‘परदेशी सन्तानको पीडा’

-माया उपाध्याय
दु:ख गर्छु आमा भन्दै छोरो विदेश लाग्यो
अजिवको शक्ति आई विश्वनै हल्लायो।
विनासकाले विपरीत बुद्धि जस्तै भयो
आमा खुशि पार्ने रहर तिम्रा अधुरो नै रह्यो।
पस्यौँ छोरा अमेरीका आउँछु आमा भन्दै यता आमा भित्रभित्रै गई कमजोर बन्दै ।
एक्लो बसाइँ घरमा अनेक पिडालाइ बार्दै खेतीपाति भैंसि हेर्दै पुस्दै आसु झार्दै।
सबैजना हेर्थे,सोध्थे बस्छेऊ तिमी एक्लै बाहिर देख्दा साहासी र थिइ आमा बेग्लै ।
सन्तानको खुशिको लाई सहनु पर्ने धेरै वरपर छरछिमेकमा कुरा चल्थे मेरै ।
भित्र पसि डाँको छोड्दै रुन्थे छाती ठोक्दै तिम्रै यादमा छट्पटीदै अनेक पीडा बोक्दै।
हाँस्दै विदाई गरे तिम्लाई बसे आसु झारी गरिब हाम्रो परिवार र देशको बेरोजगारी ।
भन्छन सबै एक्लो बनाई परदेशमा हिडे सन्तानको पीडा पनि कस्ले बुझिदिने।