‘दुई आँखा’ (कविता)

-माया उपाध्याय
दुई आखा बन्द गरि हेर्न खोजे आफ्ना। आँखा खोल्दा थाहा पाए,रैछ त्यहि सपना ।।
भावना त्यो बझिदिँदै धन्यबाद भन्यौँ।
फेक होकि आईडि भन्दै स-संकित बन्यौं।।
तिम्रै शब्द पढि-पढि चिठ्ठी लेखे जब।
अन्जानमै जवाफ लेखी फर्काइ दिए तब।।
धेरै-धेरै सपना बोकी विदेशमा पस्दा।
कस्लाई हुन्न देशको माया बिरानो ठाँउ बस्दा।
परिस्थिति बिग्रीएर खोजे पनि हर्न।
कोसिस गर्नु आशु लुकाईं अोठमा हाँसो छर्न।।
विश्वलाई नै चुनौती भो,विज्ञानलाई जित्दै। मार्नुपर्छ कोरोनालाई आत्म बलले थिच्दै।।
उठौँ-उठौँ जागौं अब विश्व एकजुट बनौं । भ्रष्टचारी,अपराधीलाई समाई लैजा भनौँ।।
तेरो-मेरो भन्छन सबै राहत बाँड्छन देखाई। घर-घर भित्र्याउँछन्,अनेक नाम लेखाइ।।
अझै बोल्छन् धाक-धम्की देखाउँदै शक्ति। त्रासदी भो विश्वमा नै,होइन एक ब्यक्ति ।। –
रुपन्देही ,हाल काठमाडौं,बागबजार ।