उदाहरणीय जोडी राम सि र सृजना

सहयात्री
टेक्ससका नेपाली व्यवसायी राम सि. पोखरेलले आफुसंग मन मिल्दो सृजना शर्मा पोखरेल संग मागी विवाह गरे । विवाहपछि नै उनिहरु बीचमा प्रेम भयो । उनले सृजनासंग विवाह गरे र जीवनमा पहिलो प्रेम पनि उनैसंग गरे । विवाह हु“दा सृजनाले नेपालमा एलएलएम सकेकी थिइन । राम सि भने पाइलट पढ्नका लागी अमेरिका आएका थिए । पा“च वर्ष अमेरिका बसेपछि उनी नेपाल फर्केर २००५ मा सृजनासंग लगनगा“ठो कसेका हुन । ठयाक्कै भन्दा उनको अमेरिका बसाई २१ वर्ष पुगीसकेको छ । उनिहरुको परिवार अहिले टेक्ससको युलेसमा जमेर बसेको छ ।
काठमान्डौ कोटेश्वरका स्थायी बासिन्दा हुन दुबै । रामको पुर्खोली थलो अर्घाखाची र सृजनाको सिन्धुली हो । विवाहको दुई वर्षपछि सृजना पनि विद्यार्थी भिसामा नै अमेरिका आईन । पारिवारिक जिम्मेवारी हुदा“ हुदै पनि उनले यहा“ आएर एस एम यु युनिभर्सिटीबाट एलएलएम पुरा गरेर अहिले बारको परीक्षाको तयारीमा छिन् । नेपालमै ल फार्म खोलेर वकालत गदै आएकी सृजना अहिले पनि त्यही बाटोमा हिडीरहेकी छिन् । त्यसैको तयारीका लागी जुटीरहेकी छिन् ।
श्रीमानले उनलाई पढ्नका लागी हुटहुटी बढाएका हुन अमेरिका आएपछि पनि । त्यसो त सृजनाको चाहना पनि त्यही थियो । विहेपछि पारीवारिक बन्धनमा बा“धिएर केही गर्न पाईदैन भन्ने भनाई उनको जीवनमा लागु भएन । झनै उनले अमेरिका आएर पनि व्यस्त जीवनलाई थाती राखेर निस्फीक्री भएर पढाई पुरा गरिन । बिवाह भएको यतिका लामो समय व्यतित भइसक्दा पनि उनिहरु श्रीमान–श्रीमति भन्दा पनि भर्खर प्रेममा बा“धिएका नवजोडी झै देखिन्छिन् ।
उनिहरुको मायाको चिनो स्वरुप एक छोरा र दुई छोरी छिन् । सुखी र शान्त परिवार छ उनिहरुको । अमेरिकाको व्यस्त जीवनशैली संगै उनिहरुको दैनिकी पनि व्यस्तता मै कुदिरहेको छ । राम सिं लाई व्यवसाय र सामाजिक कामको दौडधुपले फुर्सद कमै मिल्छ । घरमा सोच जस्तो समय दिन पाएका छैनन । यता सृजनाले घरपरिवार समाल्ने देखि आफनो बार को परीक्षा तयारीमा जुटेकी छिन् । उनि युलेस सिटी अफिसमा सम्पर्क अधिकृत रुपमा रुपमा स्वंयसेवी भएर काम गर्छिन् । आप्रवासी महिलाहरुको हकहितमा समेत उनी काम गर्छिन् । नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीको सचिव देखि अन्य कानुनी संघसंस्थामा समेत त्यतिकै सक्रिय छिन् सृजना । सृजनाले अंग्रेजीमा कानुन सम्बन्धी दुई पुस्तक पनि लेखेकी छिन् ।
समय पाउने वित्तिकै उनि श्रीमान्लाई व्यवसाय व्यवस्थापनकै काममा सहयोग पु¥याउछिन् । उता श्रीमान् कामको व्यस्तताले कहिले काही त खाना खान नै बिर्सन्छन् । तर पनि उनी श्रीमानको औधी ख्याल राख्छिन् । घरमा समय कम दिएको उनको एउटै गुनासो छ ।
त्यसो त राम सि पोखरेलको आफनो स्वामित्वमा १० वटा ग्या“स स्टोर रहेको छ । त्यस्तै रियल स्टेटमा पनि हात हालेका छन् । व्यवसाय राम्रो चलेको छ । यी व्यवसायको व्यवस्थापनले उनलाई भ्याईनभ्याई हुन्छ । यसैले पनि उनलाई फुर्सद कम मिल्छ । उनको का“धमा व्यवसाय, घरपरिवार र समाजको लागी ठुलो जिम्मेवारी छ । जति नै व्यस्त भए पनि बाकी रहेको समय पुरै घरपरिवार संगै बिताउछन् । १९९८ देखि नै उनी नेपाल समाज टेक्ससको साधारण सदस्य हुदै सामाजिक काममा सक्रिय हुन थालेका हुन । २००७ देखि २००९ सम्म उनी नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरे । २००२ मा उनकै पहलमा टेक्ससमा ड्यालस एभरेष्ट लाइन्स क्लफ खुल्यो । २००८ मा उनी त्यसको अध्यक्ष पनि भए ।
त्यसै गरी २००८ मा गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्य बने । २०१५ देख २०१७ सम्म गैरआवासि नेपाली संघ (एनआरएनए) अमेरिकाको उपाध्यक्ष भए । २०१७ देखि २०१८ का लागी एनआरएनए अमेरिकाको अध्यक्षका लागी प्रत्यासी बनेर निर्वाचनमा होमिएका उनी पराजीत बने । उनी नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीमा पनि छन् ।
पाइलट पढ्न अमेरिका आएका राम पाइलट त बन्न सकेनन् । पाइलट छाडेर उनी कलेज पढ्न थाले । धेरै हाड घोटे सुरुवाती दिनमा अमेरिकामा । पाकीस्तानी ग्यास स्टोरमा काम गदै पढेको त्यो दुख उनी भुल्न सक्दैनन । अहिले त उनी दस स्टोरका मालिक भइसकेका छन् । सुरुमा उनले टेक्ससमा आउदा नेपाली साथी नपाएर अफ्रिकन अश्वेत संग पनि कोठामा बसे । २००६ सम्म स्टोरमा काम गरेका उनले त्यही वर्षबाट उनले व्यवसायमा लगानी सुरु गरे । सुरुमा काम खोज्दै धेरैतिर भौतारिए, आफनो अनुभव बेली बिस्तार लगाउदै उनले भने– ‘काम पाउनै धेरै मुस्किल थियो, विद्यार्थी भएकाले आफुसंग कागजपत्र पनि थिएन ।’
उनका अनुसार काम खोज्न रेष्टुरा र स्टोर धेरै धाउथे । अहिले त ति दिन उनका लागी स्मृति बनेको छ । व्यवसायमा पाएको सफलताबाट अहिले सन्तुष्ट पनि भएका छन् । तर यो हुुनुमा उनको ठुलो श्रम पसिना र संघर्षको कथा गा“सिएको छ ।
२१ वर्ष अघि पाईलट पढ्न आएको ठिटो पाइलट त बन्न सकेनन् । बीचमै पाइलट तालिम छाडेर उनी कलेज पढ्न थाले । उनी टेक्ससमा आउदा खासै नेपाली भेटन पनि मुस्किल थियो रे । १९९८ मा युलेसमा बसाई सर्दा उनि सहित तीन जना नेपाली मात्रै थिए । २००६ सम्म रात दिन नभई ग्यास स्टोरमा काम गरे । रुममेट पाउन पनि मुस्किल थियो । विद्यार्थी जीवन निकै कष्टर भएको उनी सम्झन्छन् । ति संघर्षका दिन सम्झदै .रामले भने– ‘संघर्ष नगरेको भए यो अवस्थामा सायद आउने थिइन होला । छेवैमा वसेकी श्रीमति सृजना पनि सघर्षका कथा सुन्दै थिइन ।
‘मसंग विवाह पछिको केही वर्षमा व्यवसायीको रुपमा स्थापित हुनु भयो’ श्रीमति सृजनाले भनिन । मिहिनेत र दुख सुरुमा धेरै गर्नु भएको उनी बताउछिन् । आ“टिलो, मेहनती र समझदार श्रीमान पाउ“दा दंग छिन् सृजना ।
उता रामलाई पनि कहिल्यै जवाफ नफर्काउने र नरिसाउने श्रीमति पाएकोमा कम्ति खुशी छैनन । उनिहरुको कहिले झगडा र ठाकठुक पदैन रे । उनिहरु नङ र मासुको सम्वन्ध भन्दा अझ बढी एकआपसमा बा“धिएका छन् ।
‘अहिले सम्म हामी एक आपसमा झगडा गरे जस्तो लाग्दैन, दुबैले एक साथ मन्द मुस्कान दिदै भने– ‘यो सबै एक अर्काको समझदारी कै कारण पनि हो जस्तो लाग्छ ।’
सृजनालाई श्रीमानको समाजमा घुलमिल हुने बानी औधी मन पर्छ । तर खाने कुरामा अहिले सचेत नहुने श्रीमानको बानी मन पदैन । रामलाई पनि श्रीमतिको हाइफाई खर्च नगर्ने साधारण जीवन जीउने शैली मन पर्छ । तर आफनो केही कुरामा उनले गर्ने जिद्धि स्वभाव भने उनलाई मन पदैन रे । राम खानामा उति सौखिन छैनन । भोकमा जे पाक्छ त्यही खान्छन् । सृजनालाई पनि खानामा त्यस्तो छनौट गर्ने बानी छैन ।
पुजाआजामा पोखरेल दम्पत्तीलाई आस्था उतिकै छ । तर आस्था छ भन्दैमा उनिहरु संधै मन्दिर धाउदैनन् । मन– मनले भगवानको पुकार गर्छन् ।
दुवैलाई फुर्सद भने कमै मिल्छ । फुर्सद मिलेको बेला सपरिपार हयाङआउट हुन नया –नया ठाउको भ्रमणमा निस्कन्छन् । पहिरनमा राम त्यति सौखिन छैनन् । जिन्स पाईन्ट र टिर्सट प्राय लगाउछन् । उता सृजनालाई भने नेपाली पहिरन लगाउन मनपर्छ । बिहेपछि रामले सृजनालाई नेपालका प्राय सबै ठाउ घुमाएर हनिमुनका लागी बैकक लिएर गएका थिए ।
सृजनालाई श्रीमान्को सामाजिक सेवा देखेर आनन्दको अनुभूति गराउछ । एक अर्काको मिल्ने जीवनसाथी हुन पाएकोमा दुवैले एक अर्कालाई भाग्यमानी सम्झन्छन् । एक आपसमा समझदारी र एकले अर्कोलाई सम्मान गरेको खण्डमा दाम्पत्य जीवन सधै सुमधुर र स्थायीत्व हुने धारणा उनिहरुको छ । सृजनालाई न्यायिक क्षेत्रमा नै आफुलाई स्थापित गराउने उत्कट अभिलाषा छ । यसका लागी नै उनि रातदिन मिहिनेत गरिरहेकी छिन् । उता रामलाई पनि आफनो व्यवसायलाई थप बिस्तार गदै थप खुडकिलाहरु चढने उद्देश्य रहेको छ । दुबैले कुराकानीको अन्तयमा भने– ‘यदि अर्को जन्म भएछ भने फेरी हामी एक अर्काकै हुन पाउ भन्ने कामना गरेका छौ ।’