दमौलीमा चियापानको लागि गाडी रोकियो। यात्रुहरु रेस्टुराँको आँगनमाराखिएका कुर्सीहरुमा  गएर बसे। गफगाफ गर्दै   गर्दा एक धार्मिक पहिरनमाहुनुभएका   यात्रीले अर्कोलाई भन्दै हुनुहुन्थ्यो  -” यहीं त हो नि ब्यासजीजन्मेको ठाऊँ । ” उहाँ दमौलीसंग गाँसिएको  प्रसंग सुनाउँदै नेपालका अन्यधार्मिक स्थलहरुसंग गाँसिएका प्रसंगहरु भन्दै हुनुहुन्थ्यो।  पाणिनी ऋषि, दुर्वासा ऋषि, बाल्मिकी ऋषि तथा अन्य  ऋषिहरुका आश्रमहरुका चर्चा गर्दैहुनुहुन्थ्यो। केहि यात्रुहरु बडो ध्यान तथा गर्वपुर्वक  उहाँका कुराहरुसुनिरहेका थिए। आफ्ना कुराहरुबाट  मान्छेहरु प्रभावित भएको देखेर उहाँअझै कुराहरु थपिरहनु भएको थियो।  निष्कर्ष थियो – नेपाल देवभूमी, तपोभूमी थियो,  तर आज केहि रहेन।

 

उहाँका कुरा सुनिरहेका एक जना युवक अगाडी आएर भने  – ” किन यस्तोभन्नु भयो तपाईंले ? नेपाल हिजो पनि देवभूमी, तपोभूमी थियो। आज पनि छ, भोली पनि रहनेछ।”

यात्रुहरु  आश्चर्यचकित भए।  सवैको मनमा थियो -” नेपाल त्यस्तो देवभूमी, तपोभूमी कहाँ रह्यो र, सवै त दुष्ट, पापी, राक्षसहरुले विध्वंस मच्चायरसखाप पारिसके । चारैतिर उनीहरुकै बोलबाला छ। के भनेको होला योमान्छेले ?”

 

धार्मिक पहिरन धारण गर्नु भएका व्यक्तिले सोधे – ” यहाँको कुराको केआशय हो? चारै तिर राक्षस प्रवृतिका व्यक्तिहरुले सिधा–साधा मान्छेहरुलाईसताएर टिकिनसक्नु पारिसके। बोल्न हुँदैन दलबल सहित आएर लुटपाट,हत्या, बलात्कार, उत्पात मच्चाई हाल्छन। कहाँ रह्यो र – त्यो तपोभूमी, त्योदेवभूमी!”

 

युवकले भन्यो –“हेर्नोस, समय अनुसार ऋषि–मुनि, देवी–देवता, तपस्या, तपोभूमि, राक्षस तथा देवासुर संग्राम  आदिको स्वरुप बदलिएको मात्रै हो – सारतत्व उही छ। पहिले पनि राक्षसहरुले दु:ख दिएकै हुन् । अहिले पनिराक्षसहरु अनेक मायावी रुप धारण गरेर तपोभूमिमा उत्पात मच्चाईरहेका छन्। कोहि नेताको रुपमा छन्, कोहि साधुको रुपमा छन्, कोहि समाजसेवी / ब्यापारीको रुपमा छन्, कोहि स्कुल / कलेज चलाउँछन्, कोहि सिधै डन / गुण्डा छन्, कोहि अप्सरा बनेर पासोमा फसाउँछन्, कोहि साइबर क्रिमिनलछन्, कोहि…|”

 

युवकले थप्यो – “यस्तो परिस्थितिमा नेपालमा बाँच्नु, परिवार हुर्काउनु अनितिनीहरुलाई सभ्य नागरिक बनाउनु नै तपस्या हैन र? हामी तपस्वी ह्वैनौ र?यस्तो हुँदा पनि धैर्यधारण गर्न सक्ने हामी देव ह्वैनौ र? हामी जस्ता बसे पछिनेपाल देवभूमी, तपोभूमी भएन र ? हो, हामी देवताहरुले कुरा बुझ्नु पर्यो, एकजुट हुनु पर्यो, देवासुर संग्राम फेरि गर्नु पर्यो – बैदिक कालमा जस्तै । यसरि नैराक्षसहरुको मायावी जालमा फसिरहने हो भने अर्को पुस्ताले राक्षसलाईदेवता र देवतालाई राक्षस भनेर चिन्नेछ ।“

 

छेवैमा बसेर सवै कुरा सुनिरहेकी साहुनीले भनिन -” आज एकाबिहानै कतिमीठो कुरा सुन्न पाइयो । म पनि यो रेस्टुराँ चलाएर आफ्नो ज्यान बचाउने, बालबच्चालाई  असल मान्छे बनाउने भनेर तपस्या पो गरिरहेकी रहेछु । अनिमलाई पनि सताउन कति राक्षसहरु आउँछन । हाम्रो देशलाई त राक्षसहरुलेलिन पो लाग्यो क्या ?”

सवै यात्रुहरुले मुखामुख गरे । साहुनीले कुरा थपिन – “अव त सवैको  घैंटामाघाम लाग्नु पर्ने हो | राक्षसहरुलाई हराई नेपाललाई  पहिलेको जस्तै सुन्दर,शान्त,  देवभूमी, तपोभूमी बनाउनु पर्ने हो |”

 

–

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected