बैकुण्ठराज आचार्य

मन्दिरमा देखियो उनलाई | नजिकै गएँ | कुनै प्रतिक्रिया आएन |

“हेलो, म फलानो |” हात बढाएँ | गार्हो संग अर्को हात बढ्यो |

“म फलानो |” जवाफ आयो |

तर कुनै कुरो अघि बढेन |

“हामी फेसबुक मित्र |”

“ए …|”

“म तपाईंको पोस्टिंग लाइक गर्छु |”

“ए…|”

फेसबुकमा त बडा उपदेशका / ज्ञानगुनका कुरा लेख्थे उनी | मान्छे यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ आदि आदि |

सोचें –“ भन्छन नि, हात्तीका दुई थरि दांत हुन्छन – देखाउने र खाने | त्यस्तै होला, मैले देखाउने राम्रो दांत मात्रै देखें फेसबुकमा |”

अर्को दिन उनले फेरि पोस्टिंग गरे –“ मान्छे बिनम्र हुनुपर्छ | तर हामीमा अहंकार बढी छ | बिद्या ददाती विनयम …|”

तर मैले ‘लाइक” गरिन | मैले उनको असली खाने दांत देखिसकेको थिएँ |

(कथाकार आचार्य न्यास्राे जन्मभूमिकाे कविता सग्रहका स्रस्टा हुन )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected