अमेरिकामा उडेको सपना
धेरै प्रयास गरे जिन्दगी जिउन तर सकिन
दोषी मै रहेछु, अलविदा
घरको लिभिङ रुमको सोफामा लास लडेको छ । गला कस्सिएको लास हेर्दा सुसाईट गरेको जस्तो देखिन्छ । कमिलाको ताती झै घर बाहिर र भित्र मान्छे वरिपरि झुम्मिएका छन् । ठ्याक्कै झुन्डिएको लास मुनि एउटा कागजको खोस्टोमा यसरी सुसाईट नोट लेखेर छाडेको रहेछ विक्रान्तले । चिने जानेकाहरु लास हेरेर चुकचुकाउदै थिए । उसकै खोइरो खन्नेहरु पनि मरेपछि लास हेदै कठै बिचरा भनिरहेका थिए । अमेरिका आएको चार पा“च वर्षमै २६ वर्षको कलकलाउदो उमेरमा आफनो जिन्दगीको डोरी आफैले यसरी छिनाली दियो विक्रान्तले ।
बाबुआमाको एक्लो छोरो कत्रो सपना बोकेर आएको थियो । बिचरा ति बाबुआमा छोरालाई भेटन पाएनन् , लास समाल्न विदेश आउनु प¥या आखिरमा । युलेसस्थित म्याक डोनाल्डमा बिहानको ब्रेक फास्ट खाने चाजोपाजो मिलाएको साथी हरिसले विक्रान्तको दर्दनाक कथा मलाई सुनाउदै थिए । इडिभी लोट्री मार्फत विक्रान्त अमेरिका आइपुगेको थियो । ड्यालस क्षेत्रमा अर्पाटमेन्ट लिएर साथीहरुसंग मिलेर गु्रपमा बस्न थाल्यो । उसले पनि अरुले जस्तै ठुलै सपना बोकेर अमेरिका आएको थियो । ग्यासस्टोरमा क्यासियर गदै अमेरिकी जीवनशैलीमा आफुलाई भिजाउन थाल्यो उसले बिस्तारै । अमेरिकाको व्यस्त जीवनशैलीले समय गएको के पत्तो हुन्थयो र । दिन महिना हुदै वर्ष बित्दै गयो । यही क्रममा उसको अध्ययनका लागी अमेरिका आइपुगेकी विस्मृतिसंग परिचय भयो । सा“झ पख पार्कमा टहलिदै गर्दा साथी विकलले उनिहरुको चिनापर्चि गराईदिएको थियो । गोरो अनुहार र अग्लो कदको विक्रान्त हेर्नमा पनि हेन्डसम लाग्थ्यो । विस्मृति पनि हल्का काली र हिस्सी परेकी नै थिइ ।
००००
उनिहरुको परिचयलाई बिस्तारै प्रेमी प्रेमिकाको रुपमा जोडने गलको काम विकलले गरेका थिए । त्यो प्रेमलाई धेरै लम्ब्याउन चाहेनन् उनिहरुले पनि । दुवैले आ–आफनो मन्जुरीमा विवाह पनि गरे । कथामा एकोहोरिदै गर्दा वेटरले वर्गर, चिकेन, ससेज,स्वीट टि लगायत अर्डर गरिएका मेन्युहरु ल्याएर टेबलमा राखिदियो । हरिसले बे्रकफास्ट पनि लिदै गरौन भन्दै कथा अगाडी बढाउन थाल्यो ।
विस्मृति नर्सिङकी स्टुडेन्ट थिइन ।उनको अध्ययनमा बाधा नपुगोस् भनेर विक्रान्तले आफु बढी काम गरेर उनलाई विकेन्डमा मात्रै जम्मा दुई दिन ६–६ घन्टाको पार्ट टाइम काममा लगाएको थियो । त्यो पनि एकोहोरो अध्ययनले माइन्ड फ्रेस होस भन्ने हेतुले उनकै चाहनामा काममा लगायो । आफुले भने स्टोरमा कामको आवरलाई बढायो । रातदिन ऊ विस्मृतिलाई नर्स बनाउन काममा जोतिन थाल्यो । ड्यालस एरियामै उनिहरुले अर्पाटमेन्ट लिएर बस्न थालेका थिए । साता दिनै काम गर्ने विक्रान्तको विस्मृतिसंग ‘फुलटाइम’ भेट कमै हुन्थयो । कहिलेकाही कामबाट विदा लिएर विस्मृतिलाई लिएर लङ ड्राइभमा टेक्सस बाहिरको स्टेटहरु पनि पुगेको हुन्थ्यो । नेपालमा उसले बिबिएस पास गरेर आएको थियो । ऊ पनि यता थप अध्ययन गर्न चाहन्थ्यो । तर उसले पहिलो प्राथमिकतामा विस्मृतिलाई राखेको थियो । विस्मृतिको अध्ययन सकेर काममा लागेपछि आफु पनि युनिभर्सिटी ज्वाईन हुन चाहन्थयो । ग्या“स स्टोरको काम आफैमा जोखिम थियो । कहिलेकाही काम गर्ने क्रममा लुटेराको निसानामा पनि पथ्र्यो ऊ । कतिपटक ऊ बालबाल बाचेको छ । गन देखाएर एक पटक उसलाई झन्डै सिधाएको थिएन एक अश्वेत अमेरिकन लुटेराले । उसले दुई हात ठडाएर आत्मसमर्पण गदै लुटेरालाई रकम लान दिएपछि ज्यान बचाएको थियो । तर यो कुरा उसले विस्मृतिलाई कहिल्यै भनेन ।जसरी हुन्छ ऊ विस्मृतिलाई खुशी राख्न चाहन्थ्यो ।
०००
अलि बढी कामको बोजले होला सायद उसको ज्यान पनि पहिला भन्दा बढी खिरिलो भएको थियो । ज्यान दुब्लो अनि ख्याउटे देखिन्थयो । उसको प्रेसर बढेको थियो । स्टोरमै काम गर्ने क्रममा एक दिन उसलाई अलि असहज भएछ । रिङ्गटा लागेर वाकवाकी भएछ । त्यो दिन उसले पुरै आवर काम गर्न सकेन । स्टोरमा केही क्षण आराम गरेपछि ऊ अर्पाटमेन्टतिर हिड्यो । विस्मृति घरमै थिइन । डायनिङ रुमको सोफामा अपरिचित जस्तो लाग्ने युवक बसेको थियो । संधै ढिलो आउने विक्रान्त छिटै घरमा आएको देखेर विस्मृति झस्किन । विक्रान्तले अलि सन्चो नभएर छिटो आएको बतायो । हतार– हतार युवकको परिचय दिदै विस्मृतिले भनिन– ‘ऊ मेरो साथी विपुल, मलाई भेट्न आ’को ।’
‘हाई, म विक्रान्त, उसले हात लम्काउदै गुड ग¥यो । केही क्षण उनिहरु बीच सामान्य भलाकुसारी भयो । विस्मृतिले चिया बनाएर ल्याईन । चिया पिएको केही क्षण पछि विपुल त्यहा“बाट निस्कियो । मौसम अहिले चिसो थियो । विक्रान्तका लागी भने उनले हट लेमन बनाइन । विक्रान्तले एक गिलास तनन्क पारेर केही क्षण बेडमा पल्टियो । एक दुई घन्टा आराम गरेपछि ऊ ब्य“ुझियो । त्यो साझ नेपाली रेष्टुरामा खाना जाने सोच बनायो । विस्मृतिलाई लिएर ऊ गयो अर्भिङम्ँँ रहेको एभरेस्ट रेष्टुरेन्टमा । फुर्सद मिलेसम्म जसरी हुन्छ ऊ धेरै समय विस्मृतिलाई साथमा लिएर यसरी नै खुशी बनाउन चाहन्थ्यो । कामबाट बाकी रहेको समय यसरी नै उनिहरु केही नया ठाउ“ चाहरिरहेका हुन्थे । विक्रान्तसंग विहेअघि विस्मृतिलाई काम गदै पढ्नलाई निकै मुस्किल भइरहेको थियो । विहेपछि भने उनी काम कम अध्ययनमै बढी लागिन । विक्रान्तले उनको अन्यत्र ध्यानकेन्द्रित गराउन चाहेन । विक्रान्तसंग विवाह गरेपछि कानुनी रुपमा समेत अमेरिका बसोबास सहज भएको थियो विस्मृतिलाई । विद्यार्थी भिसामा अमेरिका आएर काम गदै अध्ययन गर्न कम्ति मुस्किल थिएन । यो सब विस्मृतिले भोगेकी थिइ । विहेपछि भने उनको त्यो सबै दुख हन्डर पार भएको थियो । कहिलेकाही उनिहरुको सामान्य ठाकठुक पनि हुन्थयो । तर पनि विक्रान्त जैेले पानी बनिदिन्थ्यो । आखिर लोग्ने–स्वास्नीको झगडा परालको आगो भने झै त हो । झगडा भएन भने माया पनि त हुदैन ।
००००
काममा हिड्ने बेला आफनो नजिकै अर्पाटमेन्टमा बस्ने एक अधवैशे नेपाली पार्किङ लटमा भेटिए । उनको नाम थियो शुक्र । विक्रान्तसंग गफिने क्रममा उनले कहिलेकाही आफनो कोठामा आइरहने युवकको नाता बारे सोधेका थिए । त्यतिबेला विक्रान्तले ‘रिलेटिभ’ भन्दै जवाफ दिएका थिए । त्यसो त विक्रान्त अरुले भनेको कुरामा उति विश्सास गरिहाल्ने स्वभावको थिएन । ऊ शंकालु नजरले पनि हेदैनथ्र्यो विस्मृतिलाई । एक अर्कोको विश्वासले उनिहरुको सम्बन्त्र अडिएको थियो । तर पनि पैला भन्दा विस्मृतिमा उसले हि अहिले फरक भने पाएको थियो । ऊ झर्किने , रिसाउने र मायाको फिलिङ नगर्ने खालकी भएकी थिइ । तर पनि उसले यसलाई सामान्य रुपमा लिएको थियो ।
०००
विक्रान्त सधै भन्दा आज स्टोरमा अलि व्यस्त भएछ कि के हो उसले विस्मृतिको आजै परेको जन्मदिन झन्डैले बिर्सेको । अर्को साथीलाई कामको सिफ्टमा पालो मागेर ऊ हतार–हतार बथ्र्डे केक र केही गिफट् लिन क्रोगर छि¥यो । विस्मृतिको नाम अंकीत सुन्दर केके र केही गिफ्ट बोकेर ऊ अर्पाटमेन्टतिर हानियो । पार्किङ लटमा होन्डा सिआरभी कार पार्क ग¥यो । कारको ढोका खोलेर के खुट्टा टेकेको थियो ऊ त्यतिकै अडियो । उसले आफनो कोठाको ढोका अगाडी विस्मृतिलाई कुनै युवकसंग चुम्बन गदैं अंगालोमा बाधिएको देख्यो । त्यो युवक अरु कोही नभएर केही पहिला आफनै कोठामा आएको विपुल थियो विस्मृतिले त्यतिबेला उसलाई साथी भनेर चिनाएकी थिइ । उसले त्यो दृश्य हेर्न सकेन । आ“खा चिम्लेर उभियो । आ“खा खोल्दा विपुल कार हुईकाउदै त्यहा“बाट निस्किसकेको थियो । विक्रान्त सरारसर कोठा भित्र छि¥यो । उसले आफुले आ“खा अगाडी सिनेमा जस्तै देखेको त्यो दृश्य बारेमा विस्मृतिलाई केही भन्न चाहेन । उसले चुपचाप सह्यो । ऊ कपडा फेरेर फ्रेस हुन बाथरुम पस्यो । विस्मृति किचेनमा केही गरिरहेकी थिइन । बाथरुमबाट निस्केर ऊसले टेबलमा केके रेडी ग¥यो । केही रंगरोगन ग¥यो लिभिङ रुमको भित्तोमा । केकको चारैतिर रंगीविरंगी क्यान्डल बाल्यो । उसले विस्मृतिलाई डाक्यो । उनले विक्रान्तको अनुहारमा पनि हेरिनन् । जन्मदिनमा पनि उनको मुहारमा खासै चमक थिएन । विक्रान्तले ह्याप्पी बथ्र्डे भन्दै जन्मदिन सेलिब्रेट ग¥यो । विस्मृतिले मुस्किलले केके काटी । आफु खाई र थोरै विक्रान्तलाई खुवाए जस्तो गरि । अघिल्लो जन्मदिनमा त केक काटेपछि विक्रान्तको गालामा चुम्बन गरेकी थिइ उसले । यसपटक उसले केही आत्मियता साटिन न नत मायाको कुनै प्रतिकृया नै जनाईन ।
जन्मदिन पनि यसपाली ऊ खास खुशी देखिएकी थिइन । अनुहारले केही लुकाइरहेको जस्तो देखाएको थियो विस्मृतिलाई । हुन त विक्रान्तको मनमा पनि मुटुभित्र आगो बलेको थियो उसले देखेका त्योे दृश्यले । ऊसले त्यो सबै देखेर पनि विस्मृतिलाई चुपचाप सह्यो ।
जन्मदिनको भोलिपल्ट बिहानै विस्मृतिले आफु अब छुटिएर बस्न चाहेको बताई । विक्रान्त उनको कुरा सुनेर झस्कियो । ‘ तिमी यो के भन्दैछौ विस्मृति, के भयो तिमीलाइ’, विक्रान्तले भन्यो । ‘म जे भन्दै छु सही भन्दैछु, मलाई अव डिभोर्स चाहियो, म अब तिमी सगै बस्न सक्दिन’, विस्मृति रुखो स्वरमा बोली । विना कारण एकाएक विस्मृतिले यसो भनिरहदा विक्रान्तले केही सोच्न सकेन । ऊ पानीको ठुलो छागाबाट खसे जस्तो भयो ।
‘मलाई एक्लै बस्न मन लाग्यो, यदि डिभोर्स दिदैनौ भने म यही झुन्डिएर मरिदिन्छु, फेरी धम्कीपुर्ण भाषामा उसले भनि ।
०००
ब्रेकफास्ट सकिएर झन्डै डेढ घन्टा त्यहा“ बस्दा पनि हरिसले भनिरहेको कथा सकिएन । ‘ढिलो भयो यार भन्दै’, ऊ उठेर घर जानक लागी तयार भयो । त्यो कौतुहलपुर्ण कथालाई पुरा नगरी जान दिन चाहिन उसलाई । बाकी कथा अरु कुनै दिन भनुला भन्दै उसले टार्न खोज्यो । मेरो अड्डीको पछि उसको आखिर केही जोर चलेन । उसले पार्किङ लटमा रहेको आफनो कारभित्र लगेर फेरी मलाई बाकी कथा सुनाउन थाल्यो ।
विस्मृतिको धम्कीपुर्ण जिद्धिको अगाडी विक्रान्तको केही सिप लागेन । परपुरुषको अंगालोमा बाधिएकी श्रीमितलाई आ“खा अगाडी देख्दा पनि ऊसले चुपचाप सहेकै हो । उसले त्यो देखेर पनि उनलाई इन्कार गरेन । बरु माया नै गरिरह्यो । तर खै विस्मृतिले उसको मायालाई चिन्ननै सकिन । यता विस्मृतिको नर्सिङको पढाई सकिएर हस्पिटलमा रजिष्ट्र नर्सको लागी एप्लाई गरिसकेकी थिई । विक्रान्तले सोचेको थियो विस्मृतिको पढाई सकेपछि जीवनशैली फेरिनेछ । फेरी आफुले पनि अध्ययन गरेर जीवनलाई सहज बनाउने सोचेको थियो .उसको ।
तर त्यो सबै तासको महल झै उसको अगाडी भताभुङ भइदियो । जिन्दगीभरको साथ दिन कसम खाएकी विस्मृतिले बीच बाटोमा उसलाई छाडेर हिडि । छाडेर हिडी ठिकै थियो,उल्टै उसले आफुलाई हातपात गरेको भन्दै पुलिसलाई रिपोर्ट लेखाईछ । अमेरिकाको कडा कानुन हातपातलाई सामान्य लिइदैन । पुलिसले अनाहकमा विक्रान्तलाई पक्राउ गरेर लग्यो । केही दिनपछि तारेखमा छाडियो । बिचरो ऊ पुलिस केसको लफडामा फसियो । अदालतमा मुद्धा चल्यो । सायद मुद्धा उसले जित्थयो होला । उसलाई असह्य भयो । बिरानो मुलुकमा उसको कोही भएन । श्रीमति थिइ त्यही पनि झुठो आरोप लगाएर यस्तो लफडामा फसाएर गइ । छुट्टै बस्ने भनेर हिडेकी ऊ त्यही विपुलसंग लिभिङ टुगेदरमा बस्न थालिछ । कागजी रुपमा पनि विस्मृति बलियो भइसकेकी थिइ । विक्रान्तसंग विहे गरेपछि ग्रिनकार्ड त पाई नै , आफनो अध्ययन पनि सहज रुपमा पुरा गरि । विस्मृतिले छाडनु, पुलिस केशमा लफ्डामा फस्निु र दिक्कलाग्दो जिन्दगीले विक्रान्तलाई यो धरतीमा बा“चीरहने आ“ट आएन । ऊ सधैका लागी यो धरतीबाट अस्ताएर गयो ।
००००
लिभिङ टुग्देरमा बसेकी विस्मृतिले पनि विपुलसंग विहे गरि । तर उनिहरुको सम्बन्ध पनि लामो समय टिकेन । विपुले पनि विस्मृतिलाई प्रयोग मात्रै ग¥यो । उसले विस्मृतिसंग विहे गरे पनि बाहिर अर्के केटी राखेको रहेछ । उसले विस्मृतिसंग भएको ग्रिनकार्डको दाउ हे¥यो । उसले पनि खेल खेल्यो । बाहिर अर्के गर्लफ्रेन्ड राखेको थाहा पाई विस्मृतिले पनि । उनिहरुको सम्बन्ध पनि लामो समय टिकेन । ग्रिनकार्ड हात परेपछि विपुल पनि बलियो भयो । विस्मृतिले यो सबै चाल पाई । स्वार्थले जगडिएको सम्बन्ध धेरै अगाडी बढ्न सकेन उनिहरुको पनि डिभोर्स भयो । विस्मृतिलाई बिगतले झस्कायो । विक्रान्तसंग गरेको त्यो निरिह व्यवहारले मन भतभती पोल्यो उसको । ऊ पश्चतापमा जली । विक्रान्त जस्तो माया गर्ने श्रीमानलाई गरेको कहिल्यै माफी नहुने हर्कत सम्झी । आफैलाई धिक्कारी । आफुले आफुलाई एक्लो सम्झी । आखिर उसले पनि बाध्य भएर त्यही आत्महत्याकै बाटो रोजी । संसार छाडनु अघि उसले पनि यस्तो सुसाईट नोट लेखेर छाडी–
तिम्रो मनको माया चिन्न सकिन । मलाई माफ गर । तिमीलाई भेट्न म पनि तिमीसंगै आउदैछु
अलविदा विक्रान्त ।
उही विस्मृति ।।
यसरी एक अर्कोलाई नचिन्दा र समयमा समझदारी नपनाउदा दुवैको जिन्दगी अल्पायुमै सकियो । हैट यस्तो कथा फेरी कहिल्यै बन्न नपरोस यार, हरिसले यसो भन्दै कथाको बिट मा¥यो । म उसको कारबाट उर्तिए । उसंग विदा भएर आफनो कार लिएर अर्पाटमेन्टतिर हुइकिए । हरिस पनि कार दौडाएर प्लानोतिर दौडियो । विक्रान्त र विस्मृतिको कथाले मलाई भने अर्पाटमेन्टमा आएपछि पनि सम्झेर झस्काइरह्यो ।