१२ वर्ष अमेरिका बसेर यसरी खाली हात फर्किए यी युवा

शिव शर्मा
अमेरिका– अनुहारको रंग फुङ उडेको छ । दुब्लो ख्याउटो शरीर र मनमा उत्साह देखिदैन । केही हडबढाएको स्वरमा ऊ केही भन्न युएसनेपाल पोष्टसंग आइपुग्यो – ‘दाई मत बर्बाद भए ।’ मेरो सर्र्वसो गुम्यो । झण्डै एक दशकको अमेरिका बसाईको दर्दनाद व्यथा एक–एक गदै फुकाउन थाल्यो । उसका आँसु परेलीका डिलबाट आेठ हुदै बगीरहेकाे थियाे ।
बाग्लुङ रहेछ भाग्य खत्रीको घर । उमेर त्यही ३८ हाराहारीको हु“दो हो । पर्यटक भिषामा उ अमेरिका आएको रहेछ । त्यपछि ऊ नेपाल फर्किएन । यतै अवसरको खोजी गदै सपना बुन्न थाल्यो
परिवारको एक्लो छोरो थियो ऊ । बा–आमालाई गाउ“मा एक्लै छाडेर ऊ आएको थियो । ऊ राम्रो सेफ पनि थियो । नेपालमा चल्तीको होटलमा सेफको काम गथ्र्यो । कमाई राम्रै थियो । तर पनि ऊ अवसर खोज्न अमेरिकातिर बरालियो । सुरुमा न्युयोर्क आएको उसले धेरै मिहिनेत गरेर काम गर्न थाल्यो । टिपिएस लिएपछि उसले राम्रो रेष्टुरामा सेफको काम पायो ।
कमाइ राम्रो हुदै गएपछि उसले ठुला सपनाहरु बुन्न थाल्यो । गाउ“मा खेतीकिसानी गदै गरेका बा आमालाइ सहरमा एउटा सुन्दर घर बनाएर राख्न चाहन्थ्यो । रातदिन नभनी ऊ काममा जोतिएको थियो । कामको व्यस्तताले उसलाई दिन र रातको समेत पत्तो हुदैनथ्यो । ऊ मरिमेटर काममा लागेको थियो । जिन्दगीले नया का“चुली फेर्ने विश्वासमा थियो ऊ ।
केही पैसा जम्मा पनि गरिसकेको थियो । यतिकैमा टेक्ससतिर बस्ने चिनेजानेकै साथीे नरमान सुनुवारले व्यवसायका लागी यता आउन आग्रह ग¥यो । व्यवसायका लागी यता सहज छ र लगानी पनि गर्न सकिन्छ भनेपछि ऊ टेक्सस आइपुग्यो । कामदारबाट मालिक हुने सपनामा ऊ हुत्तियो टेक्ससतिर । अर्को भन्दा स्टोर व्यवसायतिर हात हाल्ने निधो ग¥यो ।
साथीकै आग्रहमा स्टोरमा किन्ने निर्णय ग¥यो । उसले ८० हजार डलर र साथीले बाकी हालेर झण्डै १ लाख १० हजार डलरमा ऋणधन गरेर स्टोर लियो । व्यवसायमा प्रतिफलको आशमा ऊ गदगद थियो ।
सुरुका केही महिना स्टोर राम्रो चल्दै थियो । कमाई पनि हुदै थियो । जिन्दगी सधै एकै रफतारमा बगेको नहुने रहेछ । स्टोरमा ग्राहकको रुपमा आएको एक अश्वेत अमेरिकनलाई फुड स्टयाम्पको काडमा बियर बेच्दा बिचरो भाग्यको जिन्दगीमा दशा आइलाग्छ । उसकै व्यवसाय साझेदार साथी नरमानकै कारण ऊ कठिन परिबन्धमा पर्छ । ति अश्वेत अमेरिकनको आग्रहलाई स्वीकार गरी नरमानले जानजान फुटस्टयाम्पको कार्ड मार्फत बियर दिन्छ्न । त्यतिमात्र हैन उक्त अमेरिकन युवक पनि बियर खरिद गर्ने उमेरको रहनेछ । उ जम्मा १५ वर्षको रहेछ । उक्त अमेरिकन युवकको परिवारले चाल पाएर प्रहरीमा रिपोर्ट पुगेपछि भाग्यको जिन्दगीमा एकाएक कालो बादल मडारिन्छ ।
स्टोर उसकै नाममा थियो । प्रहरीले उसलाई नै छल गरेको आरोपमा पक्राउ गर्छ । साथीकै कारण यो झमेलामा फस्छ । केही समय पछि ऊ धरौटीमा मुद्धा खेपीरहेको हुन्छ । एकातिर मुद्धा खेपीरहेको भाग्य अर्कोतिर स्टोरको व्यवसाय पनि आरोलो लाग्छ । किनेको मुल्य भन्दा घाटा खाएर साथी नरमानले स्टोर बेची दिन्छ । त्यही स्टोर विक्री गरेर आएको पैसा समेत उसको हात पदैन ।
साथी भनेर विश्वास गरेर टेक्सस आएको उस माथि साथीबाटै घात हुन्छ । साथीका नाममा नरमानले उसमाथि ठुलो विश्वासघात गर्छ । बारम्बार ताकेता गर्दा समेत उसले स्टोर बिक्रीबाट आएको रकम पाउदैन । ऊ माथि ठुलो बज्रपात हुन्छ । साथीकै कारण ऊ कानुनी झमेलामा पर्छ । ऊ हरेक महिनाको दुई पटक अदालत तारिखका लागी धाउनु पथ्र्यो । केही तारिख धाउदा धाउदै उसको समय व्यतित भयो । सोचेका हरेक सपना आकाशमा कालो बादलझै मडारियो । बा आमाको सपना साकार पार्ने कत्रो अभिलाषा बोकेको थियो तर सबै झिनभिन्न भयो । भाग्यले मुद्धा त जित्यो तर उसंग केही बाकी रहेन । मुद्धा खेप्दा र वकीललाई बुझाउ“दा अलि अलि भएको पैसा पनि सकिन्छ ।
स्थायी बसोबासका लागी ग्रिनकार्ड प्रकृयाका लागी अप्लाई गरेको थियो । त्यो पनि बीचमा गएर पेन्डिङमा रह्यो । कयौ कोसिस गर्दा पनि ग्रिनकार्ड बनेन । नेपाल छाडेको आएको १२ वर्षमा एक पटक पनि ऊ फर्केर गएन । बा बिरामी भएर अस्पतालको कोमा थिए । उ बालाई भेटन चाहन्थ्यो । तर कागजपत्र नभएकाले बा लाई भेटन जान पनि सकेन । न्युयोर्कबाट टेक्सस आइपुगेपछि उसको जीवनमा एक पछि अर्को बज्रपात हुन थाल्यो । कोमा मै बाको मुत्यु भयो । ‘उता बा बित्दा म यता रुदै काममा हिडे’ भावविह्वल हुदै उनले भने– ‘म माथि दैव लाग्यो ।’
कोमा मा थला परेका बा सम्झेर उनी धेरै एक्लै कोठमा बसेर रोए । आफैले आफैलाई धिक्कारे । उता जन्मदिने बाबा गुमाए भाग्य यता साथीबाट अन्र्तघात भो उनी मािथ । स्टोर डुबे संगै ऋणमा चुर्लुम्म डुबे । अनावश्यक मुद्धाको झमेलामा फसे । वर्षो देखि ग्रिनकार्ड फाइल गरे पनि पाउन सकेनन । स्टोर डुबेपछि फेरी ऊ रेष्टुरेन्टमा काम गर्न थाले । अब भने उसको मन खुश हुन सकेन । उ जिन्दगी देखि कता कता हराए जस्तो अनुभुति गर्न थाल्यो । बाबु गुमाएका उसलाई बुढी आमाले कुरेर बसेकी थिइन । आमाको एकाकी पनले उसलाई भित्र भित्रै पिरोली रहेको थियो । बाबुकै हालतमा आमालाई पनि देख्न चाहेन उसले ।
सबथोक गुमेपछि उनले थप अरु अमेरिकाको बसाई लम्ब्याउन चाहेनन । झण्डै १२ वर्षको अमेरिकाको बसाई छोटाउने निधो गरे । बिगतका पाना पल्टाए एक पछि अर्को गदै प्राय सबै पलहरु उनका लागी नमिठा यादहरु बनेर रहे । उसलाई सबथोक निरर्थक लाग्यो । सबै डुबाएर उल्टै ऋणको भारी बोक्यो । अस्पतालमै छटपटाएर बाबुको दुख्द मृत्युमा साथ हुन सकेन । कत्रो आकांक्ष संगालेर बसेको थियो अमेरिका । सबै भताभुङ भइदियो । उल्टै ऋणको भारी बोकेर नेपाल फर्कियो । नेपाल फर्किने दिन मलाई पनि ड्यालस फोटवर्थ अन्तराष्ट्रिय विमानस्थलमा मलाई डोकेको थियो । म पनि पुगेको थिए उसलाई विदाई गर्न । आ“खामा बलिन्दधारा आ“सु चुहाइरहेको थियो ऊ । अनुहारमा मादकता उडेको थियो । जहाज चढन सुस्तरी लम्काइरहेका उसका पाइलाहरु म हेरिरहे…………….