– माया उपाध्याय

नेपालमा कोेराेनाभाईरस  संङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने धेरै बढी देखिन्छ।कोेरोनाभाइरसको शुरुवाती अबस्था हेर्दा एक निश्चित ठाँउबाट, एकजना ब्यक्ति हुँदै फैलिएको देखिन्छ।जस्ले हाल ६ महिनाको अवधीमा विश्वलाई नै चुनौती दिएको देखिन्छ।    यस्को बारेमा विभिन्न विज्ञहरूबाट अनुसन्धान हुदै गरेका कुराहरु जानकारीमा आउने क्रम पनि जारी देखिन्छ।”अमेरिकन विश्वविद्धालयको  एक रिपोर्टका अनुसार कोरोनाभाईरस महामारी छिट्टै अन्त्य नहुने दाबी गरेको छ।युनिभर्सिटी अफ मिनिसोटाको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसीको रिपोर्ट अनुसार २०२२ यस्को प्रभाव रहिरहने कुरा पनि जानकारी गराएको छ।”(साभार USnepalpost.news)                

  सरसर्ती हेर्दा पनि कोरोना भाईरसको संङ्क्रमण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसँग प्रवेश गर्न सक्ने र यस्को असर तुरुन्त नदेखिनुले पनि यो भाईरसले धेरै खतरनाक रुप लिएको छ।नेपालमा यस्को संक्रमण व्यापक रुपमा फैलिन सक्ने सम्भावना प्रखर रुपमा देख्न सकिन्छ।देशको अवस्था र बेरोजगारीका कारणले विदेशीनु परेका विश्व भरी छरिएर रहेका हाम्रा ती परिवारहरु(दाजु-भाई तथा दिदीबहिनीहरु) आफ्नो मातृभूमि फर्कने क्रममा को

सुरक्षित आउँन सक्ला!यो पनि ठूलो चिन्ताको विषय हो।जति निरोगी भए पनि गाडी तथा प्लेनमा हुने लसपसका कारण कोही अछुतो नरहने कुरामा कुनै दुईमत छैन्।                                               

  त्यसैले गर्दा पनि नेपालमा हाल संङ्क्रमितको संख्या कम छ भनेर मख्ख पर्ने अबस्था छैन।बरु एकजुट भएर सबैका समस्यालाई आफ्नै समस्या मानी सुरक्षित भएर सबैजना सजग हुँदै आ-आफ्नो ठाँउबाट सबैले मानवताको व्यवहार देखाई कसैका भोका पेटहरुलाई भर्नतर्फ लागौं।अती संयमित भएर धैर्य बनौं,आत्मबल बलियो बनाई पोषणयुक्त खाना खाँदै कोरोना भाईरसलाइ जित्न सक्ने क्षमताको विकास गरौं।सामाजिक दूरी कायम गर्दैन अनुशासित तरिकाले एकान्तमा रमाउँन सिकौं।बिचरा ती प्रहरी भनिने  पनि हाम्रै आमाका सन्तान हुन्।उनिहरुलाई पनि दु:ख दिने काम नगरौं।सबैले होसियारी पूर्वक अनुशासित तरिका अपनाई कोरोनासँगको युद्धलाई सफल पारौं।     सबैजना एकान्तवासमा स्वस्थ्य अनि ब्यस्त रहौं अनुशासननै जिवनको सबैभन्दा ठूलो हतियार हो।यस्को सबैले पालना गरौं।                         

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected