शिव शर्मा
टेक्सस– घरको एउटा कोठा पुरै कलाकृतिले भरिएको छ । कलामा रंग पोत्ने सामग्री भुईभरी असरल्ल छन् ।
कुना पट्टी थडाईएको स्टेन्डमा एकचित्त भएर रंग पोतिरहेका छन् कलाकार भिष्म केसी । टेक्ससको युलेसस्थित उनको घरको एउटा कोठा पुरै कलाकृतिले भरिएको छ । घरको उक्त कोठालाई उनले कला कार्याशाला बनाएका छन् ।
हो त कलाकार भिष्म केसी अमेरिका आएर पनि आफनो कलाकर्मलाई टुटाएका छैनन । लामो समय देखि नेपालमा व्यवसायिक कलाकारितामा लागेका केसीले अमेरिका आएर पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । ‘ कलामा यतिका वर्ष व्यतित गरियो’ घरमै कुची समाएर रंग पोतिरहेका केसीले भने– ‘प्रवासमा आएर पनि आफनो कलालाई निरन्तरता दिन पाउँदा आनन्द लागीरहेको छ ।’

टेक्ससकाे युलेशमा आफनाे घरमा आफुले बनाएकाे कलाकृति संग कलाकार भिष्म केसी

अमेरिकाको व्यस्त जीवनशैलीले उनलाई कुनै फरक परेको छैन । रंग र चक्कु समाएर उनी कला पोत्न मग्न हुन्छन् । उनी कला पोत्न ब्रस प्रयोग गदैनन, सानो चक्कु प्रयोग गर्छन् । उनले बनाएका कला यतिबेला टेक्सस क्षेत्रमा स्वदेशी तथा विदेशीको रोजाइमा समेत प¥दै गएको छ ।
सन् २०१४ मा अमेरिका आएका केसीले यता आएपछि पनि कला प्रतिको अनुरागलाई भुलेका छैनन । उनलाई कलाको डिमान्ड पनि त्यतिकै आइरहेको छ । वर्षोदेखि नेपालमा यही कलामा लागेर जीवन व्यतित गरेका केसीलाई यता आएर पनि निरन्तरता दिन पाउ“दा मन फुरुङ भएको छ ।
गुल्मीको हराचौर र अहिलेको चन्द्रकोट गाउँपालिका हो उनको पुख्यौली थातथलो । तर उनी काठमान्डौमा बसेर कलाकर्म गरेर ख्याति कमाए । उनलाई कलाकारितामा अगाडी बढने हौसला तब मिल्यो जब उनी कक्षा ६ मा पढ्दा कला प्रतियोगितामा दोस्रो भए । गाउ“के उदय उच्च माविमा पढदै गरेका बेला रेडक्रसले गरेको कला प्रतिस्पर्धामा कक्षा १० का विद्यार्थी पहिलो र उनी दोस्रो भए ।

कलाकार केसीकाे चित्र अंकीत बाल पाठ्यपुस्तकहरु

पुरस्कार जितेपछि विद्यालयका गुरु र साथीहरुले उनलाई हौसाए । यसले उनलाई होस्टेमा हैसे मिल्यो । उनमा कलाकारिता प्रतिको लगाव झनै बढेर गयो । उनको प्रतिभा देखेर विद्यालयका गुरुले उनलाई एसएलसी पछि ललितकला पढन सुल्झाए ।
यसले पनि उनलाई कला प्रति अगाडी बढन प्रेरणा मिल्यो । त्यसपछि उनले आफनो लुकेको कलालाई अगाडी बढाउदै लगे । कक्षा १० मा पढदा उनले राष्ट्रिय स्तरको जुनियर चित्रकला प्रतियोगितामा पहिलो स्थान हासिल गरे । जिल्लाबाट छनौट हुदै उनको चित्रले राष्ट्रिय पुरस्कार जित्यो । यो नै उनका लागी कलाको ट्रनिङ प्वाइट बन्यो ।

कलाकार केसीकाे भिन्न कला

नसा –नसामा कला बगीरहेको थियो उनको । गाउँमा एसएलसी सकेपछि उनी काठमान्डौको भीडमा छिचोल्दै ललिता कला पढन गुन्टा कसे । आखिर विद्यालयका गुरुहरुले उनलाई सही सल्लाह दिएका रहेछन् । ललिता कला क्याम्पस पढे र त्यही बाट उनले क्रियटिभ पेन्टिङमा मास्र्टस डिग्री पनि गरे । अनि डिग्री पछि उनी लागे निरन्तर कला कर्ममा । दस वर्ष त विद्यार्थीलाई कला विषय नै पढाए उनले ।

कलाकार केसीले तयार पारेकाे पाेखराकाे फेवाताल र माछापुछ्रे काे मनमाेहक दृश्य

क्यानभासमा रंग पोत्दै बालबालिकासंग सम्बन्धीत उनले चित्राङकन गरेको तीन दर्जन पुस्तक प्रकाशित छन् । जुन नेपाली प्राइभेट स्कुलको कक्षा नर्सरी देखि ८ सम्म पढाईहुन्छ । त्यस्तै विभिन्न पब्लिकेशन्सबाट प्रकाशति ६० भन्दा बढी पुस्तकमा समेत उनको चित्राङकन रहेका छन् । उनका दर्जन भन्दा बढी सामुहिक चित्रकला प्रदर्शनी समेत भइसकेको छ । नेपाल अधिराज्यका थुप्रै सहर देखि भारतको कलकत्तामा पनि उनले कला प्रदर्शनी गरिसकेका छन् ।
उनको कला शिल्पको कदर गदै २०६६ सालमा लक्ष्मीप्रसाद देवकोटा सतबार्षिकी समारोह समितिले राष्ट्रिय स्तरको पुरस्कार दियो । त्यस्तै २०१४ मा संस्कृति तथा पर्यटन मन्त्रालयले भानुभक्तको मुहार चित्रमा उनलाई उत्कृष्ठ कला पुरस्कार प्रदान गरेको थियो । नेपाली कलाकारहरुको संस्था स्पेक्ट्रमका सचिव समेत रहेर केसीले कलामा डिग्री सकेपछि पनि कलामै पोखिरहे ।

कलाकार केसीले तयार पारेकाे महाकवि देवकाेटाकाे मुहार चित्र

उनको कलाको प्रमुख विशेषता भनेको ‘एक्रेलिक’ हो । उनले सहरी दृश्य, ल्यान्ड स्केप, मुहार चित्रहरुलाई कलात्मक ढंगले क्यानभासमा पोत्छन् । उनले अहिले सम्म १२ सय भन्दा कलाहरुमा रंग पोतीसकेका छन् । उनको कला सामान्यत २५ डलर देखि १२ सय डलर मुल्यका छन् । अमेरिकामा उनको कलाका पारखी भारतीय नेपाली र केही अमेरिकन पनि रहेका छन् । उनले बिस्तारै आफनो कलामा मुल्य अमेरिकामा आएर पनि पाउन थालेका छन् । उनका दुई छोरीहरु सदिक्षा र समिक्षाले पनि कलामा रंग पोत्छन् । बाबुकै बाटो उनीहरुले पछ्याएका छन् । उनी कुनै कला २ देखि ३ घन्टामा पनि तयार पार्छन् भने कुनै दुई तीन हप्ता नै लगाउछन्, त्यो उनको मुडमा भर पर्छ । घरमै आर्ट ग्यालरी स्थापनामा लागीरहेका केसीले अनलाइन मार्फत आफनो कला बिक्रीका लागी भनेर वेभपोर्टल समेत निर्माणमा यतिबेला लागीरहेका छन् ।

कलाकार केसीले तयार पारेकाे शहरी दृश्यकाे चित्र

कुराकानीको अन्तयमा उनले भने– ‘सबै नेपाली समुदायको सहयोग पाएमा अमेरिकामा पनि एकल कला प्रदर्शनी गर्ने सोच छ, हेरौ के हुन्छ ।’

कला प्रदर्शनीका क्रममा कलाकार केसी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected