संघीयता नेपालीको लागी उपयुक्त छैन । संघीयता हाम्रो मुलुकको लागि घाताक छ । संघीयता अमेरिका, भारत, चाइना र अष्ट्रेलिया जस्ता ठुल ठुलो विशाल मुलुकको लागी मात्र उपयुक्त छ।अमेरिका, भारत, चाइना र अष्ट्रेलियाको जग्गाको भु(भाग र हेक्टर कति छ त्यो पत्ता लगाउँ अनि मात्र संघीयताको कुरा गरौं।अमेरिका, भारत, चाइना र अष्ट्रेलियामा सम्भव नभएर संघीयताको आवश्यकता परेको हो।हाम्रो मुलुक पटनाको बिहार जत्रो सानो छ।हाम्रो मुलुकमा संघीयता चाहियो किन?

मैले नेपालमा संघीयता उपयुक्त छैन भनेकोले कतिपय महानुभावहरुलाई मेरो यो भनाई पच्दैन होला?कतिपय लाई मेरो भनाइ असहय हुन सक्छ?कतिपयले यो त बौलायो पनि भन्लान?कतिपयले यो त संघीयता विरोधी रहेछ पनि भन्न सक्छन?यी सबै कुरा नभनौं भने मनमा कति डाह र पिडा हुन्छ भनौं भने कतिपयलाई असहय हुन्छ होला?आफ्नो मनमा लागेको विचारहरूलाई व्यक्त गरेर भएपनि डाह र पिडा शान्त हुन्छ।

हामी नेपाली नागरिकहरु धनी छौं तर हाम्रो मुलुक गरिब छ।मुलुकको अर्थतन्त्र र आर्थिक अवस्था कमजोर छ।अन्तर्राष्ट्रिय मुलुकहरूले सहयोग र ऋण दिएकोले हाम्रो मुलुक चलिरहेको छ।हामी नेपालीहरुको औकात नै के छ? अझ हामी नेपाली नागरिकहरु जुन गोरुको सिंग छैन उसको नाम तिखे जस्तो बन्न खोज्छौं।मुलुकमा नाकाबन्दी भयो भने भोकभोकै मर्ने सम्मको अवस्था आउँछ।

कृषि प्रधान मुलुक भन्छौं तर हामी कृषि क्षेत्रमा पनि सक्षम छैनौं?अक्ष्म छौं ! युवा र युवतीहरु रोजगारीको लागी बाहिरी मुलुक पलायन भइ रहेको अवस्था छ।दुबई र कतार जस्ता मुलुकहरु पनि कुनै न कुनै वस्तु निर्यात गर्नमा सक्षम छन।हाम्रो मुलुकले आयात मात्र गर्छ।निर्यात गरे पनि खाधान्नहरु निर्यात गर्छ।फेरी त्यही खाधान्नहरु पनि महंगोमा आयात गर्छ।यस्तो हाम्रो मुलुकको दयनीय अवस्था छ।अझ हामी नेपालीहरुको फूर्ति र धाक बेग्लै किसिमको छ।जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्तो हाम्रो मुलुकका सांसदहरू र नेताहरूको काम छ।

बाहिरी मुलुक गएका युवा र युवतीहरुले पैसा पठाई दिएको रेमिटेन्सले मुलुक चलेको छ!यो पैसा नपठाउने भने सांसदहरू र नेताहरूको बाह्र बज्छ !

सांसदहरू र नेताहरूको अलिकति पनि बुद्धि र विवेकशीलता भएको भए बरु स्थानीय निकायलाई कसरी महत्त्वपूर्ण बनाउने भन्ने विषयमा ध्यान र जोड दिन्थे!स्थानीय निकाय र प्रदेश सरकार बीच भित्र भित्रै रुपमा द्वन्द छ।स्थानीय सरकारले म ठुलो भन्ने!प्रदेश सरकारले म ठुलो भन्ने!यस्तो गतिविधि हाम्रो मुलकको छ!

देखावटी लोकतन्त्र, गणतन्त्र र संघीयताको नाममा जताततै नेपालमा लुटतन्त्र छ।नेपाली जनताहरुले तिरेको भ्याट, कर र राजस्वबाट प्रधानमन्त्री, सांसदहरू र नेताहरू उपचार गर्न बिदेश जान्छन!घुमफिर गर्न बिदेश जान्छन!नेपाललाई नै चाइना, अस्ट्रेलिया र सिंगापुर जस्तो ठाउँ बनाए हुन्न र?ध्यान नै के छ भने कहाँबाट लुटने र कहाँबाट सोह्रने?

राज्यकोष ढुकुटीबाट मन्त्रीहरूलाई करोडौंको गाडी किन किन्नु परेको?करोडौंको गाडी निजी पैसाबाट किन्नु पर्छ!एक त मुलुकमा ८८४ जना सांसदहरूको आवश्यक नै थिएन!८८४ जना सांसदको संख्याले मुलुकको आर्थिक भार थेग्न सक्दैन!चारानाको मुर्गी बाह्रनाको मसला भने जस्तै खर्च छ!

सांसदहरू र नेताहरूलाई संघीयताको अर्थ नै थाह छैन!हाम्रो मुलुकका सांसदहरू र नेताहरूले संघीयताको ठुल(ठुला गर्ने अझ पनि केन्द्रीकृत प्रणाली नै छ।काठमाडौ नगइ कुनै काम छिटोछरितो बन्दैन !के काम संघीयताको?

सांसदहरू र राजनीतिक दलका नेताहरूलाई संघीयताको अर्थ नै थाहा छैन!हचुवाको भरमा संघीयता ल्याएका हुन।संघीयता नेपालीको लागी उपयुक्त छैन । संघीयता हाम्रो मुलुकको लागि घाताक छ ।।संघीयताको अवधारणा ल्याउनेहरुलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद र शुभकामना छ।
(याे लेखककाे निजी विचार हाे -प्रधानसम्पादक)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected