उ आएन (कथा)

–बैकुण्ठराज आचार्य
हाम्रो उ संग सम्पर्क नभएको पनि करिव चार बर्ष भैसकेको थियो । उसलेराम्रो काम पाएर अर्कै राज्यमा गएको छ भनेर मेरी श्रीमतीले कतैबाट सुनेकोभन्थिन । खुवै खुशी भएर उनले भनेकी थिइन्– ” फलानो भाइ त राम्रो कामपाएर फलानो राज्यमा गएको रहेछ । सवैको दिन आउँछ, हजुर । मलाई त्योभाइको उन्नति भएको सुन्दा अति खुशी लाग्छ।“
हामीलाई उसले यहाँ गरेको लामो संघर्षको सवै कथा–व्यथा थाहा थियो ।मेरीश्रीमती उसलाई खुवै आड–भरोसा, ढाडस, उत्प्रेरणा, आत्मविश्वास दिन्थिन ।उ बारम्बार उनलाई भेटन आइरहन्थ्यो । कुराकानी भए पछि प्रफुल्ल मुद्रामाबिदा हुन्थ्यो । धेरै उतारचढाव पछि उसले फेरी बिहा गरेको थियो – नेपालगएर। उसले श्रीमती लिएर आउँदा मेरी श्रीमतीले ‘डिनर‘को निम्तो दिईन । दुवैजनालाई एउटी माया गर्ने दिदीको रुपमा धेरै कुरा भनिन – बैबाहिक जीवनसुखी बनाउने “टिप्स” दिईन ।
बिस्तारै मेरी श्रीमतीसंग उसको सम्पर्क घट्दै गयो । तर उनले समय समयमाआफैं फोन गरेर हालखवर लिन्थिन । सामाजिक कार्यमा सक्रिय रुपमासंलग्न मेरी श्रीमतीको कसैलाई फोन गर्न, लामो कुरा गर्न र भेटने कार्यक्रममिलाउनु स्वाभाविक गतिबिधि थियो । उसको स्वभावमा आएकोपरिवर्तनलाई हामीले बुझिसकेका थियौं र उसको बाध्यता र उसमा परेकोमनोबैज्ञानिक दवावको गन्ध पाईसकेका थियौं । त्यस्तो अनुभूति हामीलाई अरुहरुसँग पनि भएको थियो । हामीलाई आफु बाँचेको समाजकोमनोविज्ञान र चेतनाको “बोर्डर लाइन” बारेमा आवस्यक जानकारी थियो ।
मेरी श्रीमती बिरामी भएपछि धेरै मानिसहरु भेटन आउनुभयो । एक दिन एकजनाले कुरै कुरामा भन्नु भयो – “फलानो त यो घर बाट ७–८ मिनटको“ड्राइभिङ्ग” मा बस्नुहुन्छ | फलानो “चर्च“को छेउमा जुन नयाँ घरहरुबनाएको छ नि , त्यहिँ हो । त्यहाँ त घरहरुको भाउ पनि ५ लाख छ । एक बर्षभैसक्यो उहाँ आउनु भएको । दिदी बिरामी भएको थाहा पाउनु भएको रहेछ ।मलाई सवै कुरा सोध्नु भयो । हजुरको फोन नम्बर र घरको ठेगाना लिनुभयो। यहि हप्ता शनिवार आउँछु भन्नुभएको छ।“
मेरी श्रीमतीले धेरै खुशी हुँदै भनिन -” एक चोटी त्यो भाइलाई फोन गरेरमलाई फोन गर्नोस भन्दिनोस है, बैनी ।”
“हुन्छ, दिदी, म उहाँलाई भरे नै आउन भन्छु ।” उनले भनिन । उनी एकदमैभरपर्दिली थिइन् ।
तर उ आएन । त्यो हप्ता पनि आएन, अर्को हप्ता पनि आएन, अर्को हप्ता पनिआएन ।फोन पनि गरेन | मलाई उ नआएकोमा केहि थिएन । तर निको नहुनेरोगले थलिएकी मेरी श्रीमतीले बाँचुन्जेल उसलाई हेर्ने ईच्छा गरेकी थिइन ।आफ्नी श्रीमतीको रेखदेख गर्दा मैले के थाहा पाएँ भने जीवनको त्यस्तोअवस्थामा पुगेको मान्छेले आफुलाई माया गर्ने र आफुले माया गर्ने मान्छेलाईभेटन अति ईच्छा गर्दोरहेछ । “फलानो त जीवनको अन्तिम अवस्थामा छ, एकचोटी भेटन / हेर्न जानु पर्छ” भनेको मैले बालककाल देखिनै सुनेको थिएँ ।त्यसको गहिराई बुझ्दै थिएँ अहिले मैले । मेरी श्रीमती खुव खुशी हुन्थिन जवउनले माया गरेका मानिसहरु उनलाई भेटन आउँथॆ । मलाई पनि त्यो माया–प्रेमको रुप र गहिराई देख्दा संसारमा अझै मान्छेहरुको आपसी मायाप्रेमसजीव रहेछ भन्ने विश्वास बढ्थ्यो ।
…र एकदिन धेरै संघर्ष पछि मेरी श्रीमतीले संसार छोडिन । समाजकासवैजसो संलग्न भए ती शोक–पीडाका दिनहरुमा हामीलाई सहयोग गर्न , समबेदना दिन, आड–भरोसा दिन ।दू:खका दिनहरु बित्न गाह्रो भए पनि ४५दिन बिते । नेपाली मन्दिरमा कुनै कार्यक्रममा भाग लिन गएँ । शोक पछि योमेरो पहिलो सार्वजनिक सहभागिता थियो । श्रीमती सहित उ देखियोमन्दिरमा । पहिले त नदेखे जस्तो गर्यो । ठिकै छ, आ–आफ्नो बाँच्ने तरिकाहो भनेर मैले पनि नदेखे जस्तो गरेँ । आराधना सकिएर “प्रसाद” खाने बेलामाजम्काभेट नै भई हाल्यो । नदेखे जस्तो गर्न पनि नमिल्ने, परक्क मुन्टोबटारिहाल्न पनि नमिल्ने परिस्थितिमा ।
“दाइ, नमस्कार, ठिकै हुनुहुन्छ ?” उसले भन्यो ।
“ठिक छ भाइ, अनि तपाईंहरुको ?” मैले जवाफ दिएँ ।
“ठिक छ दाइ, दिदीको बारेमा थाहा पाएँ । आउँछु, आउँछु भन्दा पनि आउनपाइन ।” उसले भन्यो ।
“ठिकै छ, समय मिलाउन अति गाह्रो छ यहाँ, म बुझ्छु ” मैले भनेँ ।
“दु:ख लाग्यो, उमेर त त्यति धेरै भएको थिएन । दाइ कहाँ बस्नु हुन्छ ?” उसलेभन्यो ।
“… मा बस्छु ।” मैले भनें ।
“म आउँछु, दाइ ।” उसले भन्यो ।
श्रीमान श्रीमतीको अनुहारमा फिक्का अभिनय मिश्रित दु:खको अभिव्यक्तिदेखियो । तर न उसले ठेगाना माग्यो, न टेलिफोन नम्बर । पक्कै थियो, उसलाई सवै जानकारी थियो । एक महिना बित्यो – उ आएन । थाहा थियो, उआउँदैन । तर सोचिरहें – अव फेरि भेट भयो भने के भन्नेछ उसले ? बितेरगएकी ‘दिदी‘ले अव के दिन सक्छिन र ! शायद उसले फेरि नदेखे जस्तोगर्नेछ, तर्किएर हिड्नेछ । कति सजिलो छ जिन्दगी तर्किएर हिंड्दा, कतिबाठो भइन्छ यो संसारमा झूट बोल्न जान्दा, “म्यानुपुलेट” गर्न जान्दा, “अभिनय” गर्न जान्दा ! मनमा यस्तै कुराहरु खेलिरहे ।
भित्तामा झुन्ड्याएको श्रीमतीको फोटोमा हेरें । लाग्यो उनी भनिरहेकीछिन – ” म हेरिरहेकोछु यहाँबाट । त्यहाँ संसारमा बाँच्न मान्छेले हजार अनुहारदेखाउंदा रहेछन आ–आफ्नो मति अनुसार । हजुर विचार गरिस्येला ।”
(सत्य घटनामा आधारित तर काल्पनिक )