अमेरिका–संसारकै शक्तिशाली अनि सपनाको देश हो अमेरिका । यही भएर पनि संसार भरका मान्छेहरु वर्षेनी यहा ओईरिने  गरेका छन् । पर्यटक बनेर होस् या अन्य कुनै माध्यमबाट अमेरिका भित्रिनेहरु बढ्दैछन् । नेपालीहरुका लागी झनै पहिलो गन्तव्य रहेको छ यो सात समुन्द्र मुलुक । घुम्ने रहर गरेर आउनेहरु यताको रंगीचंगीले यतै बिलय हुन्छन । कानुनी रुपमा होस या अवैधानिक रुपमा नेपालबाट अमेरिका आउनेहरुको संख्या वर्षेनी बढ्दैछ ।

अध्ययनका लागी पनि त्यतिकै संख्यामा नेपाली विद्यार्थीहरु हरेक वर्ष यता आउने गरेका छन् । यहाको लाइफ स्टाईल, डलरको कमाई र भविष्य सुनिचित हुने देखेर पनि अधिकांश नेपालीहरुको सपना यही हुने गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो आप्रवासी सम्बन्धी कडा नितिले भने आप्रावासीमा आगमन दर घट्दो छ । नेपालमा अधिकृत सरको सरकारी जागीर छाडेर आएका सुर्यमणि थापा सपरिवार अमेरिका भॅासिए ।

सुरुमा त उनी यता आएपछि केही हच्किए । नेपालको सम्मानजनक जागीर छाडेर आएका उनलाई यता शुन्यबाट फेरी सुरु गर्नु पर्दा असहज लाग्यो । बिस्तारै अहिले बानी पर्द गएपछि भने उनलाई सहज लाग्न थालेको बताए । ‘दैनिक जीवन केही व्यस्त भए पनि उच्च जीवनस्तर तर्फ उन्मुख बनाउने यहाको कार्यशैलीले भने सन्तुष्टि बनाउछ उनले भने, ‘मिहनेत गर्न सके यहा अवसरै अवसरका खानी रहेछन् ।

’ उनी मात्रै हैनन नेपालमा सम्मानजनक जागीर खानेहरु यता आएपछि आफनो करिअर शुन्यबाटै शुरु गर्नु पर्नै हुन्छ ।
तर यहा जस्तोसुकै काम गरे पनि श्रमको सम्मान छ । कामलाई यहा सानो ठूलो भनिदैन । ढाड कुप्रिएका देखि गाला चाउरिएकाले पनि दैनिक काम गरेका हुन्छन् । सेकेन्ड मिनेट र घन्टाको हिसाब गरेर पारिश्रमिक दिईन्छ । सबैमा काम गर्नुपर्छ भन्ने भावनाको विकास भएर होला अमेरिका अमेरिका जस्तो भएको होला । काम गरे अनुरुपको समान पारिश्रमिक सबैले पाउछन् । बिहान उठेदेखि रातभर मान्छेहरु काममा कुदेका देखिन्छन् । अमेरिकाका हरेक सहर रातभर जागीरहन्छ अनि मान्छेहरु पनि निदाउदैनन् । फरक यति हो कसैले दिउसोको काम गर्छन् त कसैले रातभर ननिदाई काम गर्छन् ।

होटल रेष्टुरा देखि स्टोर, कम्पनी लगायतका नेपालीहरुले काम गरेको पाईन्छ । कतिपयको आ–आफनै व्यवसाय पनि छ । लामो समय देखि यता बसोबास गदै आएकाहरु व्यवसायमा जमेका देखिन्छन् । कामलाई बढी महत्व दिने भएकाले पनि होला यहा“ नेपालमा जस्तै फुर्सदिलो जीवनशैली भने ठ्याम्मै छैन । गफ चुटेर बस्ने फुर्सद कमैलाई मात्र मिल्छ । कामै कामको चापले कतिपयलाई यहा“को जीवनशैली कष्टकर पनि लाग्न सक्छ ।

श्रम गर्न सक्नेहरुको भविष्य राम्रो पनि छ । ‘सपनाको सहर अमेरिका सहज माने सहज छ, असहज माने उस्तै कष्टकर पनि’ पॅाच वर्षदेखि अमेरिकाको टेक्सास बस्दै आएका दिपक रानाभाटले भने, ‘काममा खटिन नसक्नेहरुलाई भने यहा“ मुस्किल छ ।’ उनले कामलाई पहिलो प्राथमिकतामा राखेर जीवनलाई आफैले सहज रुपमा ढाल्न सकिने बताए । घरभाडा, गाडीको इन्सुरेन्स, पानी, बत्ती देखि मोबाईलको बिल हरेक महिना तिर्नका लागी पनि काममा कुदिरहनु पर्छ । जो जति कुद्न सक्यो उसले उति डलर कमाउन सक्छ । नेपालबाट सजिलै डलर कमाउन सकिन्छ भन्ने सोच बोकेर आउनेहरुलाई पनि यहा आएपछि ठ्याक्कै उल्टो बनाईदिन्छ ।

डलर भकाभक टिप्न पाईन्छ भन्ने सोच राख्नेहरु अमेरिकामा पाईला टेकेपछि गलत भईदिन्छन् । ‘हाम्रो देशमा यसरी सिस्टममा बसेर सबैले कामलाई सानो ठूलो नभनी गरिदिने हो भने देश कहा पुगीसक्थयो’ १९ वर्ष देखि अमेरिका बस्दै आएका पुकार शाहले भने, ‘सानोतिनो काम नगर्ने परिपाटीले गर्दा पनि हाम्रो देशमा रोजगारीको अवसर सृजना हुन नसकेको हो ।’ सुरुमा अमेरिका आउनेहरुलाई केही महिना कठिन अवश्य हुन्छ । कामको चाजोपाजो अनि बसोबासको व्यवस्था राम्रो नहुन्जेल पीडा दिन्छ ।

सबै चाजोपाजो मिल्दै गएपछि जीवन बिस्तारै सजिलो बन्दै जान्छ । दलाललाई लाखौ बुझाएर ज्यान जोखिममा हालेर अवैधानिक बाटोबाट अमेरिका छिर्नेहरुको पनि लस्कर छ । केही वर्ष अघि मेक्सिको हुदै सात महिनामा अमेरिका छिरेका स्याङजाका बिसम क्षेत्री (नाम परिवर्तन) मिहिनेतको कमाईले नेपालमा सहरमा आकर्षक घर ठडाईसकेका छन् । ‘दिनरातको मिहिनेतले मलाई यो अवस्था सम्मान ल्याई पु¥याएको हो’ उनले भने, ‘खटिन र गर्न सक्नेका लागी अमेरिका स्वर्ग नै हो ।’
उनि जस्तै परिश्रमीहरुले यसरी नै मिहिनेतले यहा राम्रो कमाई गरेका छन् । कानुनी प्रावधान पुरा गरेर, गैरकानुनी रुपमा र विद्यार्थी भिसामा आउने नेपालीहरुले दैनिक ८ देखि १२ घन्टा सम्मान काम गर्छन् । अमेरिका प्रवेश गरेपछि एउटा दलदलमा फसे जस्तै हो । दलदलमा फसेपछि निस्कन जति मुस्किल हुन्छ त्यस्तै हो । बच्चा– बच्चा हुर्किएका दम्पत्तिहरुका लागी जीवन चलाउन सजिलै छ । उनिहरु दुवै मिलेर काम गर्दा कमाई पनि राम्रै हुन्छ । कमाई अनुरुप यहा खर्च पनि उस्तै हो ।

यहाको डलर जोगाएर नेपाल पठाउन सकियो भने कमाएको बचत हुन्छ । कमाई अनुसारको जीवनशैली पनि राम्रो छ ।फराकिला चिल्ला सडकमा कार कुदाउने हैसियत यहाको कमाईले राख्छ । नेपालमा सानोतिनो कमाईले कार किनेर चलाउन नसिकिए पनि यहा आए पनि जोसुकैले त्यो हैसियत राख्छन् । साता दिनको कमाईले महिनाभरीलाई खान पुग्छ । अलिकति राम्रो कमाएर बचत गर्न सकेको खण्डमा यही व्यवसाय गर्न पनि सकिन्छ ।

धेरै नेपालीहरुले रातदिन काम गरेको मिहिनेतले आफै व्यवसायमा लगानी गर्न पनि सक्षम भएका छन् । पॅाच वर्ष अघि आएका  हरि अधिकारी

अहिले व्यवसाय गर्ने सोचमा देखिन्छन् । टेक्सासको डालस बस्दै आएका उनी नेपालबाट आएको पाच वर्ष रातदिन नभनी काममै समर्पित भए । अहिले श्रीमान संगै श्रीमति पनि काम गर्ने भएकाले उनिहरुको कमाई राम्रै छ । ‘यहा“ आएपछि मिहिनेत गर्न सिकायो’ उनले भने,‘आफू खटिएर काम गर्ने हो अमेरिका हाम्रो लागी कठिन हैन एकदमै सजिलो छ ।’

अहिले अमेरिकाका अधिंकाश राज्यहरुमा नेपालीहरु बसोबासका लागी पुगेका छन् । विशेष गरी न्युयोर्क, क्यालीफोर्निया, टेक्सास, बाल्टीमोर, भर्जीनिया लगायतका राज्यहरुमा नेपालीहरुको संख्या अन्यत्र भन्दा उल्लेख्य रहेको छ । राम्रो पढन सक्नेहरुका लागी यहा कामका राम्रा अवसरहरु छन् । नेपालको डिग्रीले यहा“ कुनै काम गदैन । पुनः यहा“ आएर पढ्नै पर्छ । अमेरिका आएर गरेको राम्रो अध्ययनले उच्च तहमा काम गर्ने नेपालीहरु पनि त्यतिकै छन् । सिप दक्षता केही लिएर नेपालबाट आउन सके काम पाउन अझै यहा सजिलो छ । कामका अवसर भने यहा“ बग्रेल्ती भेटिन्छन् । आफनो तालिका हेरेर जुनसुकै समयमा पनि काम गर्न सकिन्छ । सबैलाई यहा काममा यसरी नै कुदाएको छ मिहनेतीहरु अविराम कुदिरहेका छन ।

Usnepalpost

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected