नफिरेकेा अमेरिकी उडान !

अमेरिका गएपछि के फर्केर आउॅला र ऊ । मेरी आमालाई आफन्त र छरछिमेक यसै भनिदिन्थे । छिट्टै भावुक बनिहाल्ने स्वभावकी मेरी आमा मन कुडाइ हाल्थिन । हैन कान्छा अमेरिका गएका त उतै हराउछन , फर्किन्न रे भन्छन त सबै, तैले त त्यसो नगरेस बाबै । यता मेरेा पनि अमेरिका जाने दिनगन्ती सुरु भइसकेकेा थियेा ।
ढाढस दिदै म पनि आमालाई भन्थे– ‘आफनो गाउॅ-ठाउॅ नफर्किएर हुन्छ त, फर्किहाल्छु नि आमा ?’ आखिर डिभीको घनचक्करले डोराएर धेरैले भन्दै आएको सपनाको देश अमेरिका उडने दिने पनि आएछ मेरेा । वर्षदिन अघि मात्रै बाले संसार छाडेर हामीबाट धेरै टाढा गएका थिए । त्यसपछि आमाको अभिभावकत्वमा थियौ हामी । बाको परलोक पछि आमाको हातको चुरा फोरिएको थियो, सिउॅदेा सिन्दुर मेटिएको थियो अनि रातो पहिरन खोसिएको थियो । म पनि आमालाई एक्लै छाडेर परदेशको यात्रा सुरु गदै थिए । त्यही दिन थियो काठमान्डौको एउटा होटलबाट भारी मन बनाएर लगेज बोकेर त्रिभुवन विमानस्थल तर्फ ट्याक्सी लिएर हुईकिदै गर्दा आमालाई फोन गरेको थिए– ‘आमा म जहाज चढन लागे, अवब फोन लाग्दैन, राम्रो संग बस्नु ल ।’
यति के भनेको थिए– उताबाट आमाको बोलीको बाक्य नै फुटेन । सुकसुकाएको मात्रै आवाज फोनमा सुने । येा सुनेर मेरो पनि मन अमिलो भएर आयो । फेरि जहाज चढनु अघि मन न्यास्रो लाग्ला भनेर एयरपोर्ट नपुग्दै आमालाई यसरी ढाटेर फोन गरेको थिए ,जहाज चढन लागेको भन्दै ।
०००
आफनेा गाउॅ र एक्ली आमालाई छाडदा आफनो मन सगै आमाको मन पनि नथामिएला भनेर पहिल्यै विदा लिएको थिए ।घरको कान्छो छोरो भएकाले पनि आमाको माया म प्रति अलि बढी नै थियो । म परदेशिने खबरले आमा पहिल्यै देखि ॲासुकेा सागरमा डुबीसकेकी थिइन । आमालाई अझै धेरै रुवाउन सकिन ।
विमानस्थलमा चेकआउट गरेपछि जहाज उडने प्रतिक्षामा थिए । प्रतिक्षाको घडी पनि समाप्त भयो । कतार एयरवेजको जहाज चढे । मन निकै धुकधुक भयो । आमालाई पुन :फोन गर्ने ॲाट आएन । आमाको मनलाई अरु रुवाउन चाहिन । मनमनै आमालाई सम्झे । मैले बयली खेलेको गाउॅकेा वनपाखा र खोलानाला सम्झे । साथीभाई सबै सम्झे । साच्चिकै मनमा कालो बादल मडारिएर आयो । अरुले सुइको नपाउने गरि भित्रभित्रै ॲासु पुछदै रोए ।
००००
आफु चढेको जहाजले धावनमार्ग छाडनै लागेको थियो । मैले फेसबुक खोलेर फेसबुक वालमा एउटा स्टाटस लेखे– ‘सबैलाई धेरै-धेरै सम्झना, नेपाल धरती छाडे, बाई बाई’ । हुन त यस अघि पनि विदेश नगएको हैन । तर पहिला विदेश केवल कार्यक्रमको सिलसिलामा मात्र गएको थिए । तर यसपटक भने बसाई नै सरेर जादै थिए । यसर्थमा पनि निकै न्यास्रो लागेको थियो विदाइको त्यो पल मेरेा लागी । जहाज चढेर आफुले टेकेको माटो छाडेर हिडदा मन निकै पोलेको थियो ।
मैले चढेको जहाजले उचाई चुम्दै धरती छाडेर आकाशमा हराउदै गयो । म आफनो देशको धरतीको आकाशबाट धेरै दुर क्षितिजमा विलय भइसकेको थिए । देश गाउॅ र आमाका यादहरु बोकेर दुई बाबु नानीको भविष्यको खाका कोर्न समुन्द्र पारीको मुलुकमा मिसिन आइपुगे । अमेरिकाको धरती टेकेपछि आमाले हरेक जसो फोन गदै चिन्ता लिइ रहेकी हुन्थिन । कहिल्यै फोनमै समालिनै नसक्ने गरि रोइदिन्थिन । हुन त सन्तान जति नै ठुलो भएर जिम्मेवारी बहन गरे पनि आमाबाबुलाई बच्चा नै लाग्ने रहेछ भन्ने कुरा आमाको दिनहॅुकेा चिन्ताले झल्काउथ्यो ।
००००
धेरै सपनाहरु संगालेर यो विरानो मुलुकमा रुमल्लिदै गर्दा जिन्दगीमा धेरै आरोह अवरोहले दुःखका मोडलहरु पनि ल्यायो । बाले छाडेर गएपछि आमाले निकै एक्लो महसुस गरेकी थिइन । म पनि घर छाडेर परदेशिएपछि आमाको चिन्ता झनै बढेर गएको थियो । आज भन्दा चार वर्ष अघि माघ महिनाको श्रीपञ्चमीको दिन मेरो लागी एउटा बिर्सन नसक्ने दुखदायी दिन बन्न पुग्यो । भोलिपल्ट काममा जानका लागी रातीको खाना खाएर यसो सोफामा पल्टिन नपाउदै नेपालबाट आएको फोनले म झागाबाट खसे जस्तै भए । नत बिरामी नत अस्पतालमा नै भर्ना भएकी मेरी आमाको यो कल्पना नै नगरेको मुत्युको खबरले म बेहोस भएर भुई ढले । जुन दिन आमाले हामीलाई अल्पायुमै छाडेर गएको खबर पाए । बेलुकाको खाना खाएर सुतेकी मेरी आमा भोलिपल्ट बिउझिनन् । सधैका लागी आमा निदाउन पुगिन । जब की म अमेरिका आएको दुई वर्ष पनि पुगेको थिएन आमाले धरती छाडेकेा दिन ।
०००
आमाले भन्थिन रे– ‘कान्छो (मलाई बोलाउने नाम) मलाई लिन आउछ अनि अमेरिका जाने हो ।’ आमाको यो बोली सम्झदा अहिले मन भतभती पोल्छ । कहिल्यै जहाज नचढेकी मेरी आमालाई जहाज चढाएर अमेरिका ल्याउने सपना केवल सपना रहयो ।
आमाले अमेरिका आउदा भनेको कुरा फेरि याद आयो–‘ कान्छो अमेरिका गएका त उतै हराउछन् रे, फर्किन्न भन्छन् त , तैले त त्यो नगरेस है बाबै ।’
हो त अमेरिका टेकेको पनि ६ वर्ष लागिसकेछ, तर आए देखि फर्केर गएको छैन । अब फर्केर जाउॅ भने पनि घरको दैलो बन्द होला । ॲागनकेा डिलमा बसेर बाटो हेर्ने तिमीले पनि सधैका लागी छाडीसक्यौ । अब त्यो रित्तो घरको आगन टेक्न कहिले आउनु र खै आमा ?
(दिवंगत आमा जमुना भट्टराईको आज परेकेा वार्षिक पुण्य तिथीको सम्झनामा समर्पित)