धान खाने मुसो…
सुनेको थिएँ –हाइस्कुल स्तरको हाजिर जवाफ प्रतियोगितामा फटाहाकाकारण बाट बदनाम नेपालका दुई जिल्लाको नाम भन्नोस् भने “कति सजिलोप्रश्न” भन्दै बिद्धार्थीहरुले तुरुन्तै जवाफ दिन्छन । त्यसै गरि काठमाडौँमा डेराखोज्दा ” तपाईं कुन जिल्लाको ?” भन्ने प्रश्नको सामना गर्नु पर्दछ । कतैझुक्किएर ती दुई जिल्लाको नाम भनियो भने डेरा पाउने सम्भावना लगभग“जीरो” हुन्छ भन्ने पनि सुनेको थिएँ । ईशारै काफी – ती जिल्लाहरु नेपालकापूर्व र मध्य भाग तिर पर्दछन ।
मलाई सँधै ती जिल्लाहरुलाई किन भेदभाव गरेको होला भन्ने कुरालेकचोटिरहन्थ्यो । फेरि दुनियाँ थरीका भेदभाव भयो भनेर मन्च र युट्युबमाबुर्लुक्क बुर्लुक्क उफ्रनेहरु किन यस बिषयमा बोल्दैनन? यो पनि अचम्मैलाग्दथ्यो । कहिलेकाहिँ सोच्दथें – ती जिल्लाहरुका केहि मान्छेहरुले “मभन्दा बाठो कोहि छैन, अरु सवै गोबर ” भन्दै “ओभर स्मार्ट” भएर नचाहिदोकाम गर्दा “गोबर स्मार्ट” हुन् पुगेर ती जिल्लाहरुलाई आक्षेप लागेको हुन्सक्छ ।
मान्छेहरु राम्रो कामलाई बिर्सन खप्पिस छन् । तर आक्षेपलाई त सँधैसम्झिरहन्छन र आफु ठूलो पल्टन मौका मिल्ने बित्तिकै जीब्रोरुपी तरवारचलाईहाल्छन । यसो भनिरहँदा हिन्दीको एउटा उखान सम्झिएँ – ” तुम सौअच्छे काम करो, कोहि नहिं बोलता है पर एक काम बिगड गया तो गूंगा भीबोलने लगता है ।” बेचारा ती जिल्लाहरुले कुन चाँहिले गरेको बदमासीलेसमय समयमा कति “तीखो वचन” सहनु परेको होला ।
मलाई यस बिषयमा अनुसन्धान गर्ने इच्छा भयो। अनि “फिल्ड भिजिट” कोलागि सामाखुशी तिर लागेँ । किनभने सामाखुशी डेरावालाहरुकोआकर्षणको केन्द्र थियो । सामाखुशीका एक प्रौढ घरपतिलाई सोधेँ – ” दाइ, तपाईंको घरमा कुन कुन जिल्लाका मान्छेहरु बस्छन?” उनले मलाई शीरदेखि पाऊ सम्म बिमानस्थलमा चेक गरेको जस्तो गरेर हेरे । शायद मलाईडेरा खोज्न आएको भन्ठानेर त्यसरि हेरेका होलान भन्ने सोचेर मैले भनेँ – ” मेरोघर यहिँ ठमेलमा हो । एउटा कुरा बुझुँ भनेर सोधेको ।“
उनलाई कता कता लफडा भएको छ भन्ने शंका लागेको जस्तो लाग्यो ।अनि प्रतिरक्षात्मक हुँदै भने – ” बाबु, मेरो घरमा फलानो फलानो जिल्लाकामान्छेहरु मात्रै छन् । ” मैले सोधेँ -” फलानो फलानो जिल्लाहरुका मान्छेहरुकहिले बसेका थिए तपाईंको घरमा ?” ती दाइले खाउँला जस्तो आँखाले हेर्दैभने -” बौलाहा कुकुरले टोकेको छ र मलाई, अनि मैले पनि त्यहि गल्तीगर्ने?”
मैले सोधेँ – ” किन त्यस्तो भन्नु भयो, दाइ?” उनले भने -” उ त्यो पल्लो घरहेर्नोस । त्यो घरमा तपाईंले भनेका जिल्लाहरुका मान्छेहरु डेरामा बस्दथे ।घरपतिका श्रीमती बितिसकेकी थिईन । दुइ जना तरुनी छोरीहरु थिए ।पछि त छोरीहरु पनि उनीहरुलाई नै, घर पनि उनीहरुलाई नै दिनु पर्यो ।त्यतिले नपुगेर बालाजुमा भएको जग्गा पनि उनीहरुले नै हडपे । पछि उनीहरुत्यो घर बहालमा दिएर अन्तै गए । असली घरपति भनौँ या बूढो बाबु भनौं याससुराबा भनौं लाई त्यतिकै अलपत्र पारे । उनी अहिले गुर्जु–भन्ज्याङ्गकोडाँडामा कटेरोमा बस्छन । के कुरा गर्ने बाबु, असत्तिहरुको ।“
मलाई अति नरमाइलो लाग्नुका साथै तिनीहरुसँग रिस पनि उठ्यो ।घरपतिलाई भने -“दाइ, कस्तो पीडादायी कुरो सुनाउनु भयो । मलाई ज्यादैनमज्जा लाग्यो । कस्ता कस्ता स्वार्थी मान्छेहरु हुन् लागे आजकल ।“ तीघरपतिसँग एक छिन संसार ज्यादै नै स्वार्थी, लोभी–पापी, धोकेवाज भैरहेकोबिषयमा कुराकानी भयो । खै, किन हो घरपति ती दुई जिल्लाहरुप्रति अलीबढी नै पूर्वाग्रही भएको जस्तो लाग्यो । शायद यस्ता अरु कथाहरु पनि थिएउनी सँग, तर मैले सोध्ने आँट गरिन ।
ती घरपतिसंग बिदावारी भएर ठमेल तिर हिंडें । गल्कोपाखाको उकालो निरत्यहि चर्चा भएको पूर्वी नेपालको तराईको जिल्लाको पुरानो मित्रसंग भेटभयो । पहिले जस्तै सौम्य, मृदुभाषी, परोपकारी छन् उनी । हामीले निकै बेरकुरा गर्यो – हाम्रा कलेजका दिनहरु देखि लिएर हाल सम्मका कुराकानी भयो। त्यस पछि अमृत क्याम्पस निर मध्य नेपालको चर्चा गरिएको पहाडीजिल्लाको आफन्त भेटिनु भयो । हाम्रा आपसका सम्बन्ध र परिवारकोहालचाल सम्बन्धि कुराहरु भए । अति नै भद्र–भलाद्मी मान्छे । हामी बिदावारीभयौँ ।
एक्लै भगवानबहाल, ठमेल तिर हिँडीरहदाँ मनमा आयो – “भर्खरै मैले भेटेकामान्छेहरुले पनि सुनेका होलान आफ्नो जिल्लाको बारेमा । के सोच्लानयिनीहरुले ? कतै ” धान खाने मुसो, चोट पाउने भ्यागुतो ” उखानकोभ्यागुतोको नियति बोकिरहेका त छैनन ?
अक्टोबर २०, २०२२