गैरआवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन तथा अधिवेशनमा भावी नेतृत्वका लागी उम्मेदवारहरुको दौडधुप सुरु भएको छ ।
८० वटा देशमा बसँेबास गर्ने झन्डै ८० लाख नेपालीको नेतृत्वको लडाइको हार जीत आगामी अधिवेशनले निक्यौल गदैछ । अधिवेशनमा झन्डै दुई हजार प्रतिनिधि सहभागि हुने आयोजकले बताएका छन् । अधिवेशनमा अध्यक्ष , उपाध्यक्ष, महासचिव तथा सचिव सहित २५ पदहरुमा निर्वाचन हुदैछ ।
सबैको चासो र ध्यान भावी अध्यक्ष को हुने भन्नेमा केन्द्रित रहेको छ । भावी अध्यक्षका लागी कुमार पन्त र कुल आचार्य मैदानमा उर्तिएका छन् । दुवैले अध्यक्षको दाबी सहित उम्मेदवार घोषणा गरिसकेका छन् ।
पन्त र आचार्य दुवै होटल तथा ‘रेष्टुरा व्यवसायी हुन । पन्तले आफनो व्यवसाय युरोपमा फैलाएका छन् भने आचार्यले बेलायत र पोचुगलमा बिस्तार गरेका छन् ।
एनआरएनए अभियानम सक्रिय पन्त एनआरएनएको आगामी कार्याकालका लागी काठमान्डौ पुगेर उम्मेदवार घोषणा गरेका थिए । युरोपमा सफल नेपाली व्यवसायी पन्तले नेपालमा बैकं बित्तिय, जलविधुत, सिमेन्ट लगायतमा पनि लगानी गरेका छन् । गोरखाको फुजेलमा सामान्य परिवारमा जन्मेका पन्त अवसर खोज्दै जर्मनी पुगेर अहिले व्यवसायमा सफलता हासिल गरेका छन् ।
पन्त यस अघि २०१३ मा महासचिव, २०१५ देखि २०१७ मा उपाध्यक्ष र २०१८ देखि २०१९ सम्म पनि उपाध्यक्ष पदमा रहेर एनआरएनएको अभियान लाई अगाडी बढाएका छन् । झन्डै ८० लाख गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्नुपर्छ भन्ने मुल अभियानलाई उनले अंगालेका छन् । यसका लागी उनी आफनो प्रयासलाई अगाडी बढाइरहेका छन् । उनी चुनावका लागी आफु सम्पुर्ण रुपले तयार रहेको बताउदै चुनाव देखी भाग्ने र डराउनु पर्ने कुनै अवस्था नरहेको बताए । दुई–दई वर्ष उपाध्यक्षमा रहेर एनआरएनएको गतिविधीलाई अगाडी बढाइसकेको छु उनले भने–‘अब अध्यक्ष भएर बाकी योजना र कामहरु अगाडी बढाउने तर्फ केन्द्रित रहनेछु ।’
यता आचार्यले आफै बसोबास गदै आएको बेलायतबाटै औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गदै भावी अध्यक्षका लागी अगाडी सरेका छन् । अक्टोबर १५ देखि १७ सम्म काठमान्डौमा हुने अधिवेशनका लागी आचार्य पनि आफनो प्रचारका लागी विभिन्न मुलुकमा पुगीरहेका छन् ।
उनले उम्मेदवारी संगै १० बु“दे प्रतिपद्धता पत्रक समेत सार्वजनिक गदै नेपालमा आर्थिक लगाउन भित्राउन तथा भिजन २०२० एण्ड वियोण्डको अवधारणलाई कार्यान्व्यन गर्ने प्रतिवद्धता सहित गैरआवासिय नेपाली नागरिकताको विषयलाई पनि आफनो एजेन्डाको पहिलो प्राथमिकतामा राखेका छन् । झन्डै दुई दशक अघि बेलायत पश्चिम पर्वतका स्थायी बासिन्दा हुन । उनले प्रवासी नेपालीको प्रविधि, सिप तथा ज्ञानलाई नेपालमा भित्राउने तर्फ आफनो अग्रगामी पहल रहने बताएका छन् । संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्य लामो समय देखि बेलायतमा बसेर व्यवसायमा संलग्न छन् ।

पन्त र आचार्यले दुवैले जितको दाबी गदै आए पनि अध्यक्षको पद कसको पोल्टामा पर्छ त्यो त अधिवेश पछि हुने निर्वाचनले तय गर्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected