देशमा आम–निर्वाचन सकियो । सरकार बनेर गति लिन थाल्यो । अनिसमाचारहरु आउन थाले — फलानाद्वारा फलानाहरुलाई जनताका काम तदरुकता साथ गर्न निर्देशन

– फलानो द्वारा फलानाहरुलाई देशको कानुन, नीती–नियम कडाइका साथपालन गर्न– गराउन निर्देशन

–फलानो द्वारा ठेकदारहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन

– फलानो द्वारा फलानाहरुलाई…

मन्त्रालय, बिभाग, प्रान्त हुँदै जिल्ला तहका कार्यालयहरु सम्म बैठक बस्दैनिर्देशनहरु सम्प्रेषण  हुन थाल्यो । त्यसै अनुरुप समाचार बनाउनेले प्रसस्त समाचार सामग्री पाए। चाकडी बजाउने मौका पनि पाए । देश भरि निर्देशनमार्फत ठुलै काम भैरहेको जस्तो माहौल खडा भयो ।

एउटा “टाठो” पत्रकारले पुरानो सरकारको  अक्षमता  र अहिले बनेको नयाँसरकारको कार्यक्षमता तुलनात्मक रुपमा पेश गर्न पाए आफ्नो रवाफ रभक्ति प्रदर्शन गर्न पाइने देखेर भर्खरै ३० बर्ष काम गरि सेवा निबृत भएकासचिव संग अन्तर्वार्ता लियो ।

” तपाईं अहिलेको सरकारले सरकारी काम छिटो–छरितो, निस्पक्ष गराउनदिएको कडा निर्देशनले देशमा आएको सकारात्मक परिवर्तनलाई कसरि हेर्नुहुन्छ?”

पूर्व  सचिवले बिषयको गम्भीरता बुझ्दै कुटनीतिक उत्तर दिए -” पहिले  उचितबाताबरण निर्माण नगरि सिर्फ निर्देशन हरु दिइन्थ्यो, निर्देशनहरु निष्प्रभावीहुन्थे, त्यसको पुनरावृति नहोस । प्रणालीलाई चुस्त–स्फुर्त, अध्यावधिक तथाप्रभावकारी बनाउनु पर्यो, अनि स्वत:फूर्त रुपमा काम हुन्छ, निर्देशन गौण हुन्छ।”

“टाठो” पत्रकारलाई यो उत्तर मन परेन । अनि समाचार लेखिदियो – ” पूर्वसचिवद्वारा राजदुत नपाएको झोंकमा सरकारको आलोाचना”

पौष २१, २०७९

(जनवरी ५, २०२३)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected