देशमा आमनिर्वाचन सकियो सरकार बनेर गति लिन थाल्यो अनिसमाचारहरु आउन थालेफलानाद्वारा फलानाहरुलाई जनताका काम तदरुकता साथ गर्न निर्देशन

फलानो द्वारा फलानाहरुलाई देशको कानुन, नीतीनियम कडाइका साथपालन गर्नगराउन निर्देशन

फलानो द्वारा ठेकदारहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन

फलानो द्वारा फलानाहरुलाई

मन्त्रालय, बिभाग, प्रान्त हुँदै जिल्ला तहका कार्यालयहरु सम्म बैठक बस्दैनिर्देशनहरु सम्प्रेषण  हुन थाल्यो त्यसै अनुरुप समाचार बनाउनेले प्रसस्त समाचार सामग्री पाए चाकडी बजाउने मौका पनि पाए देश भरि निर्देशनमार्फत ठुलै काम भैरहेको जस्तो माहौल खडा भयो

एउटाटाठोपत्रकारले पुरानो सरकारको  अक्षमता   अहिले बनेको नयाँसरकारको कार्यक्षमता तुलनात्मक रुपमा पेश गर्न पाए आफ्नो रवाफ भक्ति प्रदर्शन गर्न पाइने देखेर भर्खरै ३० बर्ष काम गरि सेवा निबृत भएकासचिव संग अन्तर्वार्ता लियो

तपाईं अहिलेको सरकारले सरकारी काम छिटोछरितो, निस्पक्ष गराउनदिएको कडा निर्देशनले देशमा आएको सकारात्मक परिवर्तनलाई कसरि हेर्नुहुन्छ?”

पूर्व  सचिवले बिषयको म्भीरता बुझ्दै कुटनीतिक उत्तर दिए -” पहिले  उचितबाताबरण निर्माण नगरि सिर्फ निर्देशन हरु दिइन्थ्यो, निर्देशनहरु निष्प्रभावीहुन्थे, त्यसको पुनरावृति नहोस प्रणालीलाई चुस्तस्फुर्त, अध्यावधिक तथाप्रभावकारी बनाउनु पर्यो, अनि स्वत:फूर्त रुपमा काम हुन्छ, निर्देशन गौण हुन्छ

टाठोपत्रकारलाई यो उत्तर मन परेन अनि समाचार लेखिदियो – ” पूर्वसचिवद्वारा राजदुत नपाएको झोंकमा सरकारको आलोाचना”

पौष २१, २०७९

(जनवरी , २०२३)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected