राधाकृष्ण काफ्ले

म शून्य हुँ, तिमी शून्य हौ, र हामी सबै शून्य हौं
न आउँदा बचत थियो, न जाँदा बचत हुन्छ,
हुन्छ त सब चिज शून्य ।
आउँदा र जाँदा को यो अन्तराल मा,
अरू सबै अंकहरू जोडिन्छन्, घटाइन्छन्,
गुणन र भागा हुन्छन्,
शेष रहन्छ शून्य ।
बाँचुञ्जेल अरू सबै अंकहरू नै जीवन जस्तो लाग्छ,
निक्कै अघि पछि लाग्छन् शून्य संग अरू अंकहरू,
र अन्त्य मा हातलाग्यो शून्य ।
धन को संचय,
कैयौं मनसंग को संसर्ग,
खायौं, भोग्यौं, हाँस्यौं, रोयौं,
सुस्तायौं, हतारियौं, छट्पटियौं,
आखिर शून्य ।
हो यो शून्य एउटा ब्रह्माण्ड सरि,
रित्तो आकाश सरि,
सँधै शून्य मा रमाउने परमात्मा सरि,
परब्रह्म परमेश्वर सरि,
मात्र शाश्वत सत्य त सत्कर्म मात्र,
बचत र संचय हुन्छ त सत्कर्म मात्र ।
जस मा आनन्द छ,खुशी छ,
मिथ्या छैन, वास्तविकता छ,
घृणा छैन, प्रेम छ, निन्दा छैन, सद्भाव छ,
आऊँ, एक पटक शून्य मा विलिन हुनु अघि नै,
शून्यलाई चिनौं, र शून्य संग हराउन सिकौं,
सत्कर्म का मालिक शून्य को पहिचान गरौं,
सत्कर्म का मालिक आत्मा संग भेटौं, र
आत्मा का मालिक परमात्मा संग भेटौं,
जो सबको मन मा अन्तर्निहित हुनुहुन्छ,
र भन्छ- म शून्य हुँ,
ल आउनोस्- उनैसंग भेटौं,
कसरी ?
शून्य हुँदै शून्य को माध्यम बाट ।

मातातीर्थ, काठमाडौं

हाल: टेक्सस )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected