शिव शर्मा

‘हाम्रो देश बलियो छ, यस्तो भाइरस संग सजिलै लडन सक्छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै महिना दिन अघि कोरोनाभाइरस फैलिदै गर्दा यसो भनेका थिए । यो अदृश्य शत्रुका कारण हाम्रो व्यवसाय, बायुसेवा र मानिसहरु बेरोजगार भएको हेर्न सक्दैनो उनले भनिरहदा अमेरिकामा कोरोनाभाइरस बिस्तारै फैलिरहेको थियो । तर अहिले अमेरिकामा राष्ट्रपति ट्रम्पले भने जस्तो रहेन । सबै त्यसको ठिक विपरीत भएको छ । काेराेनाभाईरस यहाँ महामारीकाे रुपमा फैलिएकाे छ ।कोरोनाभाइरसकै नियन्त्रणका लागी अमेरिकामा संकटकाल घोषणा गर्नु परेको छ । कोरोनाभाइरसले पुरै अमेरिका अस्तव्यस्त बनेको छ । हजारौ संक्रमीत र हजार  भन्दा बढीको ज्यान गइसकेको छ ।
डरलाग्दै रुपमा फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । यसको संक्रमणबाट मुत्यु हुने दर पनि बढीरहेको छ । तीन महिना अघि चीनबाट सुरु भएको यो भाइरस एशिया युरोप र अमेरिका सम्म फैलिसकेको छ ।

२६ फेबु्रअरीमा वासिङटन राज्यमा कोरोनाभाइरस संक्रमीत व्यक्तिको मुत्यु संगै शक्तिशाली राष्ट्र अमेरिकामा पनि यसबाट अछुत रहन सकेन । कोरोनाभाइरसको महामारी त्यसपछि अमेरिकाभरी फैलियो । सुरुवाती चरणमा खासै नजर अन्दाज नगरेको अमेरिकी सरकारले अहिले आएर त्यसको कडा चुनौती सामान गर्नु परेको हो भन्दा अन्यथा नहोला ।
चाइनिज भाईरस नामकरण गरेर त्यसको खिल्ली उडाउने काम पनि भयो । यसलाई कम आ“कलन गर्दाको परिणाम अहिले अमेरिकी जनताले यस्तो त्रासदी खेप्नु परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि बारम्बार मिडियामा अमेरिकी जनतालाई यो भाइरसले नछुने अभिव्यक्ति समेत दिदै आएका थिए । तर अहिले आएर अमेरिकामा पनि कोरोनाभाइरस विकराल समस्याको रुपमा आएको छ । यही समस्यालाई मध्यनजर राख्दै राष्ट्रपति ट्रम्पले आपतकालिन अवस्था घोषणा गर्नु परेको हो । आपतकाल घोषणा गरे लगत्तै अमेरिकी जनतामा झनै भय फैलिएर गयो । यसबाट सबैको अमन चयन खोसिएको आभास भएको छ ।
बासिङटन राज्यबाट सुरु भएको कोरोनाभाइरसको कहरले अहिले आएर अमेरिकाको पुरै राज्यलाई आक्रमण गरेको छ । महिना दिन नपुग्दै १८ हजार भन्दा बढी अमेरिकी कोरोनाभाइरसको संक्रमणबाट प्रताडित बनेका छन । यो अवधिमा २ सय भन्दा बढीले अनाहकमा कोरोनाभाइरसबाट ज्यान गुमाउन पुगेका छन् । यो घटने अवस्था देखिएको छैन ।

अमेरिकामा कोरोनाभाइरस संक्रमणको दर बढ्दो क्रममा छ । मुत्यु हुने संख्या पनि त्यही रुपमा बढेको छ । सबैतिर त्रासको वातावरण फैलिएको छ । कतिबेला के हुने हो भन्ने अन्यौलताले सर्वसाधारण ग्रस्त बनेका छन् । अमेरिकाको व्यापार व्यवसाय चौपट भएको छ । बजार सुनसान छ ।, अमेरिकाको अर्थतन्त्र नै डामाडौल बनेको अवस्था छ । विश्वलाइ नै हल्लाउदै आएको अमेरिकालाई यतिबेला यही कोरोनाभाइरसले हल्लाएको छ । आखिर विपतको सामु जस्तोसुकै शक्ति पनि फेल खाने रहे छ भन्ने उदाहरण कोरोनाभाइरस बनेको छ । यो अदृश्य शक्तिसंग मुकाबला गर्ने क्षमता अहिले कुनै मुलुकसंग छैन । अमेरिका पनि यसबाट अहिले आएर अछुतो रहेन । अमेरिका पुरै यतिबोल कोरोनाभाइरस संक्रमणको चपेटामा परेको छ ।
अमेरिकाको व्यस्त र ठुलो सहर न्युयोर्क संक्रमणको हिसाबले सबै भन्दा जोखिममा परेको छ । ३७ हजार भन्दा बढी यो सहरमा संक्रमणमा परेका छन् भने  ३८५ जनाले ज्यान गुमाएका छन् । न्युयोर्क सहर जनजीवन पुरै प्रभावित बनेको छ । यहाको व्यवसाय सबै चौपट भएका छन् । हिडडुल गर्दा पनि कुम डोकिने यो सहरमा अहिले मानिसको हिडडुल छैन । सुनसान बनेको छ ।
उता क्यालिफोर्निया राज्य पनि पुरै लक डाउन भएको छ । ४० मिलिलियन मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आदेश जारी भइसकेको छ । यी यस्तै कारणले पुरै अमेरिकामा यतिबेला सन्त्रासमय वातावरण बनेको छ ।

सार्वजनिक स्थलमा मानिसहरु जान छाडेका छन । कोरोनाको त्रासले अधिकांश घरमा बस्न थालेका छन् । अहिले बाहिर हिडडुल गर्ने अवस्था पनि छैन
अधिकांश कामहरु घरबाट अनलाइन मार्फत गरिएका छन् । अनलाइनबाट नहुने कामहरु धिमा गतिमा चलीरहेको छ भने कतिपय काम विदा गरिएको छ । स्कुल कलेज बन्द हुदा विद्यार्थीहरुको पठनपाठन ठप्पै छ । कोरोनाभाइरस फैलिरहेकोले विद्यालय कलेज कहिले खुल्ने अनिश्चित छ । कोरोनाभाइरस नियन्त्रण भन्दा बढी फैलावट हुन थालेपछि समस्या झनै जटील बनिरहेको छ । सर्वसाधारणले चयन संग बस्न पाएका छैनन ।

कोरोनाभाइरसकै प्रभावले बजारमा अतिआवश्यक सामानहरुको अभाव भइरहेको छ । सामानहरु नपाएर सर्वसाधारण विरक्तिएका छन् । दिनप्रतिदिन सहरका ठुला सुपरमार्केटका ¥याक्हरु रित्ती रहेका छन् । यो अवस्था कहिले सम्म रहीरहने अनिश्चित रहेको छ । उता चीनले तिब्र रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गरिसकेको अवस्था छ ।

कोरोनाभाइरस नियत्रन्णका लागी अमेरिकी जनता आफै सचेत भएर जे ति गरेका छन् त्यही नै प्रयाप्त रहेको छ । सरकाले केही राहतका कार्यक्रम ल्याइरहेको छ ।
अझै पनि कोरोनाभाइरस सक्रमण नियन्त्रणका लागी उच्चस्तरीय कदम चालिएन भने अमेरिकामा यो भन्दा बढी भयानक अवस्था आउन सक्ने विज्ञहरुले समेत चेतावनी दिइसककेका छन् । जनतामा केही त्रास कम गर्न अमेरिकी सरकारले जनतालाई राहत हुने प्याकेज ल्याएको छ ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनुशिनले झण्डै १० खर्ब अमेरिकी डलरको कोरोनाभाइरसका कारण डामलडोल अर्थतन्त्रलाई टेको लगाउन आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको बताएका छन् । त्यस्तै अमेरिकी सरकारले कोरोनाभाइरसबाट प्रभावित भएपछि वार्षिक ७५ हजार भन्दा कम आम्दानी हुनेलाई प्रति व्यक्ति १२ सय डलर दिने भनेको छ । तर यो कहिले लागु हुने भन्ने बारेमा अहिले सम्म आधिकारिकता आएको छैन ।

दिनप्रतिदिन अमेरिकामा संक्रमितको संख्या बढने क्रममा छ । अहिले अमेरिका भित्रै एक राज्यबाट अर्को राज्यमा जान सक्ने अवस्था छैन । घरबाट हेर र पर्खको अवस्थामा सर्वसाधारण बसेका छन् । कतिपयका जागीर च्वाट भएको छ । आर्थिक समस्या समेत यसले सर्वसाधारणमा निम्त्याएको छ । एक प्रकारले भन्दा पुरै अमेरिकानै कोरोनाभाइरसको कहरले क्वारेन्टाइनमा राखे जस्तै भएको छ ।
यो अवस्था रहीरहेमा अमेरिकामा लाखौ मानिस कोरोनाभाइरसको संक्रमणमा नपर्लान भन्न सकिन्न । यतिबेला सबैको ध्यान कोरोनाभाइरसको केन्द्रमा घुमेको छ । युरोप पछि कोरोनाभाइरसको संक्रमण दर अमेरिकामा बढ्दो छ ।

चीनमा सिमित कोरोनाभाइरसलाई नजरअन्दाज नगर्दा अहिले विश्व नै यसबाट आतंकीत बनेको छ । युरोपमा सल्किएको कोरोनाभाइरसले यतिबेला अमेरिकालाई पुरै सल्काइ छाडेको छ । अमेरिकामा फैलिएको यो कोरोनाभाइरस बेलैमा नियन्त्रणका लागी आवश्यक कदम र सचेतनामा अपनाइएन भने यसले डरलाग्दो रुप धारण नगर्लान भनेर भन्न सकिदैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected