बैकुण्ठराज आचार्य

“अव त संगठन झन् दरिलो हुन्छ?” फेसबुक हेर्दै उसले भन्यो |

“किन ?” अर्कोले भन्यो |

“दरिला मान्छेहरु गए पछि दरिलो हुन्न र ?” उसले भन्यो |

“कस्ता दरिला?” अर्कोले भन्यो |

“गाँठले दरिला, पाखुराले पनि दरिला |” उसले भन्यो |

“भो, भो, पहिला पनि गा’कै हुन नि त त्यत्रो कुस्ती खेलेर | खै, संगठन झन दुब्लाएर गयो |” अर्कोले भन्यो |

“कहाँ दुब्लाएको थियो? देखाउनोस त?”  उसले भन्यो |

“तपाईंलाई थाहै छ नि मित्र | अर्कोले भन्यो |

तर पनि सोध्यो उसले –“ सिधै भन्नुस न, के भन्न खोज्नु भएको ?”

अर्कोले भन्यो –“ गाँठले दरिला, पाखुराले दरिला हुँदैमा संगठन दरिलो कहाँ हुन्छ र | संगठन दरिलो बनाउन त मन दरिलो भा’को मान्छे चाहिन्छ| खै, अहिले सम्मको गतिविधिले त संगठन झन दुब्लाउँदै गएको देखिन्छ | नेतृत्वमा संगठन दरिलो बनाउने मन भएको मान्छे भएको जस्तो लागेन |” 

उसले ईशारा नबुझेको थिएन | कुरो कता लक्षित थियो थाहा थियो उसलाई |

तर पनि “भन्नोस न सिधै, किन कुरा चपाउनु हुन्छ ?” उसले भन्यो |

“तपाईंले पनि चिन्नुहुन्छ, नभन्नु भा’को मात्रै हो |” अर्कोले भन्यो |

“भन्नोस् न सिधै” उसले तात्तिएर भन्यो |

“तपाईं हलेदो भनेर चिनिसकेपछि फेरि मलाई कोट्याएर देखा किन भन्नुहुन्छ |” अर्को पनि तात्तियो |

कहाँ  दृढ संगठनको बिषयमा कुरा उठेको थियो | हलेदोमा गएर टुंगियो | झन्डै हात हालाहाल !

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected