घिऊ पिडितहरुकाे कथा (हाँस्य व्यंग्य)
– बैकुण्ठराज आचार्य
भन्नै पर्दैन घिऊ संग मेरो कति गहिरो सम्बन्ध छ । जन्मे देखि मृत्युसम्म हुनेहरेक संस्कार, पूजा, पर्व, भोजभतेरमा यो नभई हुँदैहुँदैन । राख्नेले त यसलाईअमृतकै दर्जामा राखेकाछन् । घिऊकै परिवेशमा बाच्नुपर्ने बाध्यता भएकोमलाई घिऊ प्रति बितृष्णा भइदियो – कता, कहाँ गडबड भयो कुन्नि ! यहिकारणले मैले धेरै दु:ख पाएकोछु, धेरैलाई दु:ख दिएकोछु । तर यो मेरोबाध्यता हो, बुझ्नेले कुरा बुझिदिनुहोला
सम्झन्छु, मामाघर या आफ्नो घरमा हजुरआमाहरुले नाती दुब्लो भयो भनेरघिऊ तताएर भागमा हालिदिएको । त्यसबेला म आफुलाई बिशिष्ट व्यक्तिठान्दथें जव उहाँहरुले भान्सामा अरुलाई घिऊ नदिई मलाई दिनुहुन्थ्यो ।ईर्ष्या, जलनको पात्र पनि हुन्थें म । आमाले पनि समय समयमा ‘कनिकेघिऊ‘ चम्चाले दिएकै हो –छोराको जिऊ लाग्छ भनेर । आफुलाई घिऊ खाएरबलियो, फूर्तिलो भएको महसुस पनि गर्दथें । पढाई र खेलकुदमा पनि राम्रैगर्दथें म । भित्र भित्र घिऊ खाएको फूर्ति जो छ त्यसैको परिणाम हो भन्नेमलाई लाग्दथ्यो ।
यसरि घिऊ घिऊ कै वातावरणमा हुर्केको मलाई कुन बेला देखि घिऊ रआफ्नो शरीरले आँखा तरातर गरेछन, मुखै नहेर्न खोजेछन्– मलाई थाहा छैन। घिऊसंग झगडा परेको पहिलो अनुभूति मलाई इण्डियामा पढ्दानै भयो ।एक दिन छात्रावासमा संगै बस्ने एकजना मित्रले भने -“चलिए आचार्यजी, आज आपको एक ऐसा शाकाहारी भोजन खिलाऊंगा कि आप भी क्या यादकरेंगे !” अनि हामी दुवै रिक्शामा बजार गयौं । एउटा गल्लीमा रिक्सा छिर्नेबितिक्कै घिऊको गन्ध (सुबास?) आउन थाल्यो । साथी मच्चिमच्चि भन्नथाल्यो -“देखिए तो, घी का सुवास, पुरे गल्ली महक रहा है ।” भोजनालयमापुग्यौं । साइनबोर्डमा लेखेको थियो – ” …शुध्द शाकाहारी भोजनालय, शुद्धदेशी घी से बना परिकार ।“ ” दुई “थाली” अर्डर भयो । दाल, भात, तरकारीसहित बिभिन्न परिकार राखिएको थाली आइपुग्यो । हामीले खान के शुरुगरेका थियौं डाडुमा तातो घिऊ ल्याएर मेरो भाँडोमा स्वाट्ट हालिदियो । मानौंमेरो साथी यहि क्षणको पर्खाइमा थियो । एकदमै रोमान्चित हुँदै भन्यो -” देखिए यहि तो है यहाँके खाशियत । अव देखिए कमाल ।” मलाई चाँहिअर्कै कमाल भईरहेको थियो । यी सवै गन्धहरुले कताकता टाउको दुख्ने, गुम्सिएको महसुस हुने, सास फेर्न गाह्रो हुने, त्यो ठाउँबाट चांडै से चाँडो जाउँजस्तो हुने भईरहेको थियो । बल्ल बल्ल खाएर सकेँ । हामी फेरि रिक्सामाबसेर फर्किंदै थियौं । साथीको रवाफ, फूर्ति बेग्लै थियो –मलाई त्यहाँ लगेरखुवाउन पाएकोमा । आफुलाई भित्र अर्कै पीडा थियो । साथीलाई आफ्नोपीडा देखाउने कुरै भएन । बडो खुशी भएको अभिनय गर्दै भनेँ -” मिश्राजी, आपको बहुत बहुत धन्यवाद ।खाना एक नम्बरका था |” यसरि पहिलो चोटीथाहा भयो – घिऊ र मेरो सम्बन्ध बिग्रेको कुरा ।
बिस्तारै बिस्तारै म घिऊको वातावरणबाट टाढिन लागेँ । तर कहाँ सम्भवथियो र यो कुरा ! जता गए पनि घिऊकै बखान, घिऊकै साम्राज्य ! जताततैघिऊकै प्रशंसकहरु मात्रै भेटिंदा आफुचाँहि अर्कै ग्रहबाट आएको प्राणी हुँकि भनेर शंका लाग्न थालिसकेको थियो ।सकेसम्म घिऊबाट बचेर जिन्दगीचलाईरहेको थिएँ । यसै बिचमा म फ्रेन्च साँस्कृतिक केन्द्र, बागबजारमाफ्रेन्च भाषा सिक्न थालेँ । त्यहाँ मलाइ फ्रेन्च नागरिक बेनवाले फ्रेन्च पढ़ाउँथे। उनको श्रीमती भारतीय पंजावी थिईन र त्यहि फ्रेन्च पढाऊँथिन । बेनवा बडोमीठो किसिमले हँसाई हँसाई पढ़ाऊँथे । एकदिन उनले आफ्नो पारिवारिकपृष्ठभूमि भन्दै ससुरालीमा पाएको सत्कारको चर्चा गरे । ससुरालीमा सासुलेएकदमै मान–सत्कार गर्ने र घिऊका बिभिन्न परिकारहरु बनाएर खुवाउनेगरेको कुरा गर्यो । तर बेनवालाई घिऊ खाँदा मलाई जस्तै हुँदोरहेछ । उसलेसासूलाई धेरै चोटी यो कुरो भनेको रहेछ तर सासुले पत्याईनछिन । एकदिनउसले सासूलाई भनेछ -‘मम्मी, बरू मलाई जेल पठाईदिनोस तर घिऊमाबनाएको खानेकुरा नदिनुस् ।” मलाई उसको कुरा ज्यादै घत लाग्यो । आफुजस्तै अर्को पीडित पाउँदा हाम्रो मित्रता झनै बढ्यो ।
जिन्दगीले आफ्नो विविध अनुहार देखाउने क्रममा मलाई अमेरिका पनिपुर्यायो । अव त घिऊको दादागिरी सहन नपर्ला भन्ने सोचेको थिएँ । तरत्यस्तो कहाँ हुन्थ्यो र ! घिऊका पारखीहरु त संसार भरि फैलिईसकेकारहेछन । अमेरिकामा आफन्त, मित्रहरुले खाना खान बोलाउनुहुन्थ्यो । मानकाखातिर मान भने जस्तै घिऊमा पकाएको पुलाउ / भूजा, घिऊ–जिम्बु हालेरझानेको कालो दाल, गुन्द्रुक / लप्सीको अचार, अनि बिभिन्न शाकाहारी तरकारी, खीर आदि परिकारहरुबाट आथित्य–सत्कार हुन्थ्यो । पुरै नेपालीसंस्कृति झल्किने खानेकुरा तयार गरेर भन्नुहुन्थ्यो -” लिईस्योस दाइ / हजुर, हजुरलाई नेपालमा भएजस्तै हुन्छ ।” आफुलाई चाँहि घरमा पस्ने बितिक्कैनाकले भनिसकेको हुन्थ्यो – ” आज तेरो दुर्दशा हुनेवाला छ ।” सकि नसकीतेलमा पकाएको तरकारी, अचार, सलाद बढी खाएर ” आज मलाई भुजा / रोटी त्यति खाने मन छैन” भनेर भन्थें । कतिले चाँहि मेरो बाध्यता पत्तालगाईहाल्थे । अनि तुरुन्तै सादा भात वा रोटी पकाईदिन्थे । कति चाँही मेरोकुरा थाहा पाए भने आश्चर्य पर्थे । मानौं मनमनै भनिरहेका हुन्थे – “घिऊसंसारमा सवैभन्दा प्रिय वस्तु / आविस्कार हो । यो सवैलाई मन पर्छ । योकस्तो मान्छे रहेछ !” रहँदा बस्दा मेरो यो बाध्यता धेरैले बुझिसक्नुभएकोथियो र मलाई बोलाउँदा त्यसै अनुरुप घिऊ नहालेर बनाइदिनुहुन्थ्यो । तरकतिजना चाँहि अटेर गरेर घिऊकै परिकार बनाउनु हुन्थ्यो । अनि दोहोरोपकाउनु पर्ने हुन्थ्यो ।
घुम्दै फिर्दै रुम्झाटार भनेझै आफ्नो देश फर्किएँ । धेरै कुरा बदलिसकेकारहेछन । आफुलाई चाँहि कता कता घिऊको पुरानो कुराहरु सम्झिदै अव तमलाई साथ दिने धेरै भैसकेहोलान भन्ने सोचिरहेको थिएँ ।यसै सिलसिलामाहालसालै संजोगले एउटा उच्चस्तरीय बिहा पार्टीमा भाग लिने अवसर जुटेकोथियो । पार्टीका बिबिध तह मध्ये अन्तिम पार्टीमा अर्कै अनुभव भयो । नामचलेको पार्टी प्यालेसमा भब्य डिनर पार्टी थियो । नपुगेको कुरो भन्ने केहिथिएन । आँगनमा टेबल कुर्सी सजिएका थिए । आतिथ्य सेवा उच्चस्तरकोथियो । बाहिर आँगनमा खाउन्जेल त केहि थाहा भएन तर जव भित्रडिनरहलमा डिनर खान गइयो तव धेरै बर्ष पहिले भारतमा साथी संग.. भोजनालयमा खान गएको किस्सा सम्झिएँ । पुरै हल घिऊको गन्ध (सुवास?) ले भरिएको थियो ।
छिटो छिटो खाएर बाहिर आँगनको कुनामा एक्लै बसेर फोक्सो सफा गर्दैथिएँ , “होस्ट” नजिकै आउनु भयो,
अनि भन्नुभयो –
” हजुरले लिइस्यो ?”
मैले भनें -“लिई सकें हजुर ।
” खाना कस्तो लाग्यो हजुर ?” उहाँले सोध्नुभयो ।
“हजुर के बयान गर्नु र खानाको, अव काठमान्डौंमा पनि यस्तो राम्रोहुनलागेछ ।“मैले भनें ।
उहाँले गदगद हुँदै भन्नुभयो
-” अव त पहिले जस्तो कहाँ छ र काठमाडौँ हजुर ! एक से एक पार्टीप्यालेसहरु छन र खाना पनि त्यस्तै ख्वाउँछन् ।”
“हो रहेछ हजुर ” मैले भनें ।
उहाँ खुशी भएर जानुभयो ।
आफ्नो चाँहि पुरै सुटप्यान्ट घिऊको गन्धले भरिएको थियो । अव फेरिड्राईक्लिन गर्न पुरै दुई हजारको चुना लाग्ने भयो । मन मनै ” तीन आनेकीमूर्गी छ आनेकी मसला” भन्ने हिन्दी उखान सम्झिरहेको थिएँ । साथैकाठमाडौँमा “घिऊ आतंक” बढ्दै गएकोमा चिन्तित भैरहेको थिएँ । मनमानिराशा जागिरहेको बेला कता कता नयाँ पुस्तालाई सम्झिएँ । फाट्टफुट्ट नयाँपुस्ताका “घिऊ बिरोधी” हरुलाई सम्झें । उत्साहित भएँ– हाम्रो संख्या बढ्दैजानेछ । आशा जाग्यो –चांडैनै घिऊमुक्त परिवार, समाज निर्माण हुनेछ, अनिमैले खुलेर सास फेर्न पाउनेछु ।
(यो कथा काल्पनिक हो । त्यसै अनुरुप लिईदिनुहोला)“