अमेरिका आएर काम खोज्दै सेवेन इलेभेन पुग्दा………

–शिव शर्मा चन्चल
अस्टोरिया पार्कबाट भुमीगत रेल चढेर न्युयोर्कको म्यानहटनतिर हुइकिदै थिए । अमेरिका आइपुगेको त्यस्तै महिना दिन भएको थियो होला । काम खोज्दै एउटा सेवेन इलेभेन स्टोरमा पुग्दै थिए । स्टोरमा भित्र छिर्ने बितिक्कै संयाेगनै भनाै एउटा नेपाली जस्तै ठिटो देखे । आखिर नेपाली नै रहेछन् ति भाई । त्यो अनजान सहरमा नेपाली भेट्दा आफनै गाउँको धने, मने भेटे जस्तो महसुस गरे । केटो त्यस्तै २३– २४ वर्षको जस्तो हुँदाे हाे ।
भाई नेपाली हो भनेर सोधे । केटो अलि नम्र लागेन । अलि रुखो स्वरमा उ बोल्यो– हो किन र ? भाई काम खोज्दै आ’को यता काम पाइएला कि भनेर । नेपाली रैछौ खुशी लाग्यो भेटेर मैले भने । उसले त्यसको केही प्रतिउत्तर जनाएन । बरु उसले कामतिरको कुरालाई ध्याकेन्द्रित गरायो ।
‘काम गरेको केही अनुभव छ तपाईसंग’ उसले उल्टै प्रश्न तेर्सायो । अनुभव विना त यहा“ काम पाइन मुस्किल छ । अंग्रेजी भाषा पनि फरर बोल्न सक्नुपर्छ, नत्र काम पाइदैन ।
उसको कुरा सुनिरहे । उ एकोहोरो बोल्दै गयो । म मौन भएर सुनिरहे ।
उसको भनाईले मनमा कताकता चिसो पसे जस्तो भयो ।
यस्तो लाग्थ्यो म कुनै आफनै देशको भाईसंग बोलिरहेको छैन । उसले भन्यो– ‘बिना अनुभव त यहाँ काम पाइदैन , तालिम लिएर आउदा राम्रो हुन्छ । स्टोरको मालिक जसै यसले मलाई कामको तौरतरिका सिकाइरहेको थियो । ऊ त्यो स्टोरको साहु त पक्कै थिएन । तर उसले आफै मालिक भए झै गरी मलाई जवाफ दिइरहेको थियो । ऊ पनि कामदार नै थियो त्यहाँ न उसले स्टोर संचालक संग बुझेर मसंग यो सबै भनिरहेको थियो ।
नेपाली भेटिए भनेर फुरुङ भएको म बबुरोलाई उसले आफनोपन फिटिक्कै देखाएन । कामका लागी सहयोग त गरेन नै । उल्टै भर्खर अमेरिका छिरेको मलाई हत्तोतसाही मात्रै बनायो । अब अनुभव नभई काम नपाइने रहेछ भन्ने मनमा हुन्डरी चल्यो । उसलाई पनि सोधौ जस्तो लागेको थियो भाई तिमी सुरुमै अनुभवी थियौ त यो कामका लागी । ऊ अनुभव लिएरै नेपालदेखि आएर स्टोरमा काम गरेको थियो त ? यी यावत प्रश्न मुखमा आएको थियो । तर उसलाई भन्ने प्रयास गरिन । यति भनिसकेर ऊ आफनो कामतिर लाग्यो । उसले मलाई खासै चासो दिएन । निस्के पनि नभनी म लुरु लुरु त्यहा“बाट निस्के ।
सेभेनइलेभेन स्टोरबाट निस्केर एकछिन न्युयोर्क सहरका गगनचुम्बी महल हेरेर टोलाए । एक्लै रलिदै सहरका पेटी छिचोले । कता हिडीरहेको थिए आफैलाई पत्तो थिएन । नेपालतिर डुल्दै हिडेर खाएको झल्यास सम्झे । बिरानो मुलुकको बिरानो नाता सम्बन्ध देखेर झस्के । नेपालीमै आफनोपन नभएको देखेर अचम्मीत बने ।
काला गोरा अनुहारका भुसे तिघ्रै मान्छेहरु सहरका पेटीहरुमा हिडीरहेका देखिन्थे । एशियन मुलुकका कोही देखे भने नेपाली नै हुन की भनेर झुकिन्थे ।
सेभेन इलेभेन स्टोरमा निस्केपछि अन्यत्र काम खोज्न जाने आ“ट आएन । डेरातिर फर्किने पाइला लम्काए । सहरको बीचमा अलमल्ल परे । रेल स्टेशन सम्म पुग्न पनि हम्मे प¥यो । झण्डै दुई घण्टा सहरमै हराए । रेल पकडेर डेरा फर्किने ठाउ“ छिचोल्नै सकिएन । सोधपुक्ष गदै बल्लतल्ल रेल चढने स्थान सम्म पुगे । फेरी यहा“ आएर पनि फसाद प¥यो । कुन रेल समातेर डेरा सम्म पुग्ने । रेल त चढे तर गलत रुटको चढेछु । अस्टोरिया जानु पर्ने मान्छे त्यसको ठिक विपरीत जमैकातिरको रेल समातेछु । धेरै लामो बाटो गएपछि बीचमै उर्तिए । टुटेफुटेको अंग्रेजी बोल्दै सोधपुक्ष गदै रेल चढेर आफु बसेको डेरातर्फ जसोतसो पुगे । झण्डै दुई महिना न्युयोर्क बसाईका क्रममा सुरुका दिन रेलको सफरमा धेरै पटक हराइयो ।
नेपालबाट बोकेर ल्याएको पैसाले चल्दै थियो । दुई महिना हुन लाग्दा पनि कामको मेसो थिएन ।
ज्याक्सन हाइटतिर काम लगाइदिने नेपाली एजेन्सी रैछन् । काम लगाइदिई वापत २ सय देखि ३ सय ठटाउने रैछन् । ज्याक्सन हाइटकै एक एजेन्सीमा कामका लागी पुगे । उसले एक इडियन रेष्टुरन्टमा पठायो । उक्त रेष्टुरेन्टमा पनि रेष्टुरेन्ट मालिकले अन्तर्वाता लियो । अनुभवहरु सोध्यो । कहिल्यै वेटरको काम गरेको छ भनेर । नेपालमा कहिल्यै काम नगरेको कामलाई गरेको छु भन्ने कुरा पनि थिएन । उसले अनुभव केही नदेखेर गर्न सक्दैन ठोनर अहिले खाली छैन भनेर फिर्ता पठाइदियो । कहिले गरेको काम भए पो अनुभव हुन्थ्यो । न्यास्रो अनुहार लिएर फेरी डेरातर्फ फर्किए । जे भएपनि काम त जसै गर्नु नै थियो । न्युयोर्ककै पत्रकार साथी विष्णु पौडेलले एक जापानिज रेष्टुरेन्टमा काम खाली भएको सुनाए । जापानिज रेष्टुराका मालिकसंग कुरा गर्नका लागी एक नेपाली भाईले मलाई लिन रेल कुरिरहेका थिए ।
सबै नेपाली सेभेन इलेभेनमा भेटिए जस्ता पनि त हुदैनन । यसपटक भेटिएका नेपाली भाई भने मेरो लागी आफनै भाई जस्तो लागे । नम्र र शिष्ट भाषा भएका भाईले संगै न्योयोर्ककै म्यानहटनमा रहेको एक जापनिज रेष्टुरामा पुगे । उनी जापनिज भाषा पनि राम्रै बोल्ने रहेछन् । साहुसंग मेरो कामको बारेमा सबै कुरा जापानिज भाषामा बताए । जापानिज साहु पनि बढो मिजाला रैछन् । भोली देखि काममा आउन मलाई पक्का गराए । काम पाएको भन्दै म फुरुङ भए ।
अमेरिका आएपछि को मेरो पहिलो काम त्यही जापनिज रेष्टुराको थियो । भोलीपल्ट रेल समातेर रेष्टुरेन्ट भएको ठाउ“मा पुग्न उस्तै सास्ती भयो । बल्लतल्ल पुगे । रेलबाट उर्तिएपछि हिडेर रेष्टुरेन्ट पत्ता लगाउन पनि टन्टो भयो । नाम हेदै पुगे मुस्किले पुगे काम गर्ने रेष्टुरामा ।
सुरुको दिन रेष्टुराको काम कसरी गर्ने मुटु थरथर भइरहेको थिए । रेष्टुरामा सबै नौला अनुहारका थिए । केही जापानिज र स्पेनिस कामदारहरु देखिन्थे । एक स्पेनिसले सोध्यो– वेर आर यु फरम ? मैले छोटो जवाफ दिए– नेपाल । उसले यो इन्डियामा पर्छ भनेर सोध्यो । मैले है यो नेपालमै पर्छ भनेर जवाफ दिए । ऊ मुसुक्क मुस्कुरायो । व्यस्त म्यानहटनमा रहेको रेष्टुरा साझ भएपछि भीड बढने रहेछ । साझका लागी खानाको बन्दोबस्तको जोरजाम सुरु भयो । रेष्टुरेन्टको स्पेशल मेन्यु सुसी रहेछ । किचनका लागी पकाउने खानेकुराको जोरजाम गर्न मलाई गोदामतिर लिएर गए ।
भकाभक सामान ओर्सान लगाइयो । कार्टुन उचाल्दै किचनसम्म ल्याउनु पथ्र्यो ।
भुसेतिघ्रे स्पेनिस केटाहरुको बल संग मैले के सक्नु ठसठस्ती कन्दै सामान बोक्न थाले । एकोहोरो काम गराईले लोत परिसकेको थियो । किचनको सबै सामान जोरजाम गर्दा गदै जापानिज मेन्युहरु तयार पार्ने बेला हुन थाल्यो । बिस्तारै रेष्टुरामा पाहुनाहरु आउन थाले । सबै पकाउनमा व्यस्त भए । कुन सामान कहा हाल्ने मलाई भने अन्यौल भयो । सबै जना कामले खारिएका मेसिन झै खानेकुराका मेन्यु बनाउन थाले । म टुलुटुलु हेरिरहे । मलाई अलमल परेको देखेर अरुले मुखामुख गर्न थाले । सुसीमा के –के सामान हाल्नुपर्छ मलाई कसरी थाहा हुनु । उनिहरुले भने अनुसार बिस्तारै गर्न थाले । जसोतसो त्यो दिनको घन्टा पकाए ।
काम सकिदा रातको ९ बजीसकेको थियो । रेल समातेर डेरा फर्किनु थियो ।
रेल त सही चढेको थियो । रातको समय अलमल्ल परेछु । नझर्नुपर्ने ठाउमा झरेछु रेलबाट । फसाद प¥यो डेरा जाने बाटो अलमल्लिए । रात परेकोले अज्नान ठाउँ छिचोल्नु संभव थिएन । डेरामै बस्ने एक जना बैनीलाई फोन गरे । उनले लोकेशन बताउलै झण्डै आधा घन्टा हिडेपछि डेरा पुगे । रेष्टुरेन्टको दिनभरको कामले लखतरान परेको थियो झनै यो हिडाईले शरीर हलचल भएन । थकानले घुपलुक्क सुते । बिहान उठनै हम्मे प¥यो ।क अर्को दिन फेरी त्यो रेष्टुरामा काम गर्न जाने आँट गरिन । एक दिन गरेर जापानिज रेष्टुराको काम पनि तिलान्जली दिए । क्रमश…………………………………….. ।