरै टाढाका ताराहरूबिचसम्म पुगिसकेको छ भने नाेभेम्बर ५ २०१८मा भाेएगर-२
पनि त्यस्तै यात्रा पूरा गरेर धरै वैज्ञानिक जानकारीहरु पृथ्वीमा पठाइरहेका छन् । मानव निर्मित वस्तुले आजसम्म भाेएगर-१ ले जति दुरी पार गरेको अरु कुनै वस्तु छैन जसले आजसम्ममा १९१५ कराडकिलोमिटरभन्दा बढी दुरी पार गरिसकेको छ । यी दुवै यानहरुले नासाको डिप स्पेश नेटवर्कमार्फतपृथ्वीमा आफ्ना खबरहरु पठाइरहेका छन् । ८८ वर्ष आधा आयु भएको plutonium power supply बाट दुवै यानहरू संचालन भइरहेका छन् । ३५ हजार माईल्सप्रति घण्टाभन्दा बढी बेगको गतिमा अघि बढिरहेका यी यानहररू झन्नै पृथ्वीबाट २ प्रकाश वर्षभन्दा टाढा भएको अनुमान गरिएको छ (१ प्रकाश वर्ष भनेको प्रकाशले १ वर्षमा पूरा गर्ने दुरी हो । १ प्रकाश वर्ष = ९५ खर्ब किलोमिटर )। भाेएगर्स
त्यति धेरै टाढा भए पनि ती यानहरूले सधै आफू वरपरको बाताबरणको खबरहररू रेडियो सिग्नलको ररूपमा दैनिक ररूपमा पृथ्वी मा पठाइरहेको हुन्छन् । त्यसरी पठाएका सिग्नलहररू पृथ्वीमा आइपुग्न १९ घण्टाभन्दा बढी समय लाग्नेगर्छ । शुरूमा ११ वटा वैज्ञानिक उपकरणहरूमा अहिले ४ वटाले मात्र काम गरिरहेका छन र चुम्बिकय क्षेत्र , सैार्य बायु र कस्मिक रेज
सबन्धि सिग्नलहरु पठाइरहेका छन् ।
यसरी नासाले पठाएको भाेएगर- १ र भाेएगर- २ लेआगामी ४०० ( ५०० वर्ष सम्म यात्रा गरि Oort CLOUD मा पुग्ने अनुमान गरिएको छ र ३० हजार
वर्षपछि त्यसलाई पार गर्ने अनुमान गरिएको छ । Oort Cloud भनेको सूर्यलाइ घेरेको गोलाकार बादल हो जस्मा सुर्यको gravity को असर हुन्छ । Remote-control programming बाट संचालित यी यान हरुलाइ चाहेको दिसा मा प्रवाह गराएको छ ।