-कवि शर्मा
एउटै सिङ्गो थियो
हामी ले नै टुक्रयाएउँ
दुनियाँ
रेखै कोरेउँ
पर्खाल उठाएउँ
एक एक इन्च को लागि
झगडै गरेउँ
अझै गर्दै छौं
हामी ले नै
आवतजावत मा थुनछेक गरेउँ
रङ्ग रङ्ग मा भेद गरेउँ
तेरो भाषा मेरो भेष भनेउँ
नानाभाँती आरोप गरेउँ
हामी ले नै
तँ भन्दा म के कम को दौडमा
वातावरण कै धज्जी उडाउँदै
तोप, बम, हतियार हरुको होडबाजी
विकास को नाममा विनास को
तान्डव गरेउँ
हामी ले नै
अरु त अरु
कठै! ति मुक प्राणीहरू को ऐया पनि सुनेनौ
क्रुरताको पराकाष्ठा मा पुगेर
पछुतो पनि मानेनौँ
हामी ले नै
तर ‘उस्ले’ कोही फरक देखेन
उस्लाई कसैले रोक्नै सकेन
उ बढ्दो छ, हामी घट्दै छौं
उस्को ताकत को अगाडी हामी
टिक्नै सकेनौं
यो प्रकृति को झापड हो
आक्रोश हो
उस्को पालो हो
उस्को बदला अनेक नाम गरेर बेला बेलामा हामी भोगिरहन्छौं
उस्को लाठिले छोएपछि
यि ‘भुसुना’ को के अर्थ?
– टेक्सस ,अमेरिका
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...