पाेखरा– अमिताभ बागचीको सुन्दर उपन्यास “हाफ द नाइट इज गन” (आधा रात बितिसक्यो) ले सन् २०१९ को डिएससी प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी दक्षिण एसियाली पुरस्कार हात पारेको छ । यसको घोषणा सुरम्य शहर पोखरामा चलिरहेको आइएमई नेपाल साहित्य महोत्सव २०७६ को विशेष पुस्कार वितरण समारोहमा भएको थियो । साहित्यप्रेमी, लेखक र सञ्चारकर्मी माझ नेपालका परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवाली र डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुलाले उक्त पुरस्कार हस्तान्तरण गरे । डिएससी पुरस्कारले दक्षिण एसियाली जनजीवनका विविध पत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्ने गर्छ, र अमिताभ बागचीको उपन्यासमा भारतका तीन पुस्ताको सम्बन्ध अनि भाग्य र संस्कृतिको अन्र्तसम्बन्धलाई विशुद्ध भारतीय परिवेशमा अवस्थित गर्न सफल भएको छ । उपन्यासले मिहिन विवरणमा दिएको ध्यान, भाषाको आविष्कारशील प्रयोग र यसका अविस्मरणीय पात्रले यसलाई श्रेष्ठ कृति बनाएका छन् ।
यो वर्ष पुरस्कारका लागि छनौट सुचीमा परेका लेखक र उपन्यासहरु यस प्रकार थिए – हाफ द नाइट इज गन (जगरनट बुक्स, भारत), जमिल जान कोचाईः ९९ नाइट्स इन लोगार (ब्लुम्स्बेरी सर्कस, ब्लुम्स्बेरी, भारत र भाइकिङ, पेन्गुइन ¥याण्म हाउस, अमेरिका), माधुरी विजयः द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीः देयर इज गनपाउडर इन द एयर (बंगालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राज कमल झाः द सिटी एण्ड द सी (ह्यामिश ह्यामिल्टन, पेन्गुइन ¥याण्डम हाउस, भारत), र सदिया अब्बासः द एम्प्टी रुम (जुबान पब्लिशर्स, भारत) ।
डिएससी पुरस्कार २०१९ को पाँच–सदस्यीय अन्र्तराष्ट्रिय निर्णायक मण्डल र उत्कृष्ट छनौटको सुचीमा परेका लेखकहरु समारोहमा उपस्थित थिए । लेखकहरुले आ–आफ्ना उपन्यासका अंश वाचन गरे । विजेताको घोषणालाई नेपाली र दक्षिण एसियाली साहित्य क्षेत्रका व्यक्तिहरु रहेका दर्शकदिर्घाले स्वागत ग¥यो । विभिन्न दक्षिण एसियाली देशमा पुगेर त्यहाँका प्रतिभाहरुलाई पुरस्कार बारे बुझाउने र प्रोत्साहन गर्ने डिएससी पुरस्कारको लक्ष्य पनि पुरा भयो । गत वर्षहरुमा यो पुरस्कार श्रीलंका, बंग्लादेश र भारतमा घोषणा भएको थियो ।
निर्णायक मण्डलका अध्यक्ष हरिश त्रिवेदीले निर्णयक मण्डलका तर्फबाट बोल्दै भने, “दक्षिण एसियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको छ । एउटा दक्षिण एशिया घरमा छ र एउटा विदेशमा छ र यी दुवैले अङ्ग्रेजी लेखन वा अङ्ग्रेजीमा अनुदित लेखनको साझा ठाउँ ओगटेका छन् । दक्षिण एसियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार हो, र यो वर्ष हामीले दक्षिण एसियासँग कुनै सम्बन्ध नभएका लेखकहरुका कृति पनि दर्ता गरिएको पाएका थियौँ । पाँच देशमा रहेका पाँच निर्णायकहरुका लागि ९० दिनमा ९० वटा उपन्यास पढ्नु परिवर्तनकारी अनुभव थियो । महिनौँ लगाएर हामीले १५ वटा र त्यसपछि ६ वटा कृतिहरुको छनौट सुची तयार पा¥यौँ, जसले यो क्षेत्रकै विविध स्वरहरुको प्रतिनिधित्व गर्न सकोस् । यो एकत्रित साहित्यिक मन्थनबाट नै हामीले विभिन्न भाषा र संवेदनशीलताहरु बोकेको सशक्त कृतिलाई विजेताका रुपमा छनौट गर्न सक्यौँ ।”
आइएमई नेपाल साहित्य महोत्सवका महोत्सव निर्देशक अजित बरालले स्वागत मन्तव्य दिएर सम्पूणलाई पोखरा र नेपालमा स्वागत गरे । उनले भने, “नेपाली लेखकहरुले पनि जित्न सक्ने सम्भावना भएको थोरै अन्र्तराष्ट्रिय पुरस्कार मध्येको एक डिएससी पुरस्कारलाई हामीले नेपालमा आयोजना गर्न पाउँदा खुशी लागेको छ ।” त्यसपछि साँझको सत्रमा निर्णायक टोलीका पाँच सदस्यको चिनारी गराइयो, लेखकहरुले आफ्ना किताबका अंशहरु पढे, र अन्त्यमा अमिताभ बागचीलाई गरिमामय पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमको अन्त्य भयो ।
विजेतालाई बधाई ज्ञापन गर्दै डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुलाले भनिन्, “हाफ द नाइट इज गन” जस्तो अद्भुत उपन्यासका लागि डिएससी प्राइज फर साउथ एसियन लिटरेचर २०१९ प्राप्त गर्नुभएकोमा म अमिताभ बागचीलाई हार्दिक बधाइ दिन चाहन्छु । यो वर्ष छनौट सुचीमा परेका सम्पूर्ण पुस्तकहरुको विविध र शक्तिशाली विषयवस्तु थिए । तीनजनाको पहिलो प्रकाशित कृति थियो, र अफगानिस्तानको बारे एउटा पुस्तक पनि । निर्णयक मण्डललाई यस्ता राम्रा कृतिहरुबाट एउटा विजेता चुन्न सधैँ गाह्रो नै हुन्छ । यो पुरस्कार दिन नेपालमा निमन्त्रणा दिइएकोमा हामी प्रसन्न छौँ । यसले नेपालका प्रकाशकहरुलाई पनि अबको वर्ष यो पुरस्कारका लागि पुस्तक दर्ता गर्न प्रोत्साहन मिल्नेछ भनी हामी आशा राख्दछौँ । यो पुरस्कार स्थापनाको नौ वर्ष बित्दाखेरि पाठकहरुमा दक्षिण एसियाली जनजीवन र संस्कृतिबारेको बढ्दै गएको रुचि देखेर खुशी लागेको छ ।”

डिएससी प्राइज फर साउथ एसियन लिटरेचर २०१९ विधितापूर्ण र प्रतिष्ठित निर्णायक मण्डलबाट छनौट भएको थियो । सबै सदस्यहरुले दक्षिण एसियाली साहित्य र विषयवस्तुमा विज्ञता हासिल गरेका छन् । निर्णायक मण्डलको अध्यक्षमा छन् हरिश त्रिवेदी, देल्ही विश्वविद्यालयका पूर्व प्राध्यापक । अन्य सदस्य छन् ः म्यानचेस्टर विश्वविद्यालयमा साहित्यका पूर्वप्राध्यापक जेरेमी ट्याम्बिलङ, नेपाली टाइम्सका सम्पादक एवम् दक्षिण एसिया सम्बन्धी थुप्रै पुस्तकका लेखक कुन्द दिक्षित, पेरिडानिया विश्वविद्यालयमा अङ्ग्रेजीकी प्राध्यापक कार्मेन विक्रमागामागे र लेखक, निबन्धकार र अनुवादक रिफत मुनिम ।
डिएससी प्राइज फर साउथ एसियन लिटरेचर
२५,००० डलरको पुरस्कार राशी भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहद नरुलाले २०१० मा स्थापना गरेका हुन् । लेखक कुनै पनि देश वा जातिबाट भए पनि दक्षिण एसिया र यहाँका मानिसहरुबारे लेखिएको कृति दर्ता गरिने हुनाले यो पुरस्कार अरुभन्दा फरक छ । यसले स्थानीय भाषा र अनुवादलाई पनि प्रोत्साहन दिन्छ, र अनुवादले जितेको खण्डमा पुरस्कार राशी अनुवादक र लेखकमा बराबर बाँडिन्छ ।
नवौं वर्षमा पुगेको यो पुरस्कारले दक्षिण एसियाली क्षेत्रको साहित्यलाई उर्वर बनाउन र विश्व सामु चिनाउन मद्दत गरेको छ । पछिल्ला वर्षका विजेताहरु पाकिस्तानका एच एम नक्वी, श्रीलंकाका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पा लाहिरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनुक अरुदप्रगसम, र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्वीनी निरन्जना रहेका छन् ।
आइएमई नेपाल साहित्य महोत्सव
भर्खरै आठौँ संस्करण सम्पन्न भएको आइएमई नेपाल साहित्य महोत्सव नेपालको एकमात्र अन्र्तराष्ट्रिय साहित्य महोत्सव हो । लोकतान्त्रिक विचार, विमर्श र मन्थनको थलोको रुपमा २०११ मा शुरु गरिएको यो महोत्सवले विविधतापूर्ण प्रतिनिधिहरु र आवाजहरुलाई स्थान दिँदै आएको छ । यो एउटा स्वतन्त्र, साझा दक्षिण एसियाली मञ्चको रुपमा विकसित हुँदै गएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected