“कोरोना नियन्त्रणमा अमेरिकाले गरेका प्रयास, गल्ति र नेपालले सिक्न सक्ने पाठ”

-कुमार जंग कार्की
कोरोना को शुरुवात ;
डिसेम्बर ३० २०१९, का दिन , एक जना स्थानीय अप्थाल्मोलोजिस्टले आफ्ना केहि सहकर्मी साथीहरु लाई पठाएको संदेश ले चीन को हुवान प्रान्तमा नया तरंग पैदा गर्यो । SARS संग मिल्दो जुल्दो लक्षण भएको तर फरक खाले नया रोग को बारेमा जानकारी गराइएको उत्त संदेश केहि समय पछि नै सामाजिक संजालमा भाइरल भयो । उत्त संदेश पठाउने व्यक्त्ति थिए Dr Li Wenliang , पछि उनलाई जनवरी ३ का दिन हुवान प्रहरीले गलत सूचना प्रबाह गरेको अभियोगमा प्रकाउ गर्यो र कोरोना कै कारण फेब्रुवरी ७ का दिन उनको निधन भयो । तर उनले संदेश पठाएको भोलि पल्ट मात्र अर्थात डिसेम्बर ३१ मा हुवान प्रान्त सरकार ले आफ्नो राज्यमा नया खाले भाइरस देखा परेको र त्यसले दर्जनौ मानिस हरु बिरामी पारेको आधिकारिक जानकारी गरायो । जनवरी ७ मा चीन ले उक्त्त रोग को कारण कोरोना भाइरस (SARS-CoV-2) भएको पत्ता लगायो भने फेब्रुवरी ११ मा मात्रै WHO ले कोरोना भाइरस का कारण लाग्ने रोग को नाम कोभिड १९ घोषणा गर्यो । जनवरी ११ मै चीन ले उत्त नया भाइरसका कारण पहिलो पटक एक जना बिरामी मरेको जानकारी समेत दियो । WHO ले जनवरी १३ तारिख मा चीनमा नया रोग देखिएको तर उक्त रोग चीन सरकार को नियन्त्रण मा रहेको र Global Health Emergency लागु गर्न नपर्ने जानकारी दियो । तर जनवरी २१ सम्म आइपुग्दा कोरोनाले थाईलाण्ड , जापान, दक्षिण कोरिया र अमेरिकाको यात्रा तय गरि सकेको थियो । जनवरी ३० सम्म १८ देशका ९००० जनामा यो रोग फैली सके पछि मात्र WHO ले Global Health Emergency घोषणा गर्यो । मार्च ११ मा WHO ले यस रोगलाई Pandamic अर्थात महामारी गरेको थियो । हाल सम्म बिश्वोका २१२ देश का करिब ४० लाख भन्दा बढी मानिस कोरोना बाट संक्रमित भै सकेका छन् भने करिब २ लाख ७५ हजार बढी को ज्यान गै सकेको छ ।
कोरोना को अमेरिका यात्रा र विस्तार ;
अमेरिकामा पहिलो पटक जनवरी २१ तारिख मा कोरोना को संक्रमण देखा पर्यो । जनवरी १५ मा चीन को हुवान प्रान्त बाट फर्केका ब्यत्ति मा सो कोरोना पुष्टी भयको थियो । त्यस लगत्तै जनवरी २४ मा इलिनोइस राज्य मा पुन अर्को एक जनामा कोरोना देखियो उनि पनि जनवरी १३ मा चीन को हुवान बाटै फर्केका थिए । अमेरिकामा कोरोना को संक्रमण देखिएको १ महिना भन्दा पछि मात्रै फेब्रुवरी २६ मा पहिलो पटक क्यालीफोर्निया राज्य मा विदेश भ्रमण नगरेका र संक्रमित को सम्पर्कमा पनि नआएका ब्यक्ति मा कोरोना को संक्रमण देखा पर्यो यो संगै अमेरिकाले कोरोना महामारी को दोस्रो चरण प्रवेश गर्यो । फेब्रुवरी २९ मा अमेरिकाको वासिंगटन राज्य मा कोरोना को कारण पहिलो मृत्यु भयो यस अघि पनि केहि मानिसहरु मरेको आशंका गरिए पनि यो नै पहिलो प्रमाणित मृत्यु मानियो । मार्च १ सम्म आइ पुग्दा अमेरिकामा इलिनोइस र वासिंगटन संगै क्यालिफोर्निया राज्य समेत गरि न्यु योर्क, एरिजोना, मासाचुसेट्स र ओरेगन मा गरि करिब ७१ जनामा संक्रमण देखा परेको थियो । मार्च ३ मा अमेरिकामा जम्मा १०० जनामा संक्रमण देखिएको थियो तर मार्च १२ सम्म आइ पुग्दा अमेरिकामा संक्रमित को संख्या १००० नाघ्यो । मार्च १७ का दिन वेस्ट भर्जिनिया मा नया संक्रमण देखिए संगै यो अमेरिकाको ५० ओटै राज्य मा फैलन पुग्यो । मार्च २७ तारिख सम्ममा संक्रमितको संख्या बढेर १ लाख पुग्यो भने मार्च २६ सम्ममा त अमेरिका कोरोना संक्रमित देश हरु मध्य बिश्वो मा नै पहिलो नम्बरमा उक्लि सकेको थियो । अप्रिल ८ मा कोरोना को उदगम स्थल चीन को हुवान प्रान्त लक डाउन मुक्त घोषणा हुदा अमेरिकामा दैनिक २ हजार जनाको मृत्यु भै रहेको थियो । अप्रिल ११ मा अमेरिका कोरोनाको कारण सबै भन्दा बढी मानिस मर्ने देश बनि सकेको थियो जहाँ २० हजार भन्दा बढी ले ज्यान गुमाई सकेका थिए । अप्रिल २८ मा अमेरिकामा कोरोना बिरामी को संख्या १० लाख कट्यो ।
कोरोना नियन्त्रणमा अमेरिकाले चालेका कदम;
कोरोना को प्रकोप सुरु भए संगै अमेरिककाको Center for Disease Control and Prevention (CDC) ले जनवरी ६ मा नै पहिलो पटक चिन को हुवान प्रान्तको लागि लेवल १ को ट्रावल नोटिस जारी गरि सकेको थियो तथापी जनवरी २४ तारिख सम्म अमेरिकी सरकार कोरोना फैलने सम्भावना नरहेको बताई रह्यो । जुन बेला अमेरिकामा जम्मा २ जना संक्रमित फेला परेका थिए । सोहि दिनको प्रेस भेट मा National Institute of Allergy and Infectious Diseases का director Anthony Fauci ले अमेरिकामा कोरोना को जोखिम कम रहेको बताएका थिए । जनवरी १७ मा अमेरिकाले न्युयोर्क , सन फ्रान्सिस्को र लस एन्जलसका आफ्ना ३ प्रमुख बिमान स्थलमा Public Health Entry Screening को ब्यबस्था गर्यो । जनवरी २९ मा अमेरिकाले आफ्ना १९५ नागरिक हुवान प्रान्त बाट ल्यायो र quarantine मा राख्यो । सोहि दिन राष्ट्रपति ट्रंपले White House Corona Virus Task Force गठन गरे जुन बेला अमेरिकामा जम्मा ५ जना संक्रमित देखिएका थिए । जनवरी ३० मा WHO ले Public Health Emergency घोषणा गरेको भोलि पल्ट अर्थात जनवरी ३१ मा मात्र अमेरिकाले आफ्ना नागरिक र ग्रिन कार्ड बाहक बाहेकलाई चीन बाट आउन प्रतिबन्ध लगायो यो नियम १४ दिन भित्र चीन भ्रमण गरेका सबै देशका नागरिक मा लागु गरियो । जनवरी ३१ तारिख का दिन ट्रंप ले Public Health Emergency घोषणा गरे । फेब्रुवरी २५ मा पहिलो पटक CDC ले अमेरिकी जनतालाई महामारी का लागि तयार रहन सचेत गरायो । भने मार्च १३ मा बल्ल राष्ट्रपति ट्रंपले National Emergency घोषणा गरे । सोहि दिन देखि इरान सहित २८ युरोपियन युनियनका मुलुक हरु बाट अमेरिका आउन प्रतिबन्ध लगाईयो । मार्च १७ मा १० जना भन्दा बढी जमघट हुन् नपाउने गरि सोसियल डिस्टेन्सिङ्ग को नियम लागु भयो भने सम्भब भय सम्म घर बाटै काम गर्न र अनाबस्यक यात्रा नगर्न राष्ट्रपतिले आव्हान गरे । मार्च १८ मा क्यानडा र अमेरिकाको बोर्डर बन्द गरियो । । सोहि दिन अमेरिकामा पहिलो पटक क्यालिफोर्निया राज्य मा स्टे होम अर्डर जारी गरियो भने त्यस लगत्तै मार्च २१ मा इलि नोइस र न्यु जर्सी राज्य मा अनि मार्च २२ गते न्यु योर्क राज्यमा स्टे होम अर्डर जारी गरियो । एप्रिल ७ सम्म आइपुग्दा अमेरिकाका ४० वोटा राज्यमा यो अर्डर जारी भै सकेको थियो ।
कहाँ चुक्यो अमेरिका;
अमेरिकामा संक्रमित तथा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै जादा कोरोना फैलन बाट रोक्न नसकेको भन्दै विश्व भरि ट्रंप सरकारको चर्को आलोचना हुदै आएको छ । तर कहाँ नेर चुक्यो अमेरिका यो भन्न मुस्किल छ । बिज्ञहरु अमेरिकामा कोरोना नियन्त्रण हुन नसक्नु को प्रमुख कारण विदेश बाट आउनेहरु लाई समयमै रोक्न नसक्नु मान्छन । जबकि जनवरी ३१ मै अमेरिका ले आफ्ना नागरिक र ग्रिन कार्ड बाहक बाहेक लाई चीन बाट आउन प्रतिबन्ध लगाई सकेको थियो र यो १४ दिन भित्र चीन भ्रमण गरेका सबै देश का नागरिक मा लागु हुने बताएको थियो तर लामो समय सम्म अन्य देश हरु बाट भने निबार्ध रुपमा मानिस हरुको आवत जावत चली नै रह्यो ।मार्च १३ मा मात्र इरान सहित २८ युरोपियन मुलुकहरु बाट अमेरिका आउन प्रतिबन्ध लगाईयो । बिज्ञ हरु नियन्त्रण हुन नसक्नु को अर्को प्रमुख कारण मान्छन सुस्त गतिको परिक्षण , मार्च १२ सम्म आइ पुग्दा अमेरिकामा संक्रमित को संख्या १००० नाघिसकेको भए पनि मार्च १० सम्म जम्मा १०,००० जनाको मात्रै परिक्षण गरिएको थियो। स्वास्थ्य सामग्री र सुबिधा को सुस्त गतिको तयारी लाई पनि केहि बिज्ञ हरु नियन्त्रण हुन नसक्नु को अर्को प्रमुख कारण मान्छन । किनकि मार्च को पहिलो साता तिर आइ पुग्दा अमेरिकामा परिक्षण किट तथा सुरक्षा सामाग्री जस्तै मास्क, ग्लोब्स ,PPE जस्ता सामग्री हरुको चरम अभाब देखिन थाली सकेको थियो । सामाजिक दुरी को नियम तथा स्टे होम ओर्डर लाई कडाईका साथ लागु गर्न नसक्नुलाई पनि अमेरिकामा कोरोना नियन्त्रण हुन नसक्नु को प्रमुख कारण मान्न सकिन्छ किनभने मार्च १६ मा १० जना भन्दा बढी जमघट हुन नपाउने गरि सामाजिक दुरी को नियम लागु भए पनि यस लाई सबैले पालना गरेका थिएनन् फ्लोरिडा को बीच मा मानिस हरुको भिड लागेको तथा चर्च मा मनिस हरु भेला भएका समचारहरु आइनै रहेका थिए ।मार्च १९ मै पहिलो पटक क्यालिफोर्निया राज्यमा स्टे होम अर्डर जारी गरियो त्यस लगत्तै अन्य राज्य हरुमा पनि यो जारी गरियो तर यसलाई कडाईका साथ लागु गरिएन वा भनौ गर्न सकिएन ।
नेपालले सिक्न सक्ने पाठ;
अमेरिकामा कोरोना नियन्त्रण हुन नसक्नु को जुन प्रमुख कारणहरु मानिएका छन् लगभग त्यही प्रकारको गल्ति नेपाल ले पनि गर्दै छ अमेरिकामा जस्तै स्वास्थ्य सामग्री र सुबिधा को सुस्त गतिको तयारीले गर्दा आहिले नेपालमा पनि परिक्षण किट तथा सुरक्षा सामाग्री जस्तै मास्क, ग्लोब्स PPE जस्ता सामग्री हरुको चरम अभाब देखिन थाली सकेको छ । यो समस्या बिरामीको संख्या बढे संगै आज जटिल बन्दै जाने निश्चित छ । तसर्थ यस्ता सामाग्री हरुको जोहो गर्नमा अब ढिलाई गर्न हुदैन । स्थानीय तहमा कोहि परिक्षण किट तथा PPE जस्ता सामाग्री बनाउन सक्षम छ भने तत्काल सरकारी अनुदान प्रदान गरि उत्पादन गर्न प्रोत्साहन गरि हाल्नु पर्दछ । सामाजिक दुरी को नियम तथा स्टे होम ओर्डर लाई कडाईका साथ लागु गर्न नसक्दा अमेरिकामा जोखिम बढ्दै गयो तसर्थ नेपालमा पनि लक डाउन तथा सामाजिक दुरी को नियम लाई कडाई का साथ पालना गर्न गराउन कुनै कसर बाकी राख्नु हुदैन । नेपाल को जुन जुन स्थानमा कोरोना संक्रमितको पहिचान गरिएको छ सो ठाउँ हरु तत्काल सिल गरि आवत जावतमा रोक लगाउनु पर्दछ । नेपालले जोखिम बढ्ने संकेत पाउने बित्तिकै हवाई उडान हरु बन्द गरि ज्यादै बुद्दिमता कार्य गरेको थियो यदी यसो नगरको भए नेपालमा भयाबह स्थिति निम्तन सक्थ्यो तर हाम्रो दक्षीण तिरको सिमाना हाम्रा लागि अझै खतरा बनि रहेको छ । तसर्थ नेपाल भारत बीच को खुला सिमानामा सके सम्म जनासक्त्ति परिचालन गरि ठप्प पार्न ढिलो गर्नु हुदैन । आफ्नै गल्तीले सिक्न्ने समय हामी संग छैन अरुको गल्ति बाटै पाठ सिक्नु उत्तम हुनेछ । इति
कुमार जंग कार्की