झोले (छोटो कथा)
अस्पतालकी एक स्वास्थ्य कर्मचारी थिईन ऊनी । लाग्दथ्यो ऊनी कर्मचारीभन्दा कुनै पार्टीकी “क्रान्तिकारी” प्रतिनिधि थिइन् – कार्यालयलाई आफ्नोनियन्त्रणमा लिने चाँजोपाँजो कि एक सक्रिय हिस्सा । उनका कुराहरुपृत्रिसत्ता, पुरुषको दमन तथा संघर्षको आवस्यकता आदिमा केन्द्रित हुन्थ्यो। उनकै “अनुरोध“मा एक महिलालाई मैले दैनिक ज्वालादारीमा राखेको थिएँ– मानवीय पक्ष हेरेर । कार्यालयमा अरु पार्टीका प्रतिनिधि कर्मचारीहरुले धेरैकुरा काटे । कार्यालय पनि राजनितीको एक हिस्सा बनाईसकेको अवस्थामाआरोप–प्रत्यारोप हुनु स्वभाविकै थियो ।
केहि महिना पछि उनले फेरि अर्की महिलालाई दैनिक ज्यालादारीमा राख्न“अनुरोध” गरिन । उनले “अलाकमान” को ध्वाँस देखाइन, शक्ती प्रदर्शनगरिन । तर यस पटक मैले असमर्थता देखाएँ । अनी शुरु भैहाल्यो द्वन्दकोसिलसिला । मेरा गतिविधिहरु निगरानी हुन् थाल्यो । मलाई पुरुषअहंकारले भरिएको, कार्यालयमा अनियमिता गर्ने व्यक्तिको रुपमा प्रस्तुतगरिन थालियो ।
एक दिन कार्यालयको आफ्नो कोठामा म एक्लै भएको बेला तिनले भनेरकाममा राखेको महिलाले प्रवेश गरिन । ती महिलाले आफुलाई स्थायीगरिदिनु पर्ने “अनुरोध” गरिन । मैले दरबन्दी हुनुपर्यो, बिज्ञापन हुनुपर्यो, अन्तर्वार्तामा पास हुनुपर्यो आदि कुराहरु भनेँ । । ती महिलाले भनिन – ” सरले चाहे जे पनि मिलिहाल्छ ।” तिनले अनुनय–बिनय गरिन, तर मैले योकुरा मैले मात्र चाहेर हुने कुरा होइन भनेँ । ती महिला सुँक्कसुँक्क गर्दैकोठाबाट बाहिर निस्कीन । बाहिर भएकाले “के भयो ?” भनेर सोध्दा“हाकिम साहबले… (सुँक्कसुँक्क)” भनिछन । अव कार्यालयमा अनेककुराहरु हुन् थाले । म प्रति हेराई बदलिँदै थियो, साथै अप्रत्यक्ष धम्कीहरुपनि आउन थाले । बजारमा गाईंगुईं हल्ला पनि चलाई सकिएको रहेछ ।
“पार्टीका “झोले“हरुले अव यौनदुराचारको अस्त्र प्रयोग गर्न थाले ।नबिराउनु, नडराउनु । सम्भवै नभएको काम कसरि गर्छु भन्नु ” मेरो एक मनलेअर्को मनलाई सम्झाईरहेको थियो । उता कार्यालयमा “लविङ्ग” गर्दैकामचोरहरु ” के भएको हो ?” जवाफ चाहियो भन्दै चम्किदै थिए । कोहि ” सरलाई अप्ठ्यारो परेको बेला हामी छँदै छौं नि । सर ले हामीलाई सौतेलीव्यवहार गरे पनि हामी त्यस्तो होइनौं ” भन्दै लोलोपोतो गर्न आइपुग्थे ।
एक दिन कार्यालयमा “जानकारी” लिन बैठक बस्यो । धेरै कुराहरु भए ।मैले ती महिलालाई यौन दुर्व्यवहार गरेँ भन्ने प्रमाणित गर्न चाहन्थे–कार्यालयका केहि कामचोर “झोले” सहकर्मीहरु । पछि ती “क्रान्तिकारी” महिला कर्मचारीको बोल्ने पालो आयो । सवै प्रपन्च गर्ने तिनी नै हुन् भन्नेमलाई लागिरहेको थियो । कुन जन्मको प्रतिशोध लिने हो तिनले भन्ने पनिसोचिरहेको थिएँ । तर “नबिराउनु, नडराउनु” भन्ने बीज मन्त्र जपिरहेको थिएँ।
ती “क्रान्तिकारी” स्वास्थ्यकर्मी महिलाले दैनिक ज्यालादारीमा रहेकी महिलातिर इङ्गित गर्दै भनिन – ” तपाईंलाई त्यस दिन के भएको हो ? आज यहाँसवैलाई भन्नोस् । यो कुरोको टुङ्गो लाग्नु पर्छ । तपाईंले डराउन पर्दैन, हामीछौँ ।” तर कति भन्दा पनि ती महिलाले “त्यस्तो केहि भएको होइन” भनिन ।अनि अर्को दिन गर्ने भन्दै त्यो बैठक टुंगियो । मैले अनावस्यक दवाब वाप्रलोभन दिएको आशंका गरियो । “यो कुरा मिडियामा लैजानु पर्छ” भनेकोपनि सुनियो ।
कार्यालयमा चल्ने राजनिती र रणनिती संग परिचित भए पनि आफैँलाईचक्रब्युहमा हाल्न लागेको परिस्थिति सामना गर्न पर्दा ज्यादै मानसिकदवावमा परिरहेको थिएँ । अव आइन्दा कुनै पनि महिला कर्मचारी वा महिलाआगन्तुक संग साक्षी नराखी भेट नगर्ने भन्ने पनि सोचिरहेको थिएँ । “पार्टीका‘झोले‘हरुले कति दु:ख दिएका हुन् ? साथीहरु यस्तै यस्तै “लफडा“हरु नसहेरविदेश तिर तन्किए, म चाँहि बडो … ।” भन्ने कुरा मनमा खेलिरहेका थिए ।
तीन दिन पछि फेरि बैठक बस्यो । ती दैनिक ज्यालादारी महिलाबाट त्यस्तो“सनसनीपूर्ण” समाचार बन्ने कुनै कुरो आएन । कार्यालयमा मलाई ‘नीचा‘ बनाउन तम्सिएकाहरू अलमलमा थिए । अनि बैठकमा ती “क्रान्तिकारी” महिला कर्मचारीले बोलिन – ” महिला कर्मचारी संग दुर्व्यवहार भयो भन्नेबिषयलाई लिएर कार्यालयमा छलफल भएको सवैमा विदितै छ । मैलेपिडित भनिएकी महिलासंग गहिराईमा गएर कुरा गरेँ । यसो गर्दाहाकिमलाई दवाव परि स्थायी गर्नु हुनेछ भन्ने उनको मनशाय रहेछ । तरस्थायी गर्नु हाकिम एक्लोको अधिकार क्षेत्र भन्दा बाहिरको कुरा हो । आफ्नोस्वार्थको लागि निर्दोष व्यक्तिलाई पासोमा पार्नु अक्षम्य क्रियाकलाप हो ।कसैले पनि यसैलाई अतिरन्जित गरि आफ्नो स्वार्थसिद्द गर्न खोज्नु राम्रोअवस्यै हैन । म धेरै नभनी कार्यालयको मर्यादा र अनुशासनको रक्षाको लागिती महिलालाई अवकास दिन सिफारिस गर्दछु ।“
बैठक कोठामा एकदमै शान्ति छायो । ती “क्रान्तिकारी” महिलाकर्मचारीलाई कुनै दिन मैले पार्टीको पर्चाहरु झोला तथा दिमागमा राखेरकार्यालयको वातावरण नबिगार्नुस भनेको सम्झिएँ । उनी त्यो मानसिकताभन्दा माथि उठेको पाउँदा मलाई एकदमै खुशी लाग्यो ।
भोली पल्ट ती “क्रान्तिकारी” कर्मचारी कार्यालय कोठामा आईन् । म एक्लैकोठामा भएको मानसिकता उनले भाँपिसकेकी थिईन् । उनले हाँस्दै भनिन – ” नडराउनुस सर, कोठामा साक्षी छैन भनेर । म कसैको झोले पनि हैन, झोलापनि हैन कसैको लागि प्रयोग हुने । गलत कामको बिरुद्ध बोल्न नसक्नेपार्टीको दास कार्यकर्ता पनि होइन ।” उनको व्यंगात्मक तर स्वाभिमानमिसिएको अन्दाजले मलाई धेरै प्रभावित गर्यो ।
मैले भने – ” निर्मला जी, तपाईंको नाम जस्तै काम पनि निर्मल रहेछ ।तपाईंको हक्की स्वभाव, निडरता तथा बौद्धिकता मैले पहिले नै थाहा पाएकोहुँ । तर कसैको बासी विचार दिमाग तथा झोलामा राखेर हिँडेको देख्दामलाई नरमाइलो लाग्दथ्यो । अहिले तपाईं त्यसबाट मुक्त भैसक्नु भएकोरहेछ । अनि ज्ञान तथा विवेकले तपाईंमा स्थान लिईसकेको रहेछ । बधाई छतपाईंलाई । अव यो कार्यालयको सानो घेरामा नअल्मलिनुस, रास्ट्रियनेतृत्वको लागि अघि बद्नुस, देशलाई तपाईं जस्ता असली क्रान्तिकारीमहिलाको आवस्यकता छ ।”
उनी मुसुक्क हाँसिन, म पनि मुसुक्क हाँसे । हाम्रो “वेभ लेंग्थ” मिलिसकेकोथियो ।
-अक्टोबर ७, २०२२
युलेस, टेक्सास