के बोल्ने कस्का लागि र किन ?

बिराज भन्डारी/अमेरिका
(१)। नेपालको सिमा मधेसबादी र प्रतिपक्षले मिॅच्न लगाएको हो भन्ने कुरा नआउला भन्न पनि सकिन्न । केहि दिन पछि पररास्ट्रमन्त्रालय ले यो प्राविघिक त्रुटी हो हाम्रो सिमा ठिक छ भनेर बिज्ञप्ति पनि आउने छ। अब हामि कतिदिन यि यस्ता नेताहरुको भर पर्ने हो ? हाम्रो हरेक परिवर्तनमा र सरकार टिकाउन को लागी भारत सरकार को पाउॅ मोल्ने प्रबृति चलिरहेको छ कहिले सम्म चल्ने हो ?किन यस्तो भइरहेको छ । जति पनि उदयमान रास्ट्रहरु ले आफ्नो किल्ला बढाउने स्वभाविक पनि हो तर मिचएकाे सिमामा नवोल्नु हाम्रो कम्जोरी पनि हुने छ ।यसमा सरकार जनता को तेतिकै अधिकार रहन्छ तेसैलो अर्कालाइ दोस लगाउनु भन्दा आफ्नो जमिन शुरक्षित पार्न सरकार प्रतिपक्ष र मधेस बादि दल हरु सबै एक हुन जरुरी छ । हिजो अमेरिका ले भारत को आतंकबादी अखडा नेपाल हो भन्यो भोली रुस र चिन ले पनि हाम्रो आतंकबीदी नेपाल मा लुकेको छ भन्ला अनि रुस र अमेरिकाले ,उदयमान रास्ट्र भारत र चिनलाइ ब्यालेसमा राख्नको लागी नेपाललाइ पनि सिरिया अफगानिस्तान जस्तो नबनाउला भन्न सकिन्न तेसैले हामी सबैले सोच्नु पर्ने छ । अनि हाम्रो देस नेपाल नरहे न सरकार ,न प्रतिपक्ष , न मधेस बादी दल ,न हामि नै रहन्छौं तेसैले रास्ट्र ,रास्ट्रीयता ,अखण्डता को लागी हामि सबै एक हौं ! !!!!
सिमा र आफ्नो जमिनको सुरक्षा गरौं !!!!!
२ रास्ट्र रास्ट्रीयता अखण्डता र सार्भभौम को लागी को वोल्ने र कसरी बोल्ने हो?
१ बिचरा प्रचण्ड, सुरुगं युद्ध गरने भनेको थिए तर छोरा बियोग र प्रधानमन्त्रीको लाइनमा र बाह्रबुदे समझ्दारी देखी आज सम्म आएका छन् र उनको घोक्रोको नसा च्यापिएकाे छ कसरी वोल्नु
२ केपि बा ,जनकपुरमा लगायको जामा को गुण तिरेकै छैन ।उहाको खोक्रो रास्ट्रबाद छदैछ।अनि २ वटै मृगौलाले काम गरेकै छैन कसरि बोल्नु ।
३ शेर बहादुर , उनले बोलेको न मोदिले बुझ्छन् न नेपाली जनताले ,फेरी पनि प्रधानमन्त्री वन्ने लाइन मै छन कसरी बोल्नु
४ बाबुराम उपेन्द्र , हराएकाे पाटि समाल्दै हेरान छन र पाटि एकिकरणले भ्याउनु भा कै छैन र अलिकति बाबुराम जी भारतकै अंश पनि भन्छन कसरी वोल्नु ।
५ महन्त राजेन्द्र , उपेन्द्र , हिजो खोला पारि बसेर वारी ढुगां हानेको बेला खाएकाेे मासु भातको पैंचो तिरेकै छैन कसरी बोल्नु
६ रविन्द्र बिचरा , एउटा भयनि संसदको प्रतिनिधित्व हुन्छकी भने र मकै भुट्दै बाड्दै भ्याएका छैनन् कसरी बोल्नु
७ कमल हिलो मा फुल्नु पर्ने आज ढुंगामा फुलेर सुकिसके अनि हिन्दु राज्य र राजा भारत बाटनै ल्याइदिन्छन भन्दै हिडेका छन बिचरा कसरी बोल्नु
८ पाटीका झोले कार्यकर्ता मेरो पाटी को सरकारले यो गर्यो त्यो गर्यो भन्यो हावा कुरा लाइक सेयर गर्यो बस्यो न उनिहरु लाई रास्ट्री ,रास्ट्रीयता ,अखण्डता सार्भ भौमिकता को बारेमा के ज्ञान, पाटी र नेताकै गुणगान गायो सुरुवाल समाउदै हिड्यो । केहि बोल्यो भने नेता र पाटीले के भन्छ फेरी भन्ने डरले पनि अलिकति ज्ञान भा’का ले पनि शास दबायर हिड्यो उनिहरुलाइ पाटी भन्दा अरुकेही होइन अनि कसरी बोल्नु
९ बिप्लप विचरा केहि वोल्न खोजेजस्तो लाग्थ्यो तर उसलाई त सरकारले नै प्रतिबन्द लगाइ सकेको छ ।कस्ले सुन्ने हो कुरा जंगलका रुखविरुवा बाहेक फेरी केहि बोल्यो भने कि इन्काउनटर या गिरफ्तार गर्छन केपि पिके बादल कम्पनि ले कसरी बोल्नु
अनि बोल्ने जनता हुन तर जति बोलेनि हाम्रो कुरा भारतले सुन्दैन । यो पहल गर्ने सरकारले नै हो तेसैले सरकारलाइ रास्ट्रीय निति अगाडी बढ्न र आफ्नो जमिन र सिमा सुरक्षीत राख्न दबाव दिउॅ। अब हाम्रो देसमा बिभिन्न बहाना मा जात/जात ,धर्म/धर्म ,सस्कृती/सस्कृती ,परम्परा/परम्परा लगायत का कुरामा झगडा गराइ नेपालमा द्वन्द सृजना गराउने पनि चलखेल सुरु भैसकेको छ यस्ता कुरा मा बिचार नगर्दा रास्ट्र बिभाजन हुने खतरा मा पुग्न लाग्ने अवस्था देखिन्छ। तेसैले हामी जात,धर्म ,परम्परा ,सस्कृती ,रितीरिवाज ,भाषा लगायत का कुरा मा हामि द्वन्द होइन । आफनो रास्ट्र ,रास्ट्रीयताको मुल्य र मान्यता को आधारमा रहेर काम र बिचार गर्न जरुरी छ ।समयमानै बिचार गरियन भने न नेपाल ,न पाटि ,न नेपाली नै हुन्छौं हामी !!!तेसैले हाम्रो सिमा शुरक्षा को बारेमा बोल्ने आधीकारीक् संस्थानै सरकार हो । तेसैले निदायको सरकारलाइ घच्घच्याउनु नै पर्ने हुन्छ ।